• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, माघ २३, २०७९ | Monday 6th February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ४ दिन अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • ६ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • १ हप्ता अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • २ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • २ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • २ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

विश्व बाघ दिवस : बाघ संरक्षणसँगै मानवीय क्षतिको चुनौती

  •  संवाददाता
  • बिहिबार, साउन १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ – आज विश्व बाघ दिवस । बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ मनाइँदै छ तर बाघ संरक्षणसँगै नेपालमा बढेको मानवीय क्षति चुनौती बन्दै गएको छ ।

    नेपालमा पछिल्ला वर्ष बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमणबाट मानिसको ज्यान जाने घटना पनि बढिरहेका छन् । बाघ संरक्षण नेपालले उच्चतम सफलता हासिल गरे पनि द्वन्द्व भने समाधान हुन सकेको छैन ।

    सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएका थिए । सन् २००९ को बाघको गणना गर्दा नेपालमा १२१ वटा बाघ थिए । सन् २०२२ मा त्यो सङ्ख्या बढाएर २५० बनाउने लक्ष्यअनुसार काम भइरहेको छ । फलस्वरूप सन् २०१८ मा भएको गणनामा नेपालमा २३५ बाघ भेटिएका छन् । संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहँदा सन् २०२२ सम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ ।

    यसरी एकातिर बाघको सङ्ख्या बढिरहँदा बाघ पाइने संरक्षित क्षेत्र वरिपरि बाघको आक्रमणबाट हरेक वर्ष स्थानीय बासिन्दा पीडित हुनेको सङ्ख्या पनि वृद्धि भइरहेको छ । गत वर्ष मात्र बर्दियामा राष्ट्रिय निकुञ्जकै एक जना कर्मचारीसहित १२ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ भने यही साउनमा फेरि बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ ।

    चितवनमा गत वर्ष पाँच जना व्यक्तिको बाघको आक्रमणमा परी ज्यान गयो । धमाधम बाघले मान्छे मार्न थालेपछि समस्याग्रस्त बाघ डार्ट गरी राखिएको छ । यस्ता बाघ चितवनका खोरमा दुईवटा र बर्दियामा दुईवटा रहेका छन् । जङ्गलमा छाड्दा पुनः ठूलो क्षति हुन सक्ने सम्भावना बढेपछि बर्दियाबाट एउटा र चितवनबाट दुईवटा बाघ जावलाखेलको सदरचिडियाखानामा ल्याइएका छन् ।
    बर्दिया र चितवनमा भएको सबै घटनाको अध्ययन गर्दा मध्यवर्ती क्षेत्र तथा निकुञ्जको भित्री भागमा प्रवेश गरेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ ।

    बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भने, “बाघ मान्छे खोज्दै बस्तितिर आउने होइन । बाघको विचरण क्षेत्रमा बिनासजगता र असावधानीपूर्वक प्रवेश गर्दा बाघले आक्रमण गर्ने गरेको छ । ”

    विश्व वन्यजन्तु कोषमा कार्यरत बाघ विज्ञ डा. कञ्चन थापा हरेक घटनाको विशेष अध्ययन गरेर व्यक्ति किन निकुञ्जभित्र वा जङ्गलभित्र पस्यो भन्ने कुराको पहिचान गरेर समाधानका लागि पहल लिनुपर्ने बताउछन । उनी भन्छन, “त्यो क्षेत्रमा बाघ छ, बाघले आक्रमण गर्न सक्छ भन्ने थाहा हुँदाहुँदै पनि हातमुख जोर्नका लागि उसले काठ, दाउरा, सागपातका लागि प्रवेश गरेको हो वा सचेतनाको कमीले प्रवेश गरेको हो भन्ने कुराको यकिन गरेर मात्र समस्या समाधानका लागि कार्यक्रम लागू गर्नुपर्छ । ”

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    • विश्व बाघ दिवस
    • संरक्षण
    बिहिबार, साउन १४, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.