पछिल्लो समय डडेल्धुराका ठेकी उत्पादनमा नयाँ प्रविधिको प्रयोग गर्न थालिएको छ । यसअघि पानीघट्टको सहायताले परम्परागत शैलीमा ठेकी बनाउँदै आएका शिल्पीहरूले अहिले विद्युतीय मेसिनबाट बनाउँदै आएका छन् ।
ठेकी उद्यमी जोगराज चुनारा नयाँ प्रविधिलाई आत्मसात गर्दै विद्युतवाट मसिन सञ्चालन गरेर घरमै ठेकी बनाउँदा उत्पादन बढेको बताउनुहुन्छ । पानीघट्ट मसिन जोडेर दैनिक चार वटा मात्र ठेकी उत्पादन हुने गरेकोमा विद्युतीय प्रविधिबाट दैनिक १० वटा ठेकी उत्पादन हुने गरेकोे उद्यमी बताउँछन् ।
बजारमा गोरस तयार पार्न प्रयोग गरिने ठेकीको माग बढदै गएको बताइएको छ । उद्यमी चुनाराले माग अनुसार ठेकी उत्पादन गरी प्रति ठेकी २ हजारदेखि ६ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताएका छन् ।