आर्थिक अभावका कारण कैलालीकी भावना जोशीको उपचारमा समस्या देखिएको छ। ६ महिनादेखि बोन म्यारो रोगबाट ग्रसित घोडाघोडी नगरपालिका वडा नबर १० पहलमानपुरकी २० बर्सिया जोशी ब्लड हस्पिटल काठमाडौँमा उपचारत छिन् ।
उनको उपचारमा अहिलेसम्म ८ लाख खर्च भइसकेको परिवारीक श्रोतले जनाएको छ। थप उपचारका लागि अझै २५ लाख रकम आवश्यक पर्ने पीडित किशोरीका बुवा देवीराम जोशीले बताए ।
‘हामी सँग भएको रकम खर्च भइसक्यो,डाक्टरले २५ लाख रकम अझै लाग्ने हो भन्नुभएको छ,जोशीले भने,‘आर्थिक सहयोग गरी मेरो छोरीको जीवन बचाइदिनुस्।’
सहयोग गर्ने इच्छुकले ९८४८५७८४३३ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ। साथै एनआइसी एसिया बैक को खाता नम्बर ६५४७८४३३८५२४००१ मा आर्थिक सहयोग जम्मा गर्न सकिने छ ।
पीडित किशोरीका आफन्तको अपिल यस्तो छ :
उपचारको लागि आर्थिक अभाव पर्न गएको ले सम्पूर्ण स्वदेश तथा विदेश मा बस्नु हुनु आमा बुवा, दाजु, भाइ, दिदी बहिनी निजामती कर्मचारी, विभिन्न सङ संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख, जन प्रतिनिधि, सरकारी तथा गैरसरकारी सङ संस्थाका प्रतिनिधि नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी लगायत सम्पूर्ण लाई स्व इच्छुक आर्थिक सहयोग को लागी अपिल गर्दछौँ । तपाईँहरू को सानो सहयोगले कसैको ज्यान बच्छ भने बचाइदिनुहोस् ।