धनगढी: दार्चुलामा तुइन तरिरहेका एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। दार्चुलाको ब्यास गाउँपालिका -२ मालमा तुईन तर्ने क्रममा सोही ठाउँका ३५ वर्षीय जय सिंह धामी महाकाली नदीमा बेपत्ता भएका हुन्।
गाउँबाट दार्चुला सदरमुकाम जान हिडेका धामी शुक्रबार विहान भारतको बाटो हुँदै तुईन तर्दै गर्दा बेपत्ता भएका प्रत्यक्षदर्शी जनक सिंह धामीले बताए। धामिका अनुसार तुईनबाट तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुईन खोल्न लगाउँदा तारले तानेपछि उनी नदीमा हुत्तिएका हुन्।
घटनाबारे प्रहरीलाई जानकारी गराएको बताइएको छ।