• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • १८ घण्टा अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • २ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • २ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • २ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • २ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • २ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • २ दिन अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • ३ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • ४ दिन अगाडि

Advertisement

अन्धकारमा चुरेवासी, कहिले बल्छ बिजुलि ?

"हाम्रो गाउँमा सिंहदरबार पुगेको छैन "
  •  संवाददाता
  • शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हरेक साँझ मैनबत्तीको उज्यालोमा किताब पढ्छीन, चुरे गाउँपालिका १ किम्तोलाकी पवित्रा बम। उनी साना भाइहरूलाई त्यहीँ उज्यालोको प्रकाशले अक्षर चिनाउँछिन्।

    ‘हाम्रो गाउँमा बिजुली छैन, सोलार जडान गरेका छैनौँ, कहिले टर्च त कहिले मैनबत्तीको सहाराले किताब पढ्छौँ,उनले भनिन्,‘भाइ बहिनी साना छन्,अस्ति मैनबत्तीले भाइको हात पोलियो, कक्षा १ बाट यसरी नै बढ्दै आइरहेकी छु,अहिले कक्षा ८ मा पुगे, हाम्रो गाउँमा पनि बिजुली भइदिए पढ्न सजिलो हुन्थ्यो।’

    कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का किम्तोला–मिलनपुरबासी बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य भएका छन्।

    स्थानीय स्तरमा ३.३३ मेगावाट क्षमता भएको कापडी गाड जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको साढे तीन वर्ष भइसक्दा पनि किम्तोला, खसरे, बजाडी, आम्सेरा, सल्लेबासा, मिलनपुरबासीले अझै बत्ती बाल्न पाएका छैनन्।

    ‘गाउँपालिकामा बिजुली नभएको त हैन,तर हामीलाई बाल्न दिइएको छैन,’चुरे १ किम्तोलाका पदम कुँवरले भने,‘गाउँ गाउँमा सिंहदरबार आएको भनिएको चार वर्ष बित्दा पनि हामीले बिजुली पाएका छैनौँ।’

    निर्माण सम्पन्न कापडी गाड जलविद्युत् आयोजनाको बिद्युत् केन्द्रीय प्रसारण लाइन अत्तरियामा जोडिएको छ। बिजुली चुरे १ का स्थानीयको खेतीयोग्य जमिन हुँदै लगिएको छ।

    ‘बत्ती बाल्न पाइने भयो भनेर खेतीयोग्य जमिन नासेर बत्तीको पोल बिस्तार गर्न दियौँ,’वडा नम्बर १ मिलनपुरका धनपति थापाले भने,‘बत्तीको पोल पनि बिस्तार भयो, तार तानियो, बत्ती पनि छोडियो तर हामीले बिजुली उपयोग गर्न पाएनौ।’

     

    वडा अध्यक्ष हुकुम बोहराको खराब नियतले गर्दा आफूहरूले बत्ती बाल्न नपाएको स्थानीयको आरोप छ। ‘वडा अध्यक्ष बोहरा क्षेत्रीयता, वर्गीयता र जातीयताका नारा लगाउँछन्,’स्थानीयले भने,‘सामान्य बिजुलीसम्म पुगेको छैन, गाउँमा सिंहदरबार आएको महसुस कसरी गर्नु?’

    चुरे गाउँपालिका वडा नम्बर १ का सबै घरमा बिद्युत् विस्तार गर्ने भनेर निगाली बिद्युत् सहकारी संस्था लिमिटेड गठन गरिएको छ। ‘वडा अध्यक्ष बोहराले भेगमय नारा लगाउँदै १ नम्बर वडाको माथिल्लो क्षेत्रमा बिद्युत् सहकारी मार्फत पोल र तार लाइन विस्तार गर्नुभयो,’स्थानीय इन्द्र मल्लले भने,‘तल्लो भेगको किम्तोला, खसरे, शिवनगर, बजाडी, आम्सेरा, सल्लेबासा, मिलनपुर क्षेत्र बिद्युत् सहकारीमा अट्न सकेन। तल्लो भेग भन्दा माथिल्लो भेगमा पुग्ने गरेका अध्यक्ष बोहराले भेगीयका नारा लगाएर जनतालाई लडाउन खोजेका छन्।’

    विद्युत् सहकारी मार्फत बत्ती बिस्तार गर्ने भन्दै हरेका वर्ष गाउँपालिकाबाट बजेट विनियोजन हुने गरेको छ। तर, बजेटको हिसाब किताब नै छैन।

    ‘बिद्युत् सहकारी मार्फत बत्ती विस्तार हुन्छ भनेको चार वर्ष भइसक्यो तर अहिलेसम्म पनि हामीले बत्ती बाल्न पाएका छैनौँ,’ खसरका भगवती कुँवरले भनिन्,‘बिद्युत् सहकारीले पनि माथिल्लो भेग घरखेडा, अलाड, घोडेथर, ओजेना, दिगडा, डुप्केखाली, पालडी, पखिर र निगालीलाई मात्र समेटेको छ,यो त समग्र वडाको योजना हो,हामीलाई छुट्टाइएको छ।’

    अध्यक्ष भन्छन्,‘चाडै बत्ती बल्छ’

    चुरे गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष हुकुम बोहराले विद्युत् विस्तारको काम भइरहेको बताए। ‘डोटीको बढी केदार गाउँपालिकामा रहेको कापडी गाड जलविद्युत आयोजनाबाट बिजुली ल्याएका छौँ,वडाको ५० प्रतिशत भागमा पुर्‍याइसकेका छौँ,’उनले भने,‘बाँकी ठाउँमा विस्तारको काम हुँदै छ,यो वर्ष भित्र वडाका सम्पूर्ण ठाउँमा बिजुली बल्छ।’

    चुरे गाउँपालिकाका अध्यक्ष धन बहादुर रोकाले गाउँपालिकाभर विद्युत् विस्तारको काम भइरहेको बताए। ‘चुरे गाउँपालिका पहाडी इलाका भएको हुनाले पनि हामीलाई विकास निर्माणमा समस्या छ,’गाउँपालिका अध्यक्ष रोकाले भने,‘वडा नम्बर ५, ६, ३ मा विद्युत् जडानको अन्तिम तयारी छ,वडा नम्बर १ मा ५० प्रतिशत प्रगति भएको छ,वडा नम्बर २ र ४ मा काम नै सुरु भएको छैन,हामीले तयारी गरिरहेका छौँ।’

    उनले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा काम गरिरहेका बताए। केही वर्ष भित्र गाउँपालिकाभरका सबै ठाउँमा बिजुली बल्ने उनको भनाई छ।

    शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
    फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
    नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
    • भर्खरै
    • चर्चित
    • १.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • २.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ३.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ४.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ५.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ६.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      कैलालीमा एक पुरुष मृत फेला

    • ९.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • १०.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • २.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ५.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ९.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १०.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.