• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

कैलालीमा रोकिएन नदीजन्य पदार्थको दोहन र उत्खनन्

  •  संवाददाता
  • आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाली जिल्लामा नदीजन्य पदार्थको दोहन र उत्खनन् तिब्र रुपमा भइरहेको छ । जिल्लाका खोला तथा नदिहरुबाट ढुंगा, गिट्टी, बालुवाको चोरीनिकासी बढ्दै गएपछि तल्लो तटिय क्षेत्र डुवानमा पर्न थालेको छ ।

    वर्षातमा नदीजन्य पदार्थ उठाउनु आफैमा पनि जोखिम कार्य मानिन्छ तर केही प्राकृतिक माफियाहरुले नदीजन्य पदार्थको दोहन र उत्खनन्संगै चोरीनिकासी गर्दै जाँदा जिल्लाको तल्लो तटिय क्षेत्र हरेक वर्ष वर्षा सुरु भएसंगै डुबानमा पर्ने गरेको हो । चुरे क्षेत्रमा पनि बाढीपहिरोको जोखिम बढेको छ ।

    तरपनि माफियाहरुले प्राकृतिक सम्पदाको दोहन र उत्खनन् गर्ने कार्य रोकेका छैनन् । सरोकारवाला निकाय पनि मौन छ । जसले गर्दा कैलालीबासीहरु हरेक वर्ष प्राकृतिक विपत्ति र दैविक प्रकोपमा पर्ने गरेका छन् ।

    पछिल्लो समय कलाली जिल्लाको प्राकृतिक सम्पदाहरु माफिया चंगुलमा पर्दै गएको छ । स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारको ठेकेदारसंगको मिलेमतोमा जिल्लाका प्राकृतिक सम्पदाहरु माफियाको हातमा पर्दै गएको स्थानीयहरुको आरोप छ ।

    स्थानीयका अनुसार यदि स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारको मिलेमतो नभएको भए नदीजन्य पदार्थ उत्खनन् र दोहन हुनबाट रोक हुने थियो तर उनीहरु आफै माफियाको चंगुलमा परिसकेका छन् ।

    कैलाली जिल्ला प्राकृतिक रुपमा जति धनी छ । त्यतिनै जोखिममा पनि रहेको छ । कैलाली जिल्ला चुरे पहाडसँग जोडिएको र जिल्लाको केहि भू–भाग चुरे पहाडमा पर्ने भएकाले पनि जोखिममा रहेको वातावरणविद्हरु बताउँछन । विद्काअनुसार चुरे आफैमा पनि जोखिममा रहेको पहाड हो । त्यसैमा पनि माफियाहरुले चुरेको दोहन र उत्खनन गर्ने हो भने त्यसको प्रत्यक्ष असर चुरेको तल्लो तटिय क्षेत्रमा पर्ने गर्दछ ।

    नदीजन्य पदार्थको दोहन र उत्खनन् बढ्दै गएसँगै चुरे भू-स्खलित हुँदै गएको छ । र बाढीपहिरोको जोखिम पनि बढ्दै गएको छ । यसको प्रत्यक्ष असर जैविक मार्ग, जल मार्ग, वातावरणीय सन्तुलन र पर्यावरणीय सन्तुलनमा पर्दै गएको शिव माध्यमिक विद्यालय चुरे–१, किम्तोलाका शिक्षक शेरबहादुर बमले बताए ।

    उनले भने– ‘प्राकृतिक रुपमा धनी कैलाली जिल्लालाई माफियाहरुले कु्रप पार्दै गएका छन् । जसले गर्दा हामीहरुले मौसम परिवर्तन भएसंगै विभिन्न विपत्तिहरुको सामना गर्नु छ ।’

    जिल्लाका गोदावरी, गौरीगंगा, खुटिया, रोरा, डोडा, लिक्मा, चोरी खोला तथा नदिबाट नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवाको चोरीनिकासी भइरहेको छ । यी नदी तथा खोलाहरुबाट नदीजन्य पदार्थहरुको चोरीनिकासी हुँदा जिल्लाको अत्तरिया, धनगढी, चौमाला, मसुरिया, पहलमानपुर, सुखड, बौनियाँ, लम्की, टीकापुर लगायतका क्षेत्रहरु हरेक वर्ष डुबानमा पर्ने गरेका छन । यो वर्ष पनि भजनी नगरपालिकाका लालबोझीबासी बिस्थापित भएका छन ।

    ११ ट्याक्टर कारवाहीमा

    जिल्लामा अवैधरुपमा बालुवा निकाल्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा अवैध रुपमा बालुवा निकाल्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरी सम्झाइबुझाइ गरी छोडिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलाली तथा अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान ७ बजे कैलालीको गोदावरी नगरपालिका ९ स्थित खुटिया खोलाबाट अवैध रुपमा बालुवा निकाली रहेको अवस्थामा ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    अवैधरुपमा बालुवा निकाली रहेकोले प्रति ट्याक्टर रू ६ हजारका दरले राजस्व जरिवाना काट्न लगाई सम्झाइबुझाइ छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    अवैधरुपमा बालुवा निकाली रहेको अवस्थामा ९ से २ त २८३५, से २ त ३६५५, स े१ त ५३९७, से १ त २३६८, से १ त ९६१३, से १ त ८४४९, से १ त ८७५९, से १ त ५४४९, सु.प.प्र.०१००२ त ५८०७, सु.प.प्र.०१००२ त ५५४१ र सु.प.प्र.०१००२ त ४७२१ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा कारवाही गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई गोदावरी नगरपालिकाको कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रति ट्याक्टर रु ६ हजारका दरले राजस्व जरिवाना काट्न लगाई सम्झाइबुझाइ गरी छोडिएको जनाइएको छ ।

    • कैलाली
    • नदीजन्य पदार्थको दोहन
    आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.