• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

तुइनबाट बेपत्ता धामी भेटिएनन्, कुशको शव बनाएर आफन्तले गरे दाहसंस्कार !

  •  संवाददाता
  • आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तुइन तर्दै गर्दा भारतीय अर्धसैनिक बल एसएसबीले डोरी फुकालिदिएपछि शुक्रबार बिहान महाकाली नदीमा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामी शनिबार पनि फेला परेका छैनन् । उनको खोजीमा हिँडेका परिवारका सदस्य र गाउँलेले मृत्यु भएको आशंकामा कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।

    गृह मन्त्रालय भन्छ– अनुसन्धान जारी छ

    शनिबार गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र सत्य–तथ्य जानकारी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय दार्चुला, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ ।’

    ‘गाउँका १५–२० जनासहित महाकालीको किनारैकिनार निकै तलसम्म खोज्यौँ । नदीमा पानी निकै बढेको छ, डुबाएर मृत्यु भयो । शवसमेत भेट्टाउन सकिने अवस्था नरहेपछि कुशको शव बनाएर दाहसंस्कार गरेका हौँ,’ जयसिंहका भाइ नरेन्द्रसिंहले भने, ‘बगेको ठाउँमै कुशको मूर्ति बनाएर अन्तिम संस्कार गर्‍यौँ ।’
    सुरक्षाकर्मीसँगै स्थानीयले शनिबार बर्तिबगड, मडगाउँ हुँदै डोकटको नदी किनारमा जयसिंहको खोजी गरेका थिए । भारततर्फको किनारमा एसएसबीले पनि खोजी गरिरहेको थियो । जयसिंह बेपत्ता भएपछि मालगाउँ पूरै शोकमा छ । घरमा जयसिंहको पत्नी, करिब सात वर्षका छोरा र डेढ वर्षकी छोरी छन् । कमाउने मुख्य व्यक्ति नै बेपत्ता भएपछि परिवार बिचल्लीमा परेको छ । उनका अन्य तीन भाइ छुट्टाछुट्टै बस्दै आएका छन् । ‘छोराछोरी नाबालक छन्, स्वाभाविक रूपमा कसरी घर चलाउने भन्ने समस्या बढेको छ,’ स्थानीय हरकसिंह कार्कीले भने, ‘उनकी पत्नी राजन्तीमाथि ठूलो बज्रपात भएको छ ।’

    श्रीमान् बेपत्ता भएको सुनेदेखि राजन्ती छिनछिनमा बेहोस भइरहेकी छिन् । गाउँलेले उनलाई ढाडस दिने र सम्झाउने गरिरहेको नरेन्द्रले बताए । ‘दाजु काठमाडौं गएर विदेश जाने तयारी गर्छु भन्नुहुन्थ्यो, त्यता जान सम्भव भए ठिकै भयो नत्र गौरापर्वका लागि केटाकेटीका लागि लुगाफाटो लिएर फर्किन्छु भनेर हिँड्नुभएको हो । तर, सबै सपना महाकालीको भेलमा बिलायो,’ उनले भने ।

    वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका जयसिंह गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किएका थिए । उनले आठ वर्षजति सेनामा पनि जागिर गरेका थिए । दुबईबाट फर्किएपछि जयसिंहले काठमाडौंको एक बैंकमा सेक्युरिटी गार्डको काम पनि गरेका थिए । भाइ नरेन्द्रका अनुसार विदेश जाँदा लागेको सात–आठ लाख ऋण अझै तिर्न सकेका छैनन् ।

    शुक्रबार बिहान सदरमुकाम खलंगाका लागि हिँडेका जयसिंह मालघाटमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि महाकालीमा खसेर बेपत्ता भएका थिए । खलंगाबाट काठमाडौं जाने उनको योजना थियो । शुक्रबार जयसिंहभन्दा अघि तुइन तरेका प्रत्यक्षदर्शीले ‘तुइनबाट जयसिंह पारि (भारततर्फ) पुग्न एक–डेढ मिटर बाँकी रहँदा एसएसबीले डोरी काटेको’ बताएका थिए ।

    सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेको छ । सुरक्षाटोलीले प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र आवश्यक अन्य अनुसन्धानपछि घटनाबारे सत्य–तथ्य बाहिर ल्याउनेछ । फिल्डमा पुगेका सुरक्षा अधिकृतहरूको रिपोर्टिङपछि वास्तविकता बाहिर आउँछ ।

    सडकमार्गको पहुँच नहुँदा स्थानीय बासिन्दा सदरमुकाम आउन पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ । तुइन तरेपछि भारतपट्टिबाट गाडी चढेर उनीहरू खलंगा पारिपट्टि धारचुलासम्म पुग्छन् । तर, पछिल्लो समय एसएसबीले वेलावेलामा तुइन काटेर दुःख दिने गरेको थियो ।
    शुक्रबार बिहान जयसिंह तुइन तर्दा सञ्चालक कल्याणसिंह धामीले तीनजना तरेपछि मात्रै डोरी फुकाउन एसएबीलाई अनुरोध गरेका थिए । तर, एसएसबीका जवानले अमानवीय व्यवहार देखाउँदै जयसिंह तरिरहेका वेला डोरी फुकालिदिए । ‘एसएसबीसँग तीनजना तरेपछि डोरी काट्नुहोला भनेर निकै आग्रह गरेका थियौँ । तर, जयसिंह तरिरहेका वेला एकजना एसएसबीका जवानले तार फुकालिदिए,’ कल्याणसिंहले भने ।

    तुइनको डोरी भारतपट्टिको रूखमा तीन फन्को बेरिएको थियो । ‘जयसिंह भारतपट्टि पुग्न एक–डेढ मिटर बाँकी थियो, त्यही वेला तुइनको डोरी फुकाइदिए,’ कल्याणसिंहले भने । जयसिंहपछि तुइन तर्ने लाइनमा विक्रम रंकोली थिए । ‘हामीसँग फोटो खिच्न मोबाइल थिएन । हामी तीनजना नेपालतिर थियौँ । जयसिंह भारतपट्टि पुग्ने वेला नदीमा खसे । एक्कासि उनी महाकालीमा डुबेपछि हामी पनि आत्तियौँ,’ उनले भने, ‘नेपालतिर भएको भए उद्धारमा कोसिस गथ्र्यौँ, एसएसबीका जवान जयसिंह महाकालीमा खस्नेबित्तिकै भागेर पाँगलास्थित ब्यारेकतर्फ गए ।’

    तुइन भएकै ठाउँमा झोलुंगे पुल बनाउन तीन वर्षअघि ठेक्का लागेको छ । तर, अहिलेसम्म जग हाल्ने काम मात्रै भएको छ । ‘पुल बनाउने भनेर जग हाल्ने काम मात्रै भयो, बाँकी काम अघि बढेन,’ तुइन सञ्चालक कल्याणसिंह धामीले भने, ‘यो ठाउँमा पुल बनेको भए जयसिंहले अकालमै ज्यान गुमाउनुपर्ने थिएन ।’ मालगाउँबाट पैदल हिँडेर सदरमुकाम पुग्न घोरेटो बाटो पनि राम्रो छैन । गाउँबाट खलंगा पुग्न पूरै एक दिन लाग्छ । तर, महाकालीमा तुइन तरेर भारततिरबाट गाडीमा जाँदा एक घन्टामै सदरमुकाम पुगिन्छ ।

    भारतको पाँगला थानामा एसएसबीविरुद्ध उजुरी
    तुइन तर्ने क्रममा एसएसबीले डोरी काटेका कारण व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भन्दै आफन्तहरूले भारतीय प्रहरीमा उजुरी दिएका छन् । व्यास– २ का बहादुरसिंह धामी र जोगासिंह धामीले धार्चुला तहसिलको पाँगला प्रहरी थानामा उजुरी दिएका हुन् ।

     

    • तुइनबाट बेपत्ता
    • दार्चुला
    आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.