धनगढीको बौद्धमार्ग नजिकै कालिका बुक डिपो एण्ड स्टेशनरी सञ्चालनमा आएको छ। नेपाली काँग्रेसका युवा नेता ज्योति प्रकाश जोशी र कृष्णा कुमारी सिंहको संयुक्त लगानीमा सो स्टेशनरी पसल बुधवारदेखि सञ्चालनमा आएको हो।
काँग्रेसका युवा नेता ज्योति प्रकाश जोशीका बुवा तथा रिटायर्ट मालपोत कार्यालयका नासु नन्दराम जोशी र आमा धनलक्ष्मी देवी जोशीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन्।
पण्डित कुम्भराजले पसलमा स्वस्थीक बाचन गरेका थिए। स्टेशनरीले उद्घाटनका अवसरमा आज एक दिन एक दर्जन कापीमा १५ प्रतिशत छुटको समे व्यवस्था गरेको छ। स्टेशनरीमा लोकसेवा, शिक्षक सेवा आयोग, निजामति लगायतका पुस्तकहरु पाईने गरेको जोशीले बताए। कालीका एजुशेक टेडिड सेन्टर सञ्चालन गर्दै आएका युवा नेता जोशीले साहित्यकार तथा नेपाली काँग्रेसका जुजारु युवा नेता हुन्।