• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

दार्चुला घटना :  छानबिन समिति, संयोजक भन्छन् : कसैको डर छैन नजिकबाट अनुसन्धान गर्छौं

  •  संवाददाता
  • बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    व्यास गाउँपालिका–२ मालघाट घटनाको पारदर्शी रुपले छानबिन गरिने गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जर्नादन गौतमले बताएका छन् ।

    काठमाडौँबाट मंगलबार साँझ दार्चुला जिल्ला सदरमुकाम खलंगा पुगेको मन्त्रालयको टोलीले बुधबार पत्रकारहरूसँग घट्नाको विषयमा छलफल गरेको छ । छानबिनका लागि आवश्यक सूचना तथा प्रमाण संकलन गर्न घटनास्थल जानु पूर्व मन्त्रालयको टोलीले जिल्लास्थित पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेको हो ।

    छलफलका क्रममा समितिका संयोजक गौतमले माल घटनालाई नजिकबाट अनुसन्धान गरी छानबिन गरिने बताए । टोलीले यसअघि बुधबार बिहान व्यास गाउँपालिका–२ मालघाट घटनाका तीनजना प्रत्यक्षदर्शीलाई सोधपुछ गरेको छ । उक्त घटनाका प्रत्यक्षदर्शी कल्याण सिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीलाई टोलीले घटनाको वास्तविकता बारेमा सोधपुछ गरेको हो ।

    प्रत्यक्षदर्शी, पत्रकार, मानव अधिकारकर्मी, राजनितिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिको भनाई र घटनासँग सम्बन्धित प्रमाणहरू संकलन तथा विश्लेषण गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने उनले बताए । ‘जागिरको उत्तरार्धमा छौं कसैको डरत्रास छैन्, छानबिनलाई निकै पारदर्शी र निष्पक्ष बनाउछौ’ संयोजक गौतमले भने ।

    अनुसन्धानको क्षेत्रमा निकै लामो समय काम गरेका सुरक्षाकर्मीहरू छानबिन समितिमा रहेको भन्दै उनले घटनाको सत्यतथ्य बाहिर आउनेमा विश्वास पनि व्यक्त गरे । छलफलका क्रममा पत्रकार महासंघका अध्यक्ष कृष्ण सिंह धामीले घटनाको कारण भारतीय सीमा सुरक्षा बल (एसएसबी) भएको बताए ।

    प्रत्यक्षदर्शी र स्थानीयको भनाइका आधारमा सबै जसो मिडियाहरूमा समाचार सम्प्रेषण भएको पनि उनले बताए । पत्रकार तथा मानव अधिकारकर्मी नरेन्द्र सिंह कार्कीले जनताले बोलेका कुरा मिडियामा लेखेको दाबी गर्दै प्रशासनले समाचार प्रति निकालेको विज्ञप्तिको कुनै अर्थ नहुने बताए । उनले प्रहरी प्रशासनले प्रत्यक्षदर्शीलाई अपराधी सरह राखेको भन्दै उनीहरूको मानव अधिकार र सुरक्षाप्रतिको जिम्मा सरकारले लिनुपर्ने बताए ।

    व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । साउन १५ गते शुक्रबार बिहान महाकाली नदिमा खसेर बेपत्ता भएका धामी अझै भेटिएका छैनन् । उनको खोजी कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ ।

    • अनुसन्धान
    • छानबिन समिति
    • दार्चुला घटना
    बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.