• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

कोरोना संक्रमण ४३ दिनयताकै उच्च

  •  संवाददाता
  • बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालमा कोरोना संक्रमण ४३ दिनयताकै उच्च विन्दुमा पुगेको छ ।

    पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितको संख्या ४,१०७ जना जेठ ९ गतेयता एक दिनमा पुष्टि भएका संक्रमितको उच्च संख्या हो । गत जेठ ८ गते ४,५२२ जना संक्रमित थपिएका थिए भने जेठ ९ गते २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको थियो ।

    जेठ २० गते दोस्रो लहरको सबैभन्दा कम संक्रमित पुष्टि भएको थियो । उक्त दिन १ हजार ६०३ जना संक्रमित थपिएका थिए । त्यसयता लगातार कोरोना संक्रमण बढ्दो छ । साउन १ गते २ हजार ९३६ जना संक्रमित थपिएकामा साउन १२ गते ३ हजार ८९९ जना संक्रमित थपिएका थिए ।

    बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निषेधाज्ञा खुकुलो बनेसँगै नागरिकको व्यवहारमा समेत परिवर्तन आउँदा संक्रमण बढ्दै गएको बताए ।

    पछिल्लो समय टाउको दुख्ने, सामान्य ज्वरो आउनेलगायतका लक्षण भएका धेरै व्यक्तिहरु अस्पताल आउने क्रम बढेको उनले बताए । कतिपय व्यक्तिहरु स्वास्थ्यमा जटिलता भएर अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था समेत रहेको उनले बताए ।

    ‘दैनिक रुपमा संक्रमण पुष्टि हुने संख्या बढ्दो छ । अस्पतालमा भर्ना हुने संख्या पनि तुलनात्मक रुपमा बढी नै छ । यी सबै कुराहरुले अब हामी तेस्रो लहरतिर अगाडि बढ्न थालेको हो कि भन्ने संकेत गरिरहेको अवस्था हामीले देखिरहेका छौं’ उनले भने ।

    १६ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    साउन यता ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला बढ्दै गएको छ ।

    साउन १ गते ५०० भन्दा बढी सक्रिय संक्रमित जिल्ला ९ थियो । तर साउन २० गते आइपुग्दा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला १६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    साउन १ गते मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र सुर्खेतमा ५०० भन्दा बढी सक्रिय संक्रमित थिए ।

    पछिल्लो समय ५०० भन्दा बढी सक्रिय संक्रमित थपिने सात जिल्लामा मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, वाग्लुङ, गोरखा र रुपन्देही छन् ।

    संक्रमितको संख्या बढ्दै गएको भन्दै उनले धेरै भन्दा धेरै व्यक्तिहरुलाई परीक्षणको दायरामा आउन आग्रह समेत गरे ।

    सरकारले कोरोना परीक्षण निःशुल्क रुपमा गर्दै आइरहेको भन्दै उनले चाँडो परीक्षणको दायरामा आउँदा संक्रमित व्यक्तिको पहिचान हुँदा अरुलाई संक्रमण सार्नबाट जोगाउन सकिने डा. अधिकारीको भनाइ छ ।

    समुदायमा कोरोना भाइरस अझै रहेको भन्दै अधिकारीले भने, ‘महामारी हामी माझमै छ । त्यो कम भएको अवस्था छैन । हामीले भुल्दै नभुलौं । यो खुकुलो भएको सबै सकिएर भएको होइन ।’

    कोरोना महामारीको रोकथाम एवं नियन्त्रण गर्ने निर्विकल्प उपाय भनेको खोप लगाउनु र जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नु रहेको उनको भनाइ छ ।

    खोप अभियान र जनस्वास्थ्य मापदण्डको पालनालाई सरकारले बढी जोड दिएको भन्दै डा. अधिकारीले साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने तयारी गरेको बताए ।

    मास्क लगाउने व्यवस्थालाई व्यवस्थित बनाउन ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ म जिम्मेवार नेपाली भन्ने नाराका साथ सरकारले अभियान सञ्चालन गर्न लागेको उनले बताए ।

    खोप लगाउँदा सामान्य समस्या आउन सक्छ

    डा. अधिकारीले कोरोना खोप लगाउने व्यक्तिमा सामान्य समस्या आउन सक्ने बताए ।

    खोप लगाएपछि केही व्यक्तिलाई सामान्य ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने जस्ता लक्षणहरु देखा पर्न सक्छन् । त्यसलाई अन्यथा बुझ्नु हुँदैन । त्यो खोप लगाएपछि शरीरमा गएर काम गर्न थालेको अवस्था भनेर बुझ्नुपर्छ’ उनले भने ।

    खोपले मानिसमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्दै जाने भन्दै डा. अधिकारीले भविष्यमा संक्रमण हुने जोखिमबाट जोगिन सकिने बताए ।

    खोप लगाएका केही व्यक्तिमा संक्रमण देखिए पनि जोखिमपूर्ण अवस्थामा अस्पतालमा भर्ना हुनुबाट जोगिने उनको भनाइ छ ।

    • कोरोना संक्रमण
    बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.