• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

दोधारा चाँदनी बडवाल टोलका बादी परिवारको त्रिपाल मुनि बास

  •  संवाददाता
  • बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सरकारले गरिवहरुका लागि जनता आवास कार्यक्रम ल्याए पनि कञ्चनपुरको दोधारा(चाँदनी नगरपालिका वडा नम्बर ३ बडबाल टोलका बादी समुदायलाई भने आवास कार्यक्रमले छोएको छैन।पुर्खोली पेशा मादल बनाउने, नाचगान र यौन व्यवसाय गरि गुजारा चलाउने बडबाल टोलका बादी समुदायलाई सरकारले जनता आवास कार्यक्रम अन्तर्गत समेट्न नसकेको हो। आफ्नो घर जग्गा नभएका बादी समुदायलाई सरकारले नहेरेपछि पुनः पुरानै पेशामा फर्किन बाध्य भएका छन्।

    केही बर्ष अघि आफ्ना र अर्काका पीडादाय गीतको भाका गाउँदै आवश्यक खाद्यान्न र रुपैयाँ संकलन गरिरहेका बादी समुदायहरु नयाँ जीवन जिउने रणनीतिका लागि अहिले पन संघर्षरत छन्। त्यहाँ बादी समुदाय पुरानो पेशबाट मुक्ती पाएर नयाँ जीवन निर्वाह गर्न चाहेको उनीहरु बताउँछन्।

    सरकारले फुसका छानालाई विस्तापित गर्ने योजना बनाएपनि बडवाल टोलका बादी घरपरिवार अझै त्रिपाल मुनि रात काट्न बाध्य छन्। रातीभरी हावा पानीले त्रिपाल च्यातिदिन्छ, बिहान च्यातिएको त्रिपाल सियरै रात काट्दै आएका छौं, बादी समुदायका अगुवा बिरभाने बादीले भने, ‘ छिमेकीको घरहरुमा झमल्ल बत्ती बल्छ, तर हामीले अहिलेसम्म आगोको सहारामा रात विताउने गरेका छौं।’

    राती भुईमै सुत्ने गरेका कारण सर्पले डस्छ की भन्ने डर लाग्ने गरेको उनले बताए। बडवाल टोलमा ५ घरधुरीमा झण्डै ४५ जना बादीहरु रहेका छन्। अहिले उनीहरुले जगबुडा नदीको किनारमा माछा मारेर र गाउँमा गएर मजुरी गरेर आएको रुपैयाँले साँझ बिहान छाँक टार्ने गरेका छन्।

    ‘मादल बनाउनको लागी छाला र काठ पाईदैन्। पहिला जस्तो मादलको माग पनि आउदैन्। सबै डिजे साउण्डले हाम्रो पेशालाई सक्कायो’ बिरभाने बादी भने। तत्कालिन नेकपा माओवादीको सशस्त्र दन्द्धको समयमा ज्यान जोगाउन बडवाल टोलका केही परिवार भारत पलायान भएका थिए त्यहाँका बादी परिवार केही महिना अघि मात्रै फर्केका हुन्।

    नेपाल सरकारले सुकुम्वासीहरुलाई जग्गा दिने सुनेपछि भारतबाट फर्केको उनीहरु बताउँछन्। छिमेकीको घरमा साना छोराछोरीलाई मिठो मसिनो खुवाएको देख्दा आफ्नो घरमा आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनु परेको लक्ष्मी बादी बताउँछिन्।

    ‘बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ’ लक्ष्मी बादीले भनिन्– ‘स्थानिय सरकार देखि राज्य मन्त्री मान बहादुर सुनारलाई हाम्रो समस्या हल गर्न बिन्ती गर्दै आएपनि हाम्रो कुरा सुन्ने कोही भएनन्।’

    यस्तै बादी परिवारका अर्का सदस्य रंगलाल बादीलाई छोराछोरी पढाउने ईच्छा भए पनि कपडा किन्ने, कापी कलम किन्ने पैसा नहुदा विद्यालय पठाउन नसकेको पीडा सुनाए।आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उनको भनाई छ।

    पर्खेली पेशा माछा मारेर, मादल बनाएर जिवन निर्वाह गर्ने, नाच गाना गरि गुजारा चलाउने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनको भनाई छ।

     

    • त्रिपाल मुनि बास
    • दोधारा चाँदनी
    • बादी परिवार
    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.