• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • १ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • १ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • १ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • १ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • १ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • १ दिन अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • २ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • ३ दिन अगाडि

चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय
  • ३ दिन अगाडि

Advertisement

सुदूरपश्चिमका स्वास्थ्यकर्मीले पाएनन् कोभिड जोखिम भत्ता

  •  संवाददाता
  • बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीका बेला जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीचको आपसी समन्वय अभाव र मतभेदका कारण दोस्रो लहरको कोरोना संक्रमणका बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् ।

    संक्रमितको उपचारमा रातदिन खटिएर पनि राज्यले कानून अनुसार पाइने सेवा सुविधा नदिँदा मनोबल घटेको स्वास्थ्यकर्मीहरु गुनासो गर्छन् । ‘हामीले आफ्ना ज्यानको प्रवाहै नगरी कोरोना संक्रमितको उपचार, हेरचाह गर्‍यौं । राज्यले त्यसको बेवास्ता गरेर जोखिम भत्ता पनि उपलब्ध नगराउँदा दुःख लागेको छ,’ धनगढीको कोभिड अस्थायी अस्पतालकी नर्सिङ वार्ड इन्चार्ज कल्पना विष्टले भनिन्, ‘सरकारले तोकेको सेवासुविधा नपाउँदा जोखिम मोलेर काम गरेकाहरुको मनोबल कमजोर भएको छ । प्रोत्साहन गरे मनोबल उच्च हुने थियो ।’

    विष्टले अघिल्लो वर्षको असारसम्मको जोखिम भत्ता प्राप्त भए पनि साउनदेखि नपाएको बताइन् । ‘साउनदेखिको जोखिम भत्ता पाइएको छैन,’ उनले भनिन्, ‘साँझ, बिहान खटिएर काम गरेका नर्सहरु निराश छन् ।’

    सेती प्रादेशिक अस्पतालको कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाउनु दुःखद् भएको बताउँछन् । ‘जोखिम भत्ता पाएपछि काम गर्ने नभए नगर्ने भन्ने होइन । हामी काम गर्ने मान्छेले आफ्नो कर्तव्य निर्वाह गर्नैैपर्ने हुन्छ,’ डा. कमरले अनलाइनखबरसँग भने, ‘तर पनि राज्यले कोभिडको नाममा अर्बौं रुपैयाँ खर्च गरिरहेको छ भने बिहान, बेलुका संक्रमितको उपचार गर्ने, दिशापिसाब सोहोर्नेदेखि बोकेर हिंड्ने, संक्रमितसँगै बसेर काम गर्ने स्वास्थ्यकर्मीको सपोर्ट गर्ने काम गरेको छैन । यसले सबै स्वास्थ्यकर्मीलाई निराश बनाएको छ ।’

    धनगढीस्थित सेती प्रादेशिक अस्पताल
    अनावश्यक ठाउँमा मनपरी तरिकाले बजेट खर्च गरिरहेको देखिए पनि स्वास्थ्यकर्मीको प्रोत्साहन हुने काममा चासो नै नदिइनु दुर्भाग्यपूर्ण भएको उनी बताउँछन् । विश्व स्वास्थ्य संगठनले तेस्रो लहरको संक्रमण फैलिनसक्ने चेतावनी दिएका बेला दोस्रो लहरकै जोखिम भत्ता नपाएपछि उपचार तथा व्यवस्थापनमा समस्या आइपर्ने चिन्ता समेत बढेको छ ।

    स्वास्थ्य मन्त्रालयले अन्तिम समयमा पठाएको १२ करोड फिर्ता

    वर्षभरि कानमा तेल हालेर बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार अन्तिममा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण गर्ने भनेर पठाएको करीब १२ करोड रुपैयाँ खर्च हुन नसकेको पाइएको छ । मन्त्रालयले सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले वितरण गर्ने गरी गत असार ३० गते साँझ मात्र करीब १२ करोड निकासा गरेको भए पनि समय अभावका कारण वितरण गर्न नसकेपछि फिर्ता भएको थियो ।

    ‘असार ३० गते मन्त्रालयले जोखिम भत्ता वापतको रकम निकासा गरेको थियो,’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘तर सोही दिनदेखि सरकारले पीएसए सिस्टम बन्द गरिदिपछि हामीले मातहतका निकायलाई रकम निकासा दिन सकेनौं । सोही कारण स्वास्थ्यकर्मीका लागि आएको जोखिम भत्ता वापतको रकम समेत फिर्ता भयो ।’

    सामाजिक विकास मन्त्रालयले यसअघि फिर्ता भएको रकमलाई प्रक्रिया पुर्‍याएर चालु वर्षमा निकासा गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको उनी बताउँछन् ।

    प्रष्ट मापदण्डको अभावले जोखिम भत्ता वितरणमा समस्या

    स्वास्थ्यकर्मीलाई कुन निकायले जोखिम दिने भन्ने स्पष्ट मापदण्डको अभावले तीन तहका सरकारबीच अन्यौलता बढेको पाइन्छ । १९ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले कोभिडको पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन, शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई ६ महिनासम्म तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

    तर कुन निकायबाट वितरण गर्ने भन्ने स्पष्ट रुपमा उल्लेख नगरिएकाले स्थानीय तह र प्रदेश सरकार केही समय अलमलमा परेका थिए । पछि स्वास्थ्य मन्त्रालयले बजेट पठाए पनि संक्रमितको संख्याका आधारमा निकासा दिंदा सामाजिक विकास मन्त्रालय थप समस्यामा परेको देखिन्छ ।

    ‘संघीय सरकारले अस्पताललाई कोरोना संक्रमितको संख्या (केस)का आधारमा जोखिम भत्ता वितरण गर्ने परिपत्र गर्‍यो,’ मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘सोही कारण उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीले नपाएको अवस्था छ ।’ अर्कोतिर स्वास्थ्य मन्त्रालयले कोभिड अस्पतालमा काम गरेका स्वास्थ्यकर्मीको मात्र विवरण पठाउन भनेपछि अस्पतालहरु समस्यामा परेका छन् ।

    ‘दोस्रो लहरको संक्रमण फैलिएका बेला प्रायः अस्पतालमा कार्यरत सबै चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीले जोखिम मोलेर काम गरेका थिए । संक्रमितले अस्पतालका सबै वार्डहरु भरिभराउ भएका बेला पूरै जनशक्ति खटाउनुपरेको अवस्था थियो,’ प्रवक्ता कार्कीले अनलाइनखबरसँग भने, ‘तर मन्त्रालयले कोभिड अस्पातलमा काम गरेकाहरुको मात्रै विवरण माग गरेको छ । त्यो विवरण पठाउन सम्भव छैन । हामीले अस्पतालबाट प्राप्त भएअनुसारका सबै विवरण पठाइसकेका छौं ।’

    जोखिम भत्ताका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल, स्वास्थ्य संस्थाहरुमा कार्यरत एक हजार ६८४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको विवरण स्वास्थ्य सेवा विभागमा पठाइएको उनले बताए । उनीहरुका लागि मातहतका निकायबाट २६ करोड ३२ लाख रुपैयाँ बजेट माग भएको छ ।

    सामाजिक विकास मन्त्रालयको प्रस्ताव अर्थमै थन्कियो

    सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय सरकारबाट जोखिम भत्ता नपाउने अवस्थामा आफैं वितरण गर्ने गरी प्रस्ताव तयार गरेको थियो तर आर्थिक मामिला मन्त्रालयले सहमति नदिंदा उ

    • कोभिड जोखिम भत्ता
    • सुदूरपश्चिमका स्वास्थ्यकर्मी
    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
    नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
    स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
    • भर्खरै
    • चर्चित
    • १.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • २.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ३.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ४.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ५.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ६.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ७.
      कैलालीमा एक पुरुष मृत फेला

    • ८.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • ९.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १०.
      ४८ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • २.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ५.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ९.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • १०.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.