• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

कैलाली वसन्ता हुलाकी सडकको अवरोध हट्यो

  •  संवाददाता
  • बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    निर्माणाधीन हुलाकी राजमार्गअन्तर्गत कैलालीको वसन्ता क्षेत्रमा ४ वर्षदेखि रोकिएको ट्र्याक खुलेसँगै अब बाँकी हुलाकी सडक निर्माणले गति लिने भएको छ।

    वसन्ताका रूख काट्नका लागि वन मन्त्रालयले ४ वर्षसम्म अनुमति नदिएपछि त्यस क्षेत्रमा ट्र्याक खुल्न सकेको थिएन। सडक विभाग र वन मन्त्रालयबीच ४ वर्षसम्म वन क्षेत्र कटानका लागि तयार पारिएको फाइल ओहोरदोहोर चलेको थियो।

    लामो समयसम्म अड्किएको वसन्ता वनका रूख काट्न गत फागुनमा मन्त्रिपरिषद्को बैठकले आदेश दिएको थियो। मन्त्रिपरिषद्को आदेशसँगै वैशाख २३ गतेबाट रूख काट्न सुरु भएको थियो। हुलाकी सडकअन्तर्गत वसन्ता सडकखण्डमा सय वटा रूख काटिएका छन्। रूख काटिएपछि अहिले सडक निर्माणसमेत सुरु भइसकेको छ।

    सडकमा एक लियर माटो हालिसकेको छ। ‘रूख काटिसकेपछि एक लियरसम्म माटो फिलिङ गर्ने कार्य भयो’, हुलाकी सडक आयोजनाका इन्जिनियर पदम मडैले भने। वर्षा लागेपछि काम रोकिएको उनले बताए।

    लामो समयको प्रतीक्षापछि वसन्ता क्षेत्रको रूख काट्ने आदेश आएको उनले जानकारी दिए। अहिले रूख काटेर ट्र्याक खोलिएको उनले बताए।

    कैलालीको कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर वसन्तासम्म पर्ने दुई किमि खण्डमा रूख कटानको आदेश नहुँदा चार वर्षदेखि काम रोकिएको थियो।

    कैलारीको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म वसन्ता वनक्षेत्रमा जम्मा १८ मध्ये १६ किमिमा राजमार्ग निर्माण भइसकेको छ। तर, कानुनी अड्चनका कारण दुई किमि खण्डमा भने काम रोकिएको थियो। जसले गर्दा उक्त सडक भएर जानुपर्दा घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता थियो।

    सो खण्डमा राजमार्ग निर्माणका लागि ०७३ सालमै ठेक्का भए पनि काम अगाडि बढ्न सकेको थिएन। वसन्ता वन क्षेत्र करिडोर भएको भन्दै धेरै बहस भए पनि अन्तिममा सरकारले रूख काट्न आदेश दिएको हो। वसन्ता करिडोर वन्यजन्तुको पुरानो जैविकमार्ग रहेकाले राजमार्ग विस्तार गर्दा अण्डरपास र ओभरपास पुल हुनुपर्ने अडान राख्दै डिभिजन वन कार्यालयले रूख कटान आदेश प्राप्तिका लागि फाइल अड्किएको थियो।

    कैलालीमा सन् २०१० देखि हुलाकी राजमार्ग निर्माण सुरु भएको थियो। दशक पूरा भइसके पनि निर्माण भने अझै पूरा हुन सकेको छैन। कान्दा नदीमा पुल निर्माण सम्पन्न नहुँदा पनि समस्या भएको छ।

    ०७३ सालमै सो खण्डमा राजमार्ग विस्तारका लागि ठेक्का भएको थियो। कैलालीमा मोहना पुलमा ७ सय मिटर, भजनीमा ५ सय मिटर र वसन्तामा २ किमिबाहेक सबै ठाउँमा पिच सम्पन्न भइसकेको छ।

    आयोजना कार्यालयका अनुसार २ पुलको समेत अझै ठेक्का हुन सकेको छैन। यसैगरी, कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ। धनगढीको क्याम्पस चौकदेखि कालिका मन्दिरसम्म चार लेनको सडक बनाउने काम धमाधम भइरहेको छ।

    बजार क्षेत्रमा हुलाकी राजमार्गलाई चौडा बनाउने सरकारको निर्णयअनुसार धनगढीमा चार लेनमा राजमार्ग विस्तार गर्ने कार्य अगाडि बढाइएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जनाएको छ।

    हुलाका आयोजना कार्यालयका अनुसार फोर लेन सडकमा २० प्रतिशत भौतिक प्रगति भएको छ। ‘काम तीव्र गतिमा अगाडि बढेको छ’, आयोजनाका इन्जिनियर पदम मडैले भने, ‘साढे तीन किमि दूरीमा चार लेनको सडक बन्ने हो।’ यो खण्डमा चार लेनको हुलाकी राजमार्ग बनाउन ०७७ असारमा ठेक्का सम्झौता भएको थियो।

    हाल नाली, पर्खाल र कल्भर्ट बनाउने कार्य भइरहेको छ। इन्जिनियर मडैका अनुसार चार लेन राजमार्गमा बीचमा दुई मिटर मेडियन र त्यसको दायाँ–बायाँ दुवैतिर सात–सात मिटरको कालोपत्रे हुनेछ।

    त्यसैगरी, राजमार्गको दुवैतिर नाली र नालीमाथि फुटपाथ निर्माण हुनेछ। फुटपाथ बाटो साढे तीन –तीन मिटर चौडा रहने इन्जिनियर मडैले बताए।

    चार लेनको राजमार्ग निर्माणका लागि स्वच्छन्द जोशी जेभीले भ्याटसहित ३७ करोड ४३ लाख रुपैयाँमा ठेक्का पाएर काम गरिरहेको छ। यो राजमार्ग निर्माणको समयावधि ३० महिना रहेको छ।

    यसैगरी, धनगढीदेखि सत्तीसम्मको ४४ किमि हुलाकी राजमार्गको बाँकी खण्डमा दुई लेनमा सडक विस्तार गर्ने कार्य पनि अगाडि बढेको छ।

    • अवरोध हट्यो
    • वसन्ता हुलाकी सडक
    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.