• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २२ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २२ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

‘भूमि समस्या समाधान सम्बन्धी काम रोकिएको छैन’

  •  संवाददाता
  • शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीका स्थानीय तहहरुले नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न गठित आयोगको कामलाई निरन्तरता दिएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले साउन १९ गते भूमि सम्बन्धी समस्या समाधान आयोगलाई विघटन गरेको थियो । २०७७ साल फागुन २ गते कैलालीमा गठित जिल्लास्तरिय भुमिसम्बन्धी समस्या समाधान आयोगलाई देउवा सरकारले विघटन गरेपछि अहिले आफुहरुले शुरु गरेको कामलाई रोक्ने प्रयास भएको भन्दै विघटित अध्यक्ष तथा सदस्यहरुले आरोप लगाइरहेका छन् ।

    सरकारले जिल्ला तथा संघिय सरकारबाट गठित आयोग विघटन गरेपनि स्थानीय तहहरुले आयोग विघटनले स्थानीय तहहरुलाई काम गर्न समस्या नभएको प्रतिक्रिया दिएका छन् ।

    कैलालीका स्थानीय तहहरूले जग्गा नापी तथा नक्सांकन, सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई उनीहरूले भरेको फारामको निस्सा वितरण, डिजिपिएस कन्ट्रोल प्वाइन्ट राख्ने र डिकार्ड बनाउने कामलाई जारी राखेको जनाएका छन् ।
    कैलालीको धनगढी उपमहानगरपालिकाले वडा नम्बर ९ मा ऐलानी पर्ती जमिनको नापी तथा नक्सांकनको काम जारी राखेको जनाएको छ ।

    धनगढी उपमहानगरपालिकाका भूमि व्यवस्था शाखा प्रमुख बागेश्वरदत्त ओझाले आइतबारदेखि निरन्तर रुपमा दुई टोली खटाएर सो वडामा नापनक्सांकन भइरहेको बताए । उनले हालसम्म दुई टोलमा नापी कार्य पुरा गरेर तेस्रो टोलमा नापनक्सांकन भइरहेको बताए । उनले सफ्टवेयरमा भरिएको फाराम इन्ट्री गर्ने काम पनि निरन्तर रहेको बताए ।

    केन्द्रमा आयोग खारेज भए पनि कामलाई निरन्तरता दिनु भन्ने अनौपचारिक जानकारी आएकाले कामलाई जारी राखेको शाखा प्रमुख जोशीले बताए । ‘केन्द्रीय आयोग खारेज भएपछि स्थानीय तहमा रहेको भूमि समस्या समाधान सम्बन्धी सहजिकरण समिति पनि खारेज भएको सरह हुन्छ’ उपमहानगरपालिकाका भूमि व्यवस्था शाखा प्रमुख ओझाले भने, तर औपचारिक रुपमा जानकारी आएको छैन । अनौपचारिक रुपमा कामलाई निरन्तरता दिनु भन्ने आएको छ । यसको अर्थ छिट्टै अर्को आयोग गठन भई भूमी सम्बन्धी समस्या समाधानको काम अगाडि बढ्छ ।’

    गौरीगंगा नगरपालिकाले पनि भूमि समस्या समाधान सम्बन्धी कामलाई निरन्तरता दिएको छ । गौरीगंगा नगरपालिकामा सो सम्बन्धी कामको संयोजन गरिरहेका नापी अधिकृत अशोक जोशीले आयोग खारेजीले स्थानीय तहले गर्ने सो सम्बन्धी काममा कुनै पनि प्रभाव नपरेको बताए । ‘आयोग खारेज भएको सम्बन्धमा कुनै पनि आधिकारिक पत्र आएको छैन,’ उनले भने, ‘समाचारमा आएको विषय लिएर केन्द्रमा सोधपुछ गर्दा कामलाई निरन्तरता दिनु भन्ने आएको छ । त्यही भएर हामीले काम जारी राखेका छौं ।’

    नापी अधिकृत जोशीले गौरीगंगामा नापीका लागि डिकन्ट्रोल प्वाइन्ट राख्ने काम सकिएको बताए । ‘ अहिले अहिले डिकोड गरी डिकार्ड बनाउने काम भइरहेको छ,’ उनले भने, ‘फाराम इन्ट्री गर्ने काम पनि निरन्तर भइरहेको छ ।’लम्कीचुहा नगरपालिकाले पनि भूमि समस्या समाधान सम्बन्धी काम निरन्तर भइरहेको जनाएको छ । लम्कीचुहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम चौधरीले फाराम इन्ट्रीको कामलाई निरन्तरता दिइएको बताए । उनले नापीको काम शुरु भइसकेको भएपनि एउटा वडामा सक्याएर अर्को वडामा जानको लागि तयारी गर्नलाई तत्काल नापीको काम रोकिएको बताए । ‘नापीको काम आयोग खारेज भएर रोकेको होइन,’ उनले भने, ‘आयोग खारेज हुनु भन्दा पहिले नै नापीको काम रोकिएको थियो ।’

    टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले आयोग खारेजीले स्थानीय तहमा भूमी समस्या समाधान सम्बन्धी काम प्रभावित भएको बताए । ‘आयोग नै नरहेपछि काम कसरी अगाडि बढाउने ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘जुन रफ्तारमा काम भइरहेको थियो । त्यो स्पिड रोकिएको छ ।’

    तर उनले लगत इन्ट्री गर्ने कामलाई निरन्तरता दिएको बताए । ‘सफ्टवेयरमा लागत इन्ट्री गर्ने काम भइरहेको छ,’ नगर प्रमुख रावलले भने, ‘फाराम भरेकालाई फारामको निस्सा दिने काम भइरहेको थियो । तत्काल त्यो काम रोकिएको छ ।’ उनका अनुसार टीकापुर नगरपालिकामा कन्ट्रोल प्वाइन्ट राख्ने काम हुन बाँकी छ ।
    १३ हजार बढी सुकुम्बासीलाई पुर्जा वितरण गर्ने तयारी

    कैलालीका १३ वटै स्थानीय तहहरूले गत आर्थिक वर्षमा भुमिहिन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासी परिवारको लागत संकलन गरेको थियो । सोही अनुसार चालु आर्थिक वर्ष ०७८/७९ मा १३ हजार पाँच सय घर परिवारलाई पुर्जा वितरण गरिसक्ने गरि सम्झौतामा हष्ताक्षर गरिसकेका छन् ।

    संघिय सरकारबाट विघटित भूमि सम्बन्धी समस्या समाधान आयोग कैलालीका अध्यक्ष दिपक देवकोटाले आफनो कार्य प्रगति प्रस्तुत गर्दै भुमिहिन, सुकुम्बासी दलित तथा अव्यवस्थित बसोबासी समस्या समाधान गर्नका लागि स्थानीय तहहरूले चालु आर्थिक वर्षमा ६५ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

    ‘आयोगभन्दा पनि बढी काम स्थानीय तहहरूले गर्छन । सुकुम्बासी दलित तथा भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न वडातहसम्मै संरचना निर्माण गरी लागत संकलन कार्य पुरा भइसकेको छ’ उनले भने, ‘वास्तविक भुमीहिन सुकुम्बासी, दलित तथा व्यवस्थित बसोबासीको पहिचान गरि धनगढी र लम्की चुहामा जग्गा नापी कार्य आरम्भ भइसकेको छ भने अन्य पालिकामा भदौ १५ गतेभित्र जग्गा नापी गर्ने कार्य प्रारम्भ गर्ने गरी कार्य अगाडि बढाइएको छ ।’ उनले कैलालीमा नापी गर्ने कार्यका लागि ३४ जना सर्वेक्षक खटाइसकिएको बताए ।

    आयोगले हालसम्म कैलाली जिल्लामा एक लाख २३ हजार सात सय ४२ परिवार भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासी एवं विगतमा अधुरा रहेका तीन हजार चार सय सात परिवारहरूको छानविन गरि तथ्यांक संकलन गरेको थियो ।
    जसमा २० हजार सात सय ८४ परिवार भूमिहीन दलित, सुकुमबासी रहेका छन्् भने एक लाख दुई हजार नौ सय ५८ परिवार अव्यवस्थित बसोवासी रहेको जनाइएको छ । सरकारको कदमले जनआक्रोश समेत बढेको देवकोटाले बताए ।

    उनले भ्रम फैलाउँदै भने, ‘नियमानुसार जतिसुकै कमाएको भएपनि डेढ विघा भन्दा बढी जमिन पाउँदैन । तर कैलालीमा ७÷८ विघा जमिन कमाएको र लालपुर्जाको सिफारिसको लागि स्थानीय तहले १० वर्षको आवाद गरेबापत एक लाख ८२ हजार रुपैयाँ समेत लिएको व्यक्ति मसँग आइपुगेको छ । अब आयोग नै विघटन भइसकेपछि स्थानीय तहका जनप्रतिनिधि बाँच्न सक्छन्् ?’
    लालपुर्जा पाउने बेला सरकारले आयोग नै विघटन गरिदिएपछि भूमिहीनहरूमा आक्रोश बढेको र आवाद गरेको रकम लिएका स्थानीय तहका जनप्रतिनिधिलाई तीव्र दवाव पर्ने उनको भनाइ छ ।

    निवर्तमान अध्यक्ष देवकोटाले कैलालीको कैलारी, बर्दगोरिया गाउँपालिकाले अव्यवस्थित बसोबासीबाट अनुचित ढंगले भोगचलन गरेको सिफारिसको लागि एकै व्यक्तिबाट लाखौं बिटौरी कर भनेर राजश्व असुली गरेको बताए ।

    • कैलाली
    • भूमि समस्या समाधान
    • स्थानीय तह
    शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.