• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

वियरले फाइदा पनि गर्छ !

  •  संवाददाता
  • शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    वियर ! कसैले स्वाद लिएर पिउँछन्, कसैले लहैलहैमा । केहीलाई वियरको स्वाद नै पत्तो हुँदैन । केही मानिसहरु वियर खाँदा असर गर्छ भन्ने सोचाइ राखेर र वियरलाई मादकपदार्थ मानेर कहिल्यै पिउँदैनन् पनि । केहीले मन नलागेरै नलिएको पनि भन्ने गर्दछन् ।

    वास्तवमा वियरले असर मात्रै होइन फाइदा पनि गर्छ भन्ने ज्ञान कमैलाई छ । केही समयअघि अमेरिकामा भएको एक अध्ययनले वियरले मानिसको स्वास्थ्यमा फाइदा गर्ने देखाएको थियो ।

    सो अध्ययनअनुसार वियर पिउने मानिसलाई मिर्गौलाको पत्थरी हुने खतरा वियर नपिउने व्यक्तिको तुलनामा निकै कम हुन्छ भनेको छ । तर एकैपटक धेरै अथवा आफ्नो शरीरले थेग्न सक्ने भन्दा बढी पिउनु भने हितकर हुँदैन । त्यो भने स्वास्थ्यका लागि अहीत नै हुन्छ ।

    कसरी फाइदा ?

    अध्ययनअनुसार वियर पिउने मानिसलाई धेरै छिटो छिटो पिसाब लाग्छ । पत्थरीमा हुने मुख्य तत्वलाई वियरले घोलेर पिसाबसँग बाहिर निकाल्छ । र त्यसले व्यक्तिको मिर्गौलालाई सफा राख्दछ । अर्को कुरा मिर्गौला आफैं बढी झोल पदार्थ खोज्ने शरीरको एक अंग हो । त्यसले शरीरलाई सशक्त र तन्दुरुस्त राख्न काम गरिरहेको हुन्छ । कम पानी पिउने व्यक्तिलाई पनि बढी पिसाबको समस्या हुने गरेको पाइन्छ । पिसाबमा समस्या हुँदा मिर्गौलामा समस्या देखिने गर्दछ । र धेरै व्यक्तिलाई पछिल्लो समय मिर्गौलामा पत्थरी देखिने गरेको पनि छ ।

    अर्को कुरा वियर पिउनेहरुलाई कोलेस्टरोल भएमा हल्का मात्रामा वियर खाने हो भने कम हुन्छ पनि भन्ने गरिन्छ । यस्तै स्ट्रोकको खतरालाई पनि केही कम गर्न मद्दत पुग्ने अनुसन्धानहरुले देखाएको छ ।

    यस्तै रक्त संचारलाईसमेत वियरले केही सहज बनाउने गरेको बताइन्छ । शरीरमा भएका हड्डीलाई दह्रो बनाउन पनि वियरले मद्दत गर्ने गरेको अनुसन्धानले देखाएको छ । वियरमा हुने सिलिकन तत्वले हड्डीलाई बलियो बनाउने गर्दछ ।

    यसैगरी मधुमेहका बिरामीलाई पनि वियर फाइदाजनक छ । दिनमा एक गिलास वियर पिउँदा टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले घट्ने बताइन्छ ।

    यस्तै दिमागको सम्झने क्षमतालाई पनि वियरले दरिलो बनाउँछ । अल्जाइमर भएका मानिसलाई वियर लाभदायक मानिन्छ ।

    यसरी हेर्दा मात्रा मिलाएर वियर खाने मानिसलाई भने वियरले हानी नभएर फाइदा नै गर्छ भन्न सकिन्छ ।

    पाचन प्रणाली पनि बलियो

    वियरले मिर्गौलालाई मात्रै होइन शरीरको पाचन प्रणालीलाई पनि दह्रो बनाउँछ भनिन्छ ।

    दुई वर्ष अघि युनिभर्सिटी अफ लन्डन कलेजमा गरिएको एक अध्ययनले वियरका कारण मोटोपना बढ्छ भन्ने भनाइलाई पनि गलत सावित गरिदिएको थियो । सो अध्ययनले पाचन प्रणाली दह्रो हुँदा मोटोपना पनि घट्ने सो अध्ययनको निष्कर्ष थियो । तर सोधकर्ताहरुले वियरले भोक भने बढाउने तथ्य फेला पारेका थिए ।

    कति पिउने ?

    थोरै मात्रामा वियर पिउदा शरीरलाई हानी नोक्सानी गर्दैन । थोरै भनेको कति भन्ने अनुमान लगाउन भने आफ्नो शरीरअनुसार तपाईं आफैंले ख्याल गर्नु पर्छ । कतिपयले वियर पिउने निहुँमा अरुलाई देखाउन जबरर्जस्त पनि गर्दछन् । त्यो भने ठीक होइन ।
    तपाईलाई सधैं वियर पिउने बानी छ भने आफूले कति पिउने भन्ने अनुमान हुन्छ । यदी बानी छैन भने तपाईंले एक गिलास वियरबाट शुरु गर्दा अन्यथा हुँदैन । किनकि बोतलभरीको वियरलाई तपाईंको शरीरले नथेग्न पनि सक्छ ।

    पानी बढी पिउने व्यक्तिलाई वियर धेरै आवश्यक पनि पर्दैन । यदी कुनै व्यक्तिलाई पानी कम पिउने बानी छ तर वियर चाहेजति पिउन सक्ने हुन्छ भने त्यो पनि अहीतकर हुँदैन । वियरले शरीरमा पानीको मात्रालाई पनि पूर्ति गर्छ ।

    अमेरिकाको खाद्य विभागले वियरलाई पानीको विकल्प नै मानेको छ । तर वियर पिउँदा त्यसमा अल्कोहल पनि हुन्छ भन्नेमा भने ख्याल गर्नै पर्छ । त्यसले व्यक्तिलाई आफूलाई आवश्यक पर्ने मात्रै पिउन बाध्य बनाउँछ ।

    कुन समय पिउने  ?

    वियर पिउने समय स्थान र अनुभवअनुसार फरक फरक हुन्छ । कसैले वियरलाई काम गर्ने ऊर्जा र सहाराका रुपमा पनि लिएर पिउने गर्दछन् । कसैले काम सकेपछिको समयमा आफूलाई आराम महसु गराउनका लागि पनि रुचाउँने गर्दछन् ।

    तर नेपाल जस्तो मुलुकमा भने वियरलाई काम गर्दाको समयमा पिउने व्यक्ति कमै छन् । यहाँ कामको थकानपछि आफूलाई आरामको आभाष दिन वियर पिउने गरिएको पाइन्छ ।

    कतिपयले भने वियर नियमित पिउने पनि गरेका छन् । कतिपयले वियरलाई उत्सव वा चाड पर्वमा मात्रै पनि खुसीको सारथी मान्ने गरेका छन् । तर जे जस्तो भए पनि नेपाली समाज अनुसारको यसको प्रयोग भने साँझ वा रातिको समयमा उपयुक्त र सुहाउँदो हुने अनुभवीहरुको बुझाइ हुने गर्दछ ।

    • फाइदा
    • वियर
    शुक्रबार, साउन २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.