धनगढी बसपार्कमा रहेको पशुपती टुर एण्ड ट्राभल्र्स प्रालीमा ढुङगामुडा प्रहार गरिएको छ। भारतको बैंग्लोर गइरहेका कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपती आचार्यको बैंग्लोर जाने क्रममा हत्या भएको भन्दै आफन्तले ट्राभल्र्स प्रालिमा ढुङगामुडा प्रहार गरेका हुन् ।
पशुपती टुर एण्ड ट्राभल्र्समा ढुङगामुडा प्रहार भएपछि अहिले प्रहरी परीचालन गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
आचार्यले बैंग्लोर पुग्नअघि नै गाडीबाट हाम फालेकाले मृत्यु भएको पशुपती टुर एण्ड ट्राभल्र्सका सञ्चालक दीपक बिष्टले बताए। ‘गाडीबाट हाम फालेपछि उनलाई अस्पताल लगिएको थियो। आचार्यको उपचारकै क्रममा मृत्यु भएको विष्टले बताएका छन् ।