• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, चैत १०, २०७९ | Friday 24th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

तुइन घटना : बेपत्ता धामी अझै भेटिएनन्,सरकारी टोलीले कसरी गर्दै छ अनुसन्धान ?

  •  अनिता बगाले अनु
  • शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महाकाली नदी तर्ने क्रममा गत शुक्रवार दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटमा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा बेपत्ता भएका स्थानीय जयसिंह धामी अझै फेला परेका छैनन्।

    बेपत्ता धामीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताए। प्रहरी निरीक्षक चन्दले बैतडी र कञ्चनपुरका महाकाली नदी क्षेत्रमा रहेका युनिटहरूलाई सूचना दिएर खोजी र घटनाको अनुसन्धान जारी रहेको बताए।

    बेपत्ता धामीको खोजीका लागि आफूहरू पनि प्रहरीसँगै गएको घटना हुँदाका प्रत्यक्षदर्शी जनक सिंह धामीले बताए। ‘एक साता भइसक्यो अझै फेला पारेका छैनौँ,अव त जिउँदो भेटिन्छन् भन्ने आस पनि छैन,’उनले भने,‘हामीलाई कि सास कि लास चाहिन्छ,भारतीय सुरक्षाकर्मीको ज्यादती निकै बढेको छ,हामी सास्ती भोग्दै छौँ।’

    कहाँ पुग्यो अनुसन्धान ?

    घटनाको अनुसन्धानका लागी सरकारले गृह मन्त्रालयका सह सचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको छ।

    समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्।

    सक्दो छिटो सत्य तथ्य छानबिन गरेर २७ साउन भित्र प्रतिवेदन पेस गर्न गृह मन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन्। सोही अनुसार उक्त टोलीले अहिले दार्चुलामा स्थलगत अध्ययन गरिरहेको छ।

    मङ्गलवार सदरमुकाम खलङ्गा पुगेको गृह मन्त्रालयको टोलीले बुधवार बिहान तीन जना प्रत्यक्षदर्शी कल्याण धामी, अनिता धामी र विक्रम धामीसँग सोधपुछ गर्‍यो। त्यस लगतै पत्रकारहरूसँग घट्नाको विषयमा छलफल भयो।

    छलफलका क्रममा समितिका संयोजक गौतमले घटनालाई नजिकबाट अनुसन्धान गरी छानबिन गरिने बताए।

    ‘घटनासँग सम्बन्धित प्रमाणहरू सङ्कलन तथा विश्लेषण गरी घटनाको सत्य तथ्य बाहिर ल्याउने छौँ,’छानबिन समिति संयोजक गौतमले भने,‘जागिरको उत्तरार्धमा छौँ कसैको डर त्रास छैन, छानबिनलाई निकै पारदर्शी र निष्पक्ष बनाउँछौ।’

    धामी बेपत्ता भएको सात दिनपछि घटनाको छानबिन गर्न आएको समिति भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्कियो। नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली शुक्रवार घटनास्थल निरीक्षणमा पुगेको हो।

    व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन समिति भारतीय एसएसपीसँगै घटनास्थल पुगेका हुन्।

    घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नाप जाँच लिएको छ। यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्।

    ‘महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुनीको रूख छ, तर दुवैतर्फ तार छैन। रूखबाट तार झिकेको हो कि काटेको हो भन्ने प्रमाण केही देखिएन,’ जोशीले भनिन्,‘भारतीय एसएसबीले सहजीकरण मात्रै गरिदिएको हो,त्योबाहेक अन्य विषयमा छलफल भएको छैन।’

    यस अघि घटना लगत्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतसँग जवाफ मागेको थियो। पिथौरागढस्थित भारतीय प्रशासनले पठाएको पत्रमा सुरक्षाकर्मी त्यस क्षेत्रमा रहे पनि तुइन नकाटेको जवाफ आएको जोशीले बताइन्।

    पीडित परिवारसँग भेट

    बिहीबार भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोलीले शुक्रवार व्यास गाउँपालिका–२ मालगाउँ गएर पीडित परिवार र गाउँलेहरूसँग छलफल गरेको छ।

    गृह मन्त्रालयका सहसचिव तथा अनुगमन समितिका संयोजक जनार्दन गौतमले पीडित परिवारले न्याय र क्षतिपूर्तिको माग गरेको बताए। नेपालबाट बाटो नभएका कारण उक्त घटना भएको भन्दै स्थानीयले बाटो निर्माणको पनि माग गरेका छन्।

    अनुगमन समितिकी सदस्य जोशीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र चाँडै प्रतिवेदन बुझाउने बताइन।

    गत १५ साउनमा सदरमुकाम खलङ्गा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि व्यास गाउँपालिका –२ मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए।

    • अनुसन्धान
    • तुइन घटना
    • सरकारी टोली
    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.