देशभर आइतबारको मौसममा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका धेरै स्थानहरुमा हल्का, मध्यम र भीषण वर्षाको सम्भावना छ ।
अहिले बिहान अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ । बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।