• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

सडक निर्माणमा चरम लापरबाही : करोड भुक्तानी लिएका ठेकेदार म्याद थप्न मात्रै आए !

  •  दैनिक जीवन
  • आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सहजपुरमा रहेको चुरे गाउँपालिकाको कार्यालय, गत वर्ष देखी घरखेडामा निर्माण भएको नयाँ भवनमा सर्‍यो। सहजपुरमा कार्यालय हुँदा गाउँपालिकाबाट सेवा लिन सहज थियो। सहजपुरबाट घरखेडा ८ किलोमिटरको दूरीमा छ।

    हिलाम्य सडकका कारण सेवाग्राहीलाई गाउँपालिका पुग्न निकै मुस्किल पर्छ। सामान्य सिफारिसकै लागी पनि अहिले सेवाग्राहीलाई सडकका कारण दुई दिन लाग्ने गरेको छ।

    ‘सडक हिलाम्य हुँदा गाडी चल्न सक्ने अवस्था छैन,चार घण्टा हिँडेरै गाउँपालिका कार्यालय पुगे,काम सकेर फर्किने बेला बेलुकी भइहाल्यो अनि यतै सहजपुर होटेलमा बास बसे,’वडा नम्बर ६ गजारबाट आएका प्रविन खड्काले भने,‘सडकले निकै सास्ती भयो,बर्सातको बेलामा काम हुँदै छ,सुकिला कपडा लगाएर गएको मान्छे पनि रोपाइ गरेर आए जस्तो हुन्छ।’

    ‘बिहीबार बिहान ५ बजे घरबाट हिँडेका थियौँ, तर साँझ मात्रै सहजपुर पुग्यौँ, त्यहाँबाट ज्यानको बाजी राखेर हामी चिप्लो बाटोमै हिँडेरै फेरि गाउँपालिका कार्यालय पुगौँ, तर त्यहाँ सबै काम सकिएन, त्यो रात हामी घरखेडा नै बस्यौँ,शुक्रवार बिहान फेरी गाउँपालिका पुगेर काम भयो, अहिले फर्किँदै छु,’वडा नम्बर ५ खानिडाँडाका जय बहादुर धामीले भने,‘सडककै कारण एक दिनमा हुने कामको लागी दुई दिन लाग्यो,अहिले पनि डोजर चलिरहेको छ,आवत–जावत गर्न निकै सास्ती छ।’

    सकियो सडकको म्याद,प्रगति ५५ प्रतिशत मात्रै

    सहजपुर माथिल्लो भेग देखी घरखेडा पुग्न ६ किलोमिटरको दूरी छ। गाउँपालिका कार्यालयसम्मको सडक ग्राभेलका लागी २०७६ मा गाउँपालिकाले बझाङको जागृति निर्माण सेवासँग आठ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि तीन करोड ६४ लाखमा ठेक्का सम्झौता गर्‍यो। दुई वर्षमा काम पुरा गर्ने गरी सम्झौता गरिए पनि हालसम्म आयोजनाको ५५ प्रतिशत मात्रै काम पुरा भएको छ।

    ‘सम्झौता अवधि असार मसान्तमा सकिएको छ,कार्यप्रगती ५५ प्रतिशतको हाराहारीमा छ,’गाउँपालिकाका इन्जिनियर विक्रम कँडेलले भने,‘अहिले पनि काम जारी छ,म्याद थप्न निर्माण कम्पनीबाट निवेदन आएको छ,समयमै काम सक्न निर्माण कम्पनीलाई झकझकाइरहेका थियौ, तर ठेकेदारको अटेरीले काम सम्पन्न भएन।’

    निर्माण कम्पनीको लापरबाही र प्राविधिक त्रुटिका कारण सडक निर्माणमा ढिलाइ भएको इन्जिनियर कँडेल बताउँछन्। ‘हामीले गाउँपालिका कार्यालयसम्म पुग्ने गरी सडक बनाउन खोजेका हौँ, त्यसमा प्राविधिक त्रुटि पनि भएको छ,’कँडेलले भने,‘म आउनु भन्दा पहिला नै सम्झौता भइसकेको थियो,बर्खायामको बेला काम भइरहेकाले नागरिकलाई पनि सास्ती छ।’

    एक करोड लिएर सम्पर्कमा आउँदैनन् ठेकेदार

    निर्माण कम्पनी जागृति निर्माण सेवाको तर्फबाट प्रकाश रोकायाले हस्ताक्षर गरेका छन्। सम्झौता गरी सके पनि उनले पटक–पटक गरेर १ करोड ३५ लाख बढी भुक्तानी लगी सकेका छन्। तर त्यसपछि उनी आवश्यक पर्दा जनप्रतिनिधि र कर्मचारीकै सम्पर्कमा बस्दैनन्। म्याद सकिनु भन्दा दुई साता अघि मात्रै उनले गाउँपालिका कार्यालय पुगेर म्याद थपी दिन आग्रह गरेको इन्जिनियर कँडेलले बताए।

    ुहामीले चाहेको बेला पनि उनी सम्पर्कमा आउथेनन्,फोन गर्दा पनि उठाउथेनन्,तर म्याद सकिने बेला आफैँ सम्पर्कमा आए, अहिले फोन गर्दा उठाउँछन्,’कँडेलले भने,‘पाँच महिना भित्रै काम सक्ने प्रतिबद्धता आएको छ।’

    ठेकेदारको लापरबाहीका कारण सेवाग्राही र जनप्रतिनिधि सबैले सास्ती पाएको गाउँपालिका अध्यक्ष धन बहादुर रोक्का मगरले बताए। ‘निर्माण कम्पनीले बदमासी गर्यो, दोष हामीमाथि छ’, उनले भने, ‘हामीले पटक–पटक ताकेता गर्दा पनि असारसम्म कुनै काम गरेन। ठेकेदारले अहिले डोजर चलाएर सडक झन् बिगारेको छ।’

    सडकको विषयमा ठेकेदार रोकायासँग उकेराले बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्।

    फेरी म्याद थप्ने तयारी

    तीन करोड ६४ लाखमा ६ किलोमिटर सडक ग्राभेल मात्रै गर्न भनिएको छ। तर ठेकेदारले यती काम पनि दुई वर्ष भित्र गर्न सकेनन्। फेरी म्याद थप्ने तयारी भइरहेको छ।

    ‘नाली निकालेर ५ किलोमिटर सडक ग्राभेल गर्न भनेका हौँ,ठेकेदारले म्याद सकिने बेला मात्रै काम सुरु गरे,’इन्जिनियर कँडेलले भने,‘अहिले म्याद सकिएको आधा महिना भइसकेको छ,म्याद थप्ने विषयमा छलफल जारी छ,केही दिनमै फेरी हामी म्याद थप्छौँ।’

    अन्तिम मौका स्वरूप ६ महिना सम्म म्याद थप गरिने गाउँपालिका अध्यक्ष रोका मगरले बताए।

    ‘कानुनले पनि ६ महिना म्याद थप गर्न दिएको छ,हामीले अन्तिम मौका भनेर म्याद थप गर्ने योजना बनाएका छौँ,’उनले भने,‘अव बस्ने कार्यपालिका बैठकबाट म्याद थप हुन्छ।’

    • ठेकेदार फरार
    • सडक निर्माण
    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.