• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

टिंकरमा बन्यो बीओपी

  •  संवाददाता
  • सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पश्चिम नेपालको सामरिक महत्त्वको क्षेत्र टिंकर नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवन तयार भएको छ । सरकारले गत वर्ष नै दार्चुलाको उत्तरी चिनियाँ नाका व्यास गाउँपालिका–१ टिंकर र भारतद्वारा अतिक्रमित क्षेत्रनजिक पर्ने कौवामा बीओपी राख्ने निर्णय गरेको थियो । टिंकरको छियालेकमा भवन बने पनि कौवामा भने अहिलेसम्म निर्माणको सुरसार छैन ।

    कौवा क्षेत्रमा बीओपी भवन बनाउन गत वर्ष नै माग गरे पनि अहिलेसम्म सरकारले चासो नदिएको स्थानीयको आरोप छ । ‘टिंकर नाकानजिक प्रहरीको सीमा चौकी पनि छ । कौवामा नेपाली सुरक्षाकर्मीको उपस्थिति नै छैन,’ व्यासका रमेश बोहराले भने, ‘उता कौवानजिक व्यास घाटीको केन्द्रमा पर्ने गुन्जीमा भारतीय सुरक्षाकर्मीहरूको मुख्यालय जस्तै छ ।’ अतिक्रमित नेपाली भूमि गुन्जीमा भारतले वर्षौंदेखि सुरक्षाकर्मीको अखडा बनाएको स्थानीय बताउँछन् । गुन्जी र कौवालाई लिपुखोलाले छुट्याउँछ । कौवाबाट अतिक्रमित कालापानी क्षेत्र पनि नजिक पर्छ ।

    कौवामा बीओपी राख्दा अतिक्रमित नेपाली भूमिमा निगरानी गर्न सकिनेछ । छाङरुमा सशस्त्रको गुल्म भए पनि कौवा क्षेत्रतिर गस्तीका क्रममा मात्र जाने गरेका छन् । ‘माथिल्लो कौवा क्षेत्रमा सशस्त्रले गस्तीमा निस्कनुपरे भारतीय सशस्त्र सीमा बल ९एसएसबी० लाई जानकारी गराउनुपर्छ । आफ्नै सीमा क्षेत्रमा जान भारतीय सुरक्षाकर्मीको अनुमति माग्नुपर्ने अवस्था छ,’ बोहराले भने ।

    जग्गाप्राप्तिमा समस्या देखिएकाले कौवामा बीओपी राख्ने भवन बनाउन ढिलाइ भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताए । कौवामा बीओपी निर्माणको माग गर्दै व्यास–१ का गाउँलेले जिल्ला प्रशासनमा निवेदनसमेत दिएका छन् । जिल्ला सुरक्षा समितिको निर्णय भएर फाइल अघि बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    चीनको ताक्लाकोटसँग जोडिएको टिंकरमा डेढ महिनामै भवन तयार भएको हो । छियालेकमा बीओपी निर्माणको ठेक्का पाएको धुलिखेल प्याराडाइज एलबी जेभीले प्रतिकूल मौसम र विभिन्न कठिनाइका बावजुद पनि काम पूरा गरेको जनाएको छ । भवन हस्तान्तरण हुनेबित्तिकै बीओपीमा सुरक्षाकर्मी खटाइने प्रवक्ता अर्यालले जानकारी दिए ।

    टिंकर छोटी भन्सार कार्यालयको जग्गामा निर्माण गरिएको बीओपीले तिब्बत भएर हुने चोरी तस्करी, सिकार तथा सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधिलाई नियन्त्रणमा सहयोग पुग्नेछ । छियालेकमा बीओपी भवन बनाउन धुलिखेल प्याराडाइज एलबी जेभीले ८७ लाख रुपैयाँमा ठेक्का पाएको थियो । दुई प्रिफ्याब भवन, एउटा भान्सा र भित्र–बाहिर गरी चार बाथरुम निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको निर्माण कम्पनी सञ्चालक लालबहादुर बमले बताए ।

    टिंकर गाउँबाट दुई किलोमिटर दूरीमा रहेको छियालेकमा बीओपीनजिकै नेपाल प्रहरीको सीमा चौकी पनि छ । छियालेकभन्दा माथि मान्छेको उपस्थिति छैन । टिंकरमा ७० परिवारको बसोबास छ । टिंकरको प्रहरी चौकीसहित स्थानीय बासिन्दा जाडो सुरु भएपछि बेंसी झर्छन् । अब सशस्त्र बीओपी बाह्रै महिना नाकामा राख्ने भवन बनाएको जनाइएको छ । यहाँबाट सातरआठ घण्टा उकालो हिँडेपछि नेपाल र चीन सिमाना छुट्याउने टिंकर भन्ज्याङको १ नम्बर पिलरमा पुगिन्छ ।

    • टिंकर
    • बीओपी
    सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.