• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, असोज ०५, २०८० | Friday 22nd September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • १० घण्टा अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • २ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • २ दिन अगाडि

संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा
  • ३ दिन अगाडि

सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !
  • ३ दिन अगाडि

बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा
  • ४ दिन अगाडि

काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री
  • ४ दिन अगाडि

अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने
  • ४ दिन अगाडि

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ
  • ४ दिन अगाडि

टिंकरमा बन्यो बीओपी

  •  संवाददाता
  • सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पश्चिम नेपालको सामरिक महत्त्वको क्षेत्र टिंकर नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवन तयार भएको छ । सरकारले गत वर्ष नै दार्चुलाको उत्तरी चिनियाँ नाका व्यास गाउँपालिका–१ टिंकर र भारतद्वारा अतिक्रमित क्षेत्रनजिक पर्ने कौवामा बीओपी राख्ने निर्णय गरेको थियो । टिंकरको छियालेकमा भवन बने पनि कौवामा भने अहिलेसम्म निर्माणको सुरसार छैन ।

    कौवा क्षेत्रमा बीओपी भवन बनाउन गत वर्ष नै माग गरे पनि अहिलेसम्म सरकारले चासो नदिएको स्थानीयको आरोप छ । ‘टिंकर नाकानजिक प्रहरीको सीमा चौकी पनि छ । कौवामा नेपाली सुरक्षाकर्मीको उपस्थिति नै छैन,’ व्यासका रमेश बोहराले भने, ‘उता कौवानजिक व्यास घाटीको केन्द्रमा पर्ने गुन्जीमा भारतीय सुरक्षाकर्मीहरूको मुख्यालय जस्तै छ ।’ अतिक्रमित नेपाली भूमि गुन्जीमा भारतले वर्षौंदेखि सुरक्षाकर्मीको अखडा बनाएको स्थानीय बताउँछन् । गुन्जी र कौवालाई लिपुखोलाले छुट्याउँछ । कौवाबाट अतिक्रमित कालापानी क्षेत्र पनि नजिक पर्छ ।

    कौवामा बीओपी राख्दा अतिक्रमित नेपाली भूमिमा निगरानी गर्न सकिनेछ । छाङरुमा सशस्त्रको गुल्म भए पनि कौवा क्षेत्रतिर गस्तीका क्रममा मात्र जाने गरेका छन् । ‘माथिल्लो कौवा क्षेत्रमा सशस्त्रले गस्तीमा निस्कनुपरे भारतीय सशस्त्र सीमा बल ९एसएसबी० लाई जानकारी गराउनुपर्छ । आफ्नै सीमा क्षेत्रमा जान भारतीय सुरक्षाकर्मीको अनुमति माग्नुपर्ने अवस्था छ,’ बोहराले भने ।

    जग्गाप्राप्तिमा समस्या देखिएकाले कौवामा बीओपी राख्ने भवन बनाउन ढिलाइ भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताए । कौवामा बीओपी निर्माणको माग गर्दै व्यास–१ का गाउँलेले जिल्ला प्रशासनमा निवेदनसमेत दिएका छन् । जिल्ला सुरक्षा समितिको निर्णय भएर फाइल अघि बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    चीनको ताक्लाकोटसँग जोडिएको टिंकरमा डेढ महिनामै भवन तयार भएको हो । छियालेकमा बीओपी निर्माणको ठेक्का पाएको धुलिखेल प्याराडाइज एलबी जेभीले प्रतिकूल मौसम र विभिन्न कठिनाइका बावजुद पनि काम पूरा गरेको जनाएको छ । भवन हस्तान्तरण हुनेबित्तिकै बीओपीमा सुरक्षाकर्मी खटाइने प्रवक्ता अर्यालले जानकारी दिए ।

    टिंकर छोटी भन्सार कार्यालयको जग्गामा निर्माण गरिएको बीओपीले तिब्बत भएर हुने चोरी तस्करी, सिकार तथा सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधिलाई नियन्त्रणमा सहयोग पुग्नेछ । छियालेकमा बीओपी भवन बनाउन धुलिखेल प्याराडाइज एलबी जेभीले ८७ लाख रुपैयाँमा ठेक्का पाएको थियो । दुई प्रिफ्याब भवन, एउटा भान्सा र भित्र–बाहिर गरी चार बाथरुम निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको निर्माण कम्पनी सञ्चालक लालबहादुर बमले बताए ।

    टिंकर गाउँबाट दुई किलोमिटर दूरीमा रहेको छियालेकमा बीओपीनजिकै नेपाल प्रहरीको सीमा चौकी पनि छ । छियालेकभन्दा माथि मान्छेको उपस्थिति छैन । टिंकरमा ७० परिवारको बसोबास छ । टिंकरको प्रहरी चौकीसहित स्थानीय बासिन्दा जाडो सुरु भएपछि बेंसी झर्छन् । अब सशस्त्र बीओपी बाह्रै महिना नाकामा राख्ने भवन बनाएको जनाइएको छ । यहाँबाट सातरआठ घण्टा उकालो हिँडेपछि नेपाल र चीन सिमाना छुट्याउने टिंकर भन्ज्याङको १ नम्बर पिलरमा पुगिन्छ ।

    • टिंकर
    • बीओपी
    सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
    युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
    कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • २.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ३.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • ४.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    • ५.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ६.
      बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा

    • ७.
      काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री

    • ८.
      अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने

    • ९.
      आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ

    • १०.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • १.
      धनगढीको जोगबुढा होटेलमा छापा : यौन धन्दामा संलग्न दुई जोडी रङ्गेहात पक्राउ, दुई साहुनी पनि प्रहरीको फन्दामा !

    • २.
      मत्स्य पालनका लागी पोखरी निर्माण

    • ३.
      हरितालिका तिज : रिलायबल धनगढी शाखाको तिज विशेष दर  

    • ४.
      सेती प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर कमर नियुक्त

    • ५.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • ६.
      हरितालिका तीज : आज दर खाने दिन

    • ७.
      दाहसंस्कार गर्न ५ हजार दिने धनगढी उप-महानगरपालिकाको निर्णय

    • ८.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ९.
      एलपिएलको बढ्दो आकर्षण : यसपटक राष्ट्रिय खेलाडीको पनि सहभागिता रहने  

    • १०.
      आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.