• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ४ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

सशस्त्र प्रहरी दम्पत्ती : जवानबाट सेवा प्रवेश, असई हुँदा संगठनमै सर्वोत्कृष्ट !

  •  संवाददाता
  • सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रीमान् श्रीमती दुवै जना सशस्त्र प्रहरी । जवानबाट सेवा प्रवेश गरेको दुवैको पृष्ठभूमि । संगठनमा काम गर्ने दौरानमा प्रहरी सहायक निरीक्षक ९असई०को तयारी पनि सँगसँगै अगाडि बढाए, अनि संघर्ष र लगनशीलताले संगठनभित्रै सर्वोत्कृष्ट बन्न सफल भए दुवै जना ।

    यो कथा हो, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का मनोज बोगटी र उनकी श्रीमती चन्द्रा ओलीको ।

    ०००

    बोगटीलाई सानै उमेरदेखि प्रहरी बनेर देशको सेवा गर्ने हुटहुटी थियो । स्कुल पढ्ने बेलादेखि नै उनी प्रहरी संगठनको बारेमा चासो राख्थे । प्रहरी बन्ने ठूलो धोको थियो । २०६६ साल फागुनतिरको कुरा थियो, अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययन गर्दै गर्दा बोगटीले साथीहरु मार्फत सशस्त्र प्रहरीमा भर्ना खुलेको थाहा पाए । प्रहरी बन्ने इच्छा पूरा गर्ने त्यो अवसर गुमाउनु हुँदैन भन्ने उनलाई लाग्यो र आवेदन फारम भरे ।

     

    बोगटी सशस्त्र प्रहरी जवानको लिखित र मौखिक परीक्षामा सफल हुँदै आधारभूत तालिम सकेर सेवामा प्रवेश गरे । बच्चैदेखिको प्रहरी बन्ने धोको पूरा गरेका बोगटीले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) को तयारी पनि गरिरहे । लोकसेवाको तयारीसँगै डिउटी पनि गर्नुपर्ने कुरा सजिलो भने थिएन । तैपनि उनले कहिल्यै हार खाएनन् । निरन्तर आफ्नो कर्मलाई अघि बढाइरहे ।

    २०७६ सालमा बोगटी प्रहरी सहायक निरीक्षक (असई) को परीक्षामा सफल भए । आधारभूत तालिममा बोगटीले ३४ जनालाई पछि पार्दै पहिलो स्थान हासिल गरे । सशस्त्र प्रहरी संगठनभित्र उनी सर्वोत्कृष्ट अधिकृतका रुपमा चिनिए भने त्यतिबेला सम्मान समेत पाएका थिए । बोगटीका लागि त्यो नै सबैभन्दा ठूलो खुशी थियो ।

    ०००

    २०७५ साल फागुन महिनातिर मनोज बोगटी तालिमको सिलसिलामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी काठमाडौंमा थिए । सोही बाहिनीमा सुर्खेतकी चन्द्रा ओलीसँग उनको भेट भयो । उनी त्यहाँ प्रहरी जवानको रुपमा कार्यरत थिइन् । सोही क्रममा उनीहरुबीच परिचय हुन पुग्यो । कुराकानी गर्दै जाँदा दुवै जना नजिक भए । सोही क्रममा एकअर्काबीच प्रेम बस्यो । त्यसपछि आपसी समझदारीमै दुवै जनाले विवाह गर्ने निधो गरे ।

    प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि चन्द्रा पनि मनोजकै बाटो पछ्याउन थालिन् । बुवा रामबहादुर ओली पेशाले शिक्षक थिए । बुवाको सपना छोरी प्रहरी अफिसर भएको हेर्ने थियो । २०६९ साल चैतमा उनी सशस्त्र प्रहरी जवानबाट सेवा प्रवेश गरेकी थिइन् । जवानभन्दा माथिल्लो तहको अधिकृत बन्ने रहर पनि नभएको होइन । जब बोगटीसँग प्रेमसम्बन्ध हुँदै विवाह नै भयो । त्यसपछि त्यो लक्ष्य भेटाउन ढाडस दिने व्यक्तिका रुपमा पनि उनी उभिए ।

     

    श्रीमतीलाई सशस्त्र प्रहरी सहायक निरीक्षक ९असई०मा सफल कसरी भइयो भन्ने आफ्नो अनुभव शेयर गर्ने, नोटबुकहरु दिने लगायतका काममा मनोजले सघाउँदै गए । चन्द्राले पनि निरन्तरको संघर्षलाई जारी राखिन् । नभन्दै उनी पनि २०७७ भदौमा असईको परीक्षामा सफल भइन् । त्यति मात्र होइन आधारभूत तालिममा आफ्ना श्रीमानको जस्तै उनी उत्कृष्ट बनिन् । आफूसँगै तालिम गर्ने ६० जनालाई पछि पार्दै उनले पहिलो स्थान हासिल गरिन् ।

    आधारभूत तालिममा उनीसँगै महिला मात्र नभएर पुरुष प्रहरी सहायक निरीक्षक पनि सहभागी थिए । तर उनको संघर्षका सामु लैङ्गिक कुराले खासै फरक पारेन । महिला भएर पनि आधारभूत तालिममा उत्कृष्ट बन्न पाउँदा चन्द्रा प्रफुल्लित भएकी छन् । भन्छिन्, ‘सशस्त्र प्रहरीको संगठनमा लेडिज अधिकृत सर्वोत्कृष्ट भएको उदाहरण बन्न पाउँदा खुशी लागेको छ ।’

    चन्द्रालाई सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले सर्वोत्कृष्ट अधिकृतका रुपमा सम्मान समेत गरेका छन् । उनले चन्द्रालाई सम्मानस्वरुप खुकुरी प्रदान गरे । अब श्रीमानले जस्तै चन्द्रा पनि संगठनले दिएको जिम्मेवारी पूरा गर्न काम फर्किने तयारीमा छिन् । उनीहरु दुवै जना अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीमा कार्यरत छन् ।

    • जवान
    • सर्वोत्कृष्ट
    • सशस्त्र प्रहरी दम्पत्ती
    सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.