धनगढी – कञ्चनपुरमा ५० हजार बढीको अवैध बिँडी बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले अन्दाजी ५० हजार २ सय ८५ मूल्य बराबरको अवैध बिँडी बरामद गरेको प्रहरीले जनाएको छ। जिल्लाको कृष्णपुर नगरपालिका ५ गुलरियास्थित वनदेवी सामुदायिक वनमा अवैध रुपमा भन्सार छली लुकाइ छिपाइ राखेको अवस्थामा ४४५ प्याकेट बिँडी फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बरामद गरिएको बिँडी आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको प्रहरी निरीक्षक लाल बहादुर खड्काले बताए।