• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

मुलुकभर कोरोनाको त्रास, बाजुराका सबै बिद्यालयमा निस्फिक्री पढाई

  •  संवाददाता
  • बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बाजुरा जिल्लाका नौ ओटै स्थानिय तहमा रहेका बिद्यालयमा शिक्षक विद्यार्थीको भौतिक उपस्थितीमै पठन पाठन सञ्चालन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सबै बिद्यालयमा कोरोना संक्रमणबाट बच्न सुरक्षा समाग्रीको अनिवार्य प्रयोग गर्दै भौतिक उपस्थितीमै पठन–पाठन शुरु गरिएको हो ।

    जिल्लामा रहेका ५८ माध्यामिक, एक सय ८६ आधारभुत र दुई सय २३ वटा बालबिकास केन्द्रहरुमा पठन पाठन शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले बाजुरा जिल्लामा कोरोना संक्रमणका समयमा बिद्यालय संचालन सम्बन्धि मापदण्ड तयार पारेर बिद्यालय संचालन गरेको हो ।
    ‘बिद्यालयमा आएर पढ्न पाउँदा सारै खुशी लागेका छ । घरमै बसेर पढ्दा नजानको कुरा कसलाई सोध्ने कसलाई सोध्ने भन्ने हुन्थ्यो स्कुलमै आएर पढ्दा धेरै सहज भएको ।’ बडिमालिका माद्यामीक बिद्यालयकी छात्रा छात्रा पूजा कुमारी बिक भन्छिन् ‘ हामी स्कुल आउँदा मास्क अनिवार्य लगाउँछौं, स्कुलको गेटबाट भित्र पस्दा जरो जाँच हसन्छ साबुन पानीले हात धुन्छौं र सेनीटाईजर हातमा लगाएर मात्र भित्र पस्ने गरेका छौं ।’

     

    पूजाको भनाई अनुसार गाउँमा हुँदा फोनै लाग्दैन दुर शिक्षाका उपकरणहरु हुँदैन थे । स्कुल आउँदा धेरै खुशी लागेको बताइन् । ‘शिक्षकले पढाउँदा जति बुझिन्छ घरमा बसेर एक्लै पढ्दा बुझन गा(हो हुन्छ ।’ गौमुल गाउँपालिकाका बिद्यार्थी सुमन बोहराले बताए ।

    ‘जिल्ला प्रसासनले बनाएको मापदण्डामा रहेर हामीले बिध्यालय संचालन गरेका छौँ। कक्षा कोठामा जम्मा २५ जना बिद्यार्थी राख्ने गरेका छौं एक बेन्चमा जम्मा दुईजना मात्र बस्ने गरेका छन् ।’ मालिका माबिका शिक्षक बिष्णु पाण्डेले भने ’स्कुलमा आउँदा देखी जाँने समय सम्म हामीले कोभिडको सुरक्षाका सामाग्रीको नियमति प्रयोग गरेका छौं हामी सुरक्षित छौं र बिद्यार्थिहरु समेत सुरक्षित छन् ।’

    शिक्षक पाण्डेले थपे ‘हाम्रो बिद्यार्थी संख्या धेरै छ । एक दिन एक कक्षाका २५ जना मात्र राख्दा एक जना बिद्यार्थीको हप्तामा तिन दिन मात्र बिद्यालय आउँनु पर्ने हुन्छ । त्यसका लागि घरमा बस्दा सम्म होमवर्क दिन्छौं र फेरी कक्षामा आउँदा उसले नजानेको कुरा सोध्छ ।’

    अहिले जिल्ला भरीका बिद्यालयमा मापदण्ड अनुसार अध्यान अध्यापनको काम सुचारु भएको छ । स्वास्थ्य सुरक्षाका समाग्रीहरु र मापदण्ड पुरा नगरेका बिद्यालयहरुलाई प्रशासनले संचालनमा रोक लगाएका छ । जिल्ला शिक्षा ईकाई प्रमुख सिंहराज डाँगी भन्छन् ‘ बिद्यार्थीको ज्वरो नापिन्छ भने कक्षा कोठामा बस्दा एक कक्षामा २५ जना र ठाउँ हेरेर एक बेन्चमा दुई जना मात्र राखेर पढाउन निर्देशन दिएका छौं । हामीले शिक्षा मन्त्रालय र सबै सरोकारवालाई समन्वय गरी यसको शुरुवात गरेका छौं ।’

    डाँगीको भनाई अनुसार यसरी मापदण्ड पुरा गरेको अवस्थामा पनि कुनै बिद्यालयमा बिद्यार्थीमा बिरामी भएको अवस्थामा तत्काल बिद्यालय बन्द गर्ने गरेका छन् । विद्यार्थी बिरामी भएकै कारण यो हप्ता सदरमुकामको समता बिद्यालय बन्द भएको छ ।’

    जिल्ला अस्पताल बाजुराका प्रमुख डा।प्रकाश जोशीले अस्पतालमा अहिले बालबालिका निमोनिया र रुघाखोकीका बिरामी बढेको बताए । ‘कोरोना नै हो या अरु रोग हो भनेर जाँच्नलाई प्रादेश प्रयोगशालामा पठाएका छौं, अधिकांशमा कोरोना संग मिल्ने लक्षण देखिएको छ ।’ उनले भने । एक जना रिफर गरेको बिरामीलाई कोरोनाको तेस्रो भेरिएन्ट देखिएको छ । ‘अवस्था त्यति सहज त छैन । तर हस्पिटलमा आएका बिरामी बालकहरु धेरै जसको तीन वर्ष मुनिका छन् ।’ जोशीले भने ।

    प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लाका सबै बिद्यालयले जिम्मेवार भएर सुरक्षा मापदण्ड अपनाएको बताए । दुर शिक्षाको प्रयोगबाट पठन पाठन सम्भव नभएका कारण बिद्यार्थिको भौतिक उपस्थितमा रोटेसन मिलाइएर मापदण्ड तयार पारेर पठन पाठन शुरु गरेको उनको भनाई थियो ।

    • कोरोना त्रास
    • बाजुरा
    बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.