• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, असोज ०६, २०८० | Saturday 23rd September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • १६ घण्टा अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • २ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • २ दिन अगाडि

संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा
  • ३ दिन अगाडि

सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !
  • ३ दिन अगाडि

बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा
  • ४ दिन अगाडि

काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री
  • ४ दिन अगाडि

अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने
  • ४ दिन अगाडि

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ
  • ४ दिन अगाडि

मुलुकभर कोरोनाको त्रास, बाजुराका सबै बिद्यालयमा निस्फिक्री पढाई

  •  संवाददाता
  • बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बाजुरा जिल्लाका नौ ओटै स्थानिय तहमा रहेका बिद्यालयमा शिक्षक विद्यार्थीको भौतिक उपस्थितीमै पठन पाठन सञ्चालन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सबै बिद्यालयमा कोरोना संक्रमणबाट बच्न सुरक्षा समाग्रीको अनिवार्य प्रयोग गर्दै भौतिक उपस्थितीमै पठन–पाठन शुरु गरिएको हो ।

    जिल्लामा रहेका ५८ माध्यामिक, एक सय ८६ आधारभुत र दुई सय २३ वटा बालबिकास केन्द्रहरुमा पठन पाठन शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले बाजुरा जिल्लामा कोरोना संक्रमणका समयमा बिद्यालय संचालन सम्बन्धि मापदण्ड तयार पारेर बिद्यालय संचालन गरेको हो ।
    ‘बिद्यालयमा आएर पढ्न पाउँदा सारै खुशी लागेका छ । घरमै बसेर पढ्दा नजानको कुरा कसलाई सोध्ने कसलाई सोध्ने भन्ने हुन्थ्यो स्कुलमै आएर पढ्दा धेरै सहज भएको ।’ बडिमालिका माद्यामीक बिद्यालयकी छात्रा छात्रा पूजा कुमारी बिक भन्छिन् ‘ हामी स्कुल आउँदा मास्क अनिवार्य लगाउँछौं, स्कुलको गेटबाट भित्र पस्दा जरो जाँच हसन्छ साबुन पानीले हात धुन्छौं र सेनीटाईजर हातमा लगाएर मात्र भित्र पस्ने गरेका छौं ।’

     

    पूजाको भनाई अनुसार गाउँमा हुँदा फोनै लाग्दैन दुर शिक्षाका उपकरणहरु हुँदैन थे । स्कुल आउँदा धेरै खुशी लागेको बताइन् । ‘शिक्षकले पढाउँदा जति बुझिन्छ घरमा बसेर एक्लै पढ्दा बुझन गा(हो हुन्छ ।’ गौमुल गाउँपालिकाका बिद्यार्थी सुमन बोहराले बताए ।

    ‘जिल्ला प्रसासनले बनाएको मापदण्डामा रहेर हामीले बिध्यालय संचालन गरेका छौँ। कक्षा कोठामा जम्मा २५ जना बिद्यार्थी राख्ने गरेका छौं एक बेन्चमा जम्मा दुईजना मात्र बस्ने गरेका छन् ।’ मालिका माबिका शिक्षक बिष्णु पाण्डेले भने ’स्कुलमा आउँदा देखी जाँने समय सम्म हामीले कोभिडको सुरक्षाका सामाग्रीको नियमति प्रयोग गरेका छौं हामी सुरक्षित छौं र बिद्यार्थिहरु समेत सुरक्षित छन् ।’

    शिक्षक पाण्डेले थपे ‘हाम्रो बिद्यार्थी संख्या धेरै छ । एक दिन एक कक्षाका २५ जना मात्र राख्दा एक जना बिद्यार्थीको हप्तामा तिन दिन मात्र बिद्यालय आउँनु पर्ने हुन्छ । त्यसका लागि घरमा बस्दा सम्म होमवर्क दिन्छौं र फेरी कक्षामा आउँदा उसले नजानेको कुरा सोध्छ ।’

    अहिले जिल्ला भरीका बिद्यालयमा मापदण्ड अनुसार अध्यान अध्यापनको काम सुचारु भएको छ । स्वास्थ्य सुरक्षाका समाग्रीहरु र मापदण्ड पुरा नगरेका बिद्यालयहरुलाई प्रशासनले संचालनमा रोक लगाएका छ । जिल्ला शिक्षा ईकाई प्रमुख सिंहराज डाँगी भन्छन् ‘ बिद्यार्थीको ज्वरो नापिन्छ भने कक्षा कोठामा बस्दा एक कक्षामा २५ जना र ठाउँ हेरेर एक बेन्चमा दुई जना मात्र राखेर पढाउन निर्देशन दिएका छौं । हामीले शिक्षा मन्त्रालय र सबै सरोकारवालाई समन्वय गरी यसको शुरुवात गरेका छौं ।’

    डाँगीको भनाई अनुसार यसरी मापदण्ड पुरा गरेको अवस्थामा पनि कुनै बिद्यालयमा बिद्यार्थीमा बिरामी भएको अवस्थामा तत्काल बिद्यालय बन्द गर्ने गरेका छन् । विद्यार्थी बिरामी भएकै कारण यो हप्ता सदरमुकामको समता बिद्यालय बन्द भएको छ ।’

    जिल्ला अस्पताल बाजुराका प्रमुख डा।प्रकाश जोशीले अस्पतालमा अहिले बालबालिका निमोनिया र रुघाखोकीका बिरामी बढेको बताए । ‘कोरोना नै हो या अरु रोग हो भनेर जाँच्नलाई प्रादेश प्रयोगशालामा पठाएका छौं, अधिकांशमा कोरोना संग मिल्ने लक्षण देखिएको छ ।’ उनले भने । एक जना रिफर गरेको बिरामीलाई कोरोनाको तेस्रो भेरिएन्ट देखिएको छ । ‘अवस्था त्यति सहज त छैन । तर हस्पिटलमा आएका बिरामी बालकहरु धेरै जसको तीन वर्ष मुनिका छन् ।’ जोशीले भने ।

    प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लाका सबै बिद्यालयले जिम्मेवार भएर सुरक्षा मापदण्ड अपनाएको बताए । दुर शिक्षाको प्रयोगबाट पठन पाठन सम्भव नभएका कारण बिद्यार्थिको भौतिक उपस्थितमा रोटेसन मिलाइएर मापदण्ड तयार पारेर पठन पाठन शुरु गरेको उनको भनाई थियो ।

    • कोरोना त्रास
    • बाजुरा
    बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
    युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
    कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • २.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ३.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • ४.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    • ५.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ६.
      बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा

    • ७.
      काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री

    • ८.
      अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने

    • ९.
      आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ

    • १०.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • १.
      धनगढीको जोगबुढा होटेलमा छापा : यौन धन्दामा संलग्न दुई जोडी रङ्गेहात पक्राउ, दुई साहुनी पनि प्रहरीको फन्दामा !

    • २.
      मत्स्य पालनका लागी पोखरी निर्माण

    • ३.
      हरितालिका तिज : रिलायबल धनगढी शाखाको तिज विशेष दर  

    • ४.
      सेती प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर कमर नियुक्त

    • ५.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • ६.
      हरितालिका तीज : आज दर खाने दिन

    • ७.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ८.
      दाहसंस्कार गर्न ५ हजार दिने धनगढी उप-महानगरपालिकाको निर्णय

    • ९.
      एलपिएलको बढ्दो आकर्षण : यसपटक राष्ट्रिय खेलाडीको पनि सहभागिता रहने  

    • १०.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.