• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ २२, २०८० | Monday 5th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • ३ दिन अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • ४ दिन अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • ४ दिन अगाडि

सात बहिनी भगवती !
  • ४ दिन अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • ४ दिन अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • ४ दिन अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ३ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारी !

  •  संवाददाता
  • सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कोरोनाको तेस्रो लहर रोकथामका लागि जिल्लामा पूर्व तयारी थालिएको छ । मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको हो । “सीमा नाका भएर आउने व्यक्तिलाई हेल्थ डेस्कमा लगी जाँच गरेर मात्रै पठाउने गरेका छौँ”, उनले भने, “स्थानीय तह र अन्य सङ्घसंस्थासँगको समन्वयमा एम्बुलेन्सको व्यवस्थासमेत गरिएको छ ।”

    त्रिनगर र गड्डाचौकी सीमा नाकामा एक÷एक हजार अट्ने होल्डिङ सेन्टर केही दिनभित्रै पूरा हुने तयारीमा रहेको उनको भनाइ थियो । “महाकाली अस्पतालमा बालबालिकालाई लक्षित ५० श्यया थप्न लागिएको छ, यो दुई महिनाभित्र तयार हुन्छ”, प्रजिअ पाण्डेयले भने, “अस्पतालमै अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया शुरु भइसकेको छ ।”

    खोप जारी

    जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी छ । स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरका अनुसार हालसम्म यो खोप ३५ प्रतिशतले लगाइसकेका छन् । पहिलो मात्राको खोप एक लाख १२ हजारले लगाएका छन् । “भदौ पहिलो साताभित्रै पहिलो खोपको मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइसक्छौँ”, उनले भने । हालसम्म खोपको दोस्रो मात्रा लगाउने ७४ हजार छन् ।

    ‘जोन्सन एण्ड जोन्सन’ खोप २७ हजार चार सयलाई लगाइएको छ । स्वास्थ्य कार्यालयसँग १० हजार खोप भण्डारण गर्ने क्षमता छ । खोपको दोस्रो मात्रा लगाइसकेपछि बचेको सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक र कर्मचारीलाई लगाउने कार्यालयको योजना छ ।

    सक्रिय बिरामी

    जिल्लामा सक्रिय सङ्क्रमित १२५ छन् । सङ्क्रमण देखिएका मध्ये १२२ होम आइसोलेशन र तीनको आइसोलेशनमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा दैनिक १० देखि १५ जनासम्ममा कोरोना सङ्क्रमण देखिन थालेको छ । वैशाखदेखि हालसम्म जिल्लाका सात हजार ६१ जनाको पिसिआर जाँच गरिएकामा तीन हजार ८४२ मा सङ्क्रमण देखिएको थियो । तीमध्ये तीन हजार ६०६ सङ्क्रमणमुक्त भएका छन् ।

    यसैगरी ३० हजार ३५९ जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई हजार ४६९ को नतिजा पोजेटिभ आएको थियो । कोरोनाको पहिलो र दोस्रो लहरमा गरी हालसम्म आठ हजार २३९ जनामा सङ्क्रमण देखा परेकामा सात हजार ९०८ सङ्क्रमणमुक्त भएका र १८८ को मृत्यु भएको छ ।

    मास्क अभियान
    समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लामा प्रहरी र स्थानीय तहका समन्वयमा कोरोना रोकथामका लागि नेपाल मास्क अभियान सञ्चालन गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा अभियान सञ्चालन भइरहेको छ । कोभिड– १९ सङ्क्रमणबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी तोकिएको स्वास्थ्य मापदण्डको पूर्णपालना नगरी मास्क नलगाई हिँडडुल गर्ने सर्वसाधारण, सवारी चालक, सहचालक र यात्रुलाई सतर्क पार्न थालिएको छ ।

    विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरी र निःशुल्क रुपमा मास्क वितरण अगाडि बढाइएको छ । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने हेतुले अभियान प्रभावकारीरूपमा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सिद्धराज न्यौपानेले बताए ।

    प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार आइतबार मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरी लापरवाही गर्ने व्यापारी र उपभोक्ता गरी ५६ जनालाई कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही गरी सचेत गराइएको थियो । रासस

     

    • कोरोना
    • तेस्रो लहर रोकथाम
    • पूर्वतयारी
    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
    लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
    सात बहिनी भगवती !
    • भर्खरै
    • चर्चित
    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ३.
      डोटीमा वर्षे रोपाइँ !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ६.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ७.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • ८.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ९.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • १०.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • १.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • २.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ३.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ४.
      सात बहिनी भगवती !

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.