• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, चैत ०९, २०७९ | Thursday 23rd March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

कोरोना कहर : सीमा नाका व्यवस्थित गर्न सरोकारवालाहरुको सुझाव

  •  संवाददाता
  • बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कोरोना महामारी सुरु भएदेखि नै सुदूरपश्चिम प्रदेशमा यसको संक्रमणको जोखिम यथावत रहेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नागरिक रोजगारी तथा अन्य कामका लागि भारतका विभिन्न शहर, स्थान जाने गरेका छन् । भारतमा कोरोनाको जोखिम बढ्दै गर्दा नेपालीहरू ठूलो संख्यामा स्वदेश फर्किने गरेको अघिल्लो वर्षदेखिको तथ्यांकले देखाएको छ ।

    कोरोना महामारीको पहिलो र दोस्रो लहरका वेला सिमा नाका व्यवस्थित नगरिएका कारण प्रदेशमा समुदायस्तर मै कोरोना संक्रमण फैलिएको थियो ।

    सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व सहित गौरा चाड, तीज, जात्राहरू तथा दशैं तिहार लगायतका चाड पर्वहरू नजिकिदै गर्दा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किने गर्दछन् ।

    ‘चाडपर्व नजिकिएकाले पनि भारतमा रोजगारीमा रहेका वा अन्य कामका लागि गएका सुदूरपश्चिम प्रदेशका बासिन्दाहरू घर फर्किने क्रम बढेको छ । त्यसैले हामीले सिमानाका व्यवस्थित गर्न सकेनौ भने फेरि पनि कोरोना संक्रमणको जोखिम बढ्न सक्छ’ सशस्त्र प्रहरी बल, कञ्चनपुरका प्रमुख विरेन्द्र ऐरले भने, ‘पहिला पनि हामी चुकेका थियौ । अहिले पनि गम्भीर भएनौ भने कोठाभित्र बनाएका योजना काम लाग्दैनन् ।’

    सुदूरपश्चिम प्रदेशका मुख्य दुई वटा सिमानाका गड्डाचौकी र त्रिनगरबाट यस प्रदेशका नागरिकहरू भारत जाने र फर्किने गर्दछन् । कञ्चनपुरको गड्डाचौकी नाका केही व्यवस्थित भए पनि कैलाली र कञ्चनपुरसंग जोडिएको त्रिनगर नाकामा भने थुपै्र समस्या रहेका छन् ।

    सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर सिमानाका भएर पछिल्लो पा“च दिनको अवधिमा भारतका विभिन्न स्थानबाट नेपालीहरू फर्किने क्रम बढेको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर गड्डाचौकी र कैलाली त्रिनगर सिमानाका भएर गत साउन ३० गतेदेखि भारतबाट नेपालीहरूको फर्किने क्रम बृद्धि भएको तथ्यांकले देखाएको छ । गत साउन २९ गते गड्डाचौकी र त्रिनगर नाका भएर भारतका विभिन्न स्थानबाट सात सय ३४ जना नेपाली स्वदेश फर्किएका थिए भने आठ सय ४६ जना भारततर्फ गएका थिए । त्यसको अर्कोदिनदेखि भने भारत जाने भन्दा फर्किनेहरूको संख्यामा निरन्तर बृद्धि भइरहेको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको अभिलेखमा उल्लेख छ ।

    कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका अनुसार गड्डाचौकी र त्रिनगर नाका भएर साउन ३० गते भारतबाट नौ सय १० जना स्वदेश फर्किएका थिए । सो दिन सात सय २६ जना भारत गएका थिए । सोही दिन दुई सय ४३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ३० गतेदेखि भारतका विभिन्न राज्य, तथा स्थानबाट नेपाल फर्किनेहरूको संख्यामा बृद्धि आएपछि कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरूले जोखिम नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिइरहेका छन् ।

    बुधवार त्रिनगर र गड्डाचौकी सिमानाका भएर भारतबाट नौ सय ११ जना नेपाली स्वदेश फर्किएका छन् । बुधबार नै ती दुई नाका भएर सात सय ४६ जना भारत गएका छन् । बुधबार त्रिनगर र गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेकामध्ये छ सय २२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा पा“च जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सुरक्षा अधिकारीहरूले त्रिनगर नाकामा एकिकृत टोली गठन गरि महामारी नियन्त्रण तथा व्यवस्थापनमा जुटनुपर्ने सुझाव दिइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख ९प्रहरी उपरीक्षक० विश्व अधिकारीले सबै नागरिकको एन्टिजेन परीक्षण गर्ने, संक्रमित पुष्टि भएकालाई आइसोलेसनमा राख्ने लगायतको व्यवस्थापन गर्न एकिकृत टोली बनाउनु पर्ने बताए । ‘सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधी सबै आ–आफ्नै तरिकाले नाका व्यवस्थापनमा लागेकाले दुई पटक प्रदेशमा कोरोना महामारी फैलियो’ उनले भने, ‘अब सबैले एकै सोचका साथ समुदाय स्तरमा महामारी फैलन नदिन काम गरौं ।’
    प्रहरी उपरीक्षक अधिकारीले कैलालीको मोहना पुलपारि विद्युतीय रिक्सा, टेम्पो, नगरबस लगायतलाई सवारी साधन जानबाट रोक्नु उचित हुने बताए । ‘सिमानाकामै सवारी साधनहरूको चाप हुन्छ । भारतबाट प्रवेश गरेका व्यक्तिहरू तिनै सवारी साधन प्रयोग गरि आ–आफनो क्षेत्रमा गइरहेका छन्’ उनले भने, ‘मोहना पुलवारि नै सवारी साधन पार्किङको व्यवस्थापन गरौं । पुनर्वास क्षेत्रका सवारी साधनलाई नाका नजिक आउन नदिऊ ।’
    उनले सिमानाकामा शुद्ध खानेपानी, शौचालय, सुरक्षाकर्मीका लागि सुरक्षित बसोबास लगायतको व्यवस्थापन गर्न पनि सुझाव दिए ।

    पुनर्बास नगरपालिका प्रमुख जीवन थापाले भारतबाट नेपाल फर्किने हरेक नेपाली नागरिकको एन्टिजेन परीक्षण गरिनुपर्ने बताए । उनले भने, ‘अहिले भारतबाट फर्किनेहरूको संख्या थोरै छ । चाडपर्वको समयमा यो संख्या निकै बढ्ने भएकाले कोरोना परीक्षण गर्नका लागि डेस्कहरू थप्नुपर्छ ।’

    नगर प्रमुख थापाले सिमानाकामा एउटा मात्र परीक्षण केन्द्र हु“दा सबैलाई परीक्षण गर्न पनि समस्या हुने बताए ।
    धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सिमानाकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको जनशक्ति थप गर्नुपर्ने बताए । उनले भने, ‘अहिले भारतबाट फर्किनेहरूकोे संख्या बढ्दै गएको छ । तर, सुरक्षा र स्वास्थ्यकर्मीहरूको संख्या निकै कम छ । त्यसैले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूको संख्या थप गर्नुपर्छ ।’

    नगर प्रमुख वडले सिमा नाकामा एम्बुलेन्सको पनि व्यवस्था गर्नुपर्ने बताए ।

    फेरी सञ्चालन गरिदै आइसोलेसन

    कोरोना महामारीको दोस्रो लहरमा संक्रमण दर कम हु“दै गएपछि कैलाली, कञ्चनपुर लगायतका अधिकांस जिल्लामा सञ्चालनमा रहेका आइसोलेसन बन्द भए । नाकामा आउने भन्दा जाने बढेपछि परीक्षण पनि न्यून रहेको थियो ।

    सिमानाकामा परीक्षणमा संक्रमित भेटिए आइसोलेसनमा राख्ने र कोरोना परीक्षण पछि १० देखि १५ दिन बसाइन्थ्यो । कैलाली र कञ्चनपुरसंग जोडिएको त्रिनगर नाकाबाट प्रवेश गरेका व्यक्तिलाई धनगढी उपमहानगरपालिका कनरीमा रहेको

    आइसोलेसनमा राखिने गरेको थियो । अहिले सो आइसोलेसन बन्द छ । आइसोलेसन नभएपछि नाकामा एन्टिजेन परीक्षण पनि कम गरिन्थ्यो । नाकामा खटिएका एक स्वास्थ्यकर्मीले भने, ‘आइसोलेसन छैन । कसैलाई एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भए कहा“ लग्ने भनेर एन्टिजेन परीक्षण गरिदैन ।’

    सो आइसोलेसन स्वास्थ्य कार्यालय कैलालीले व्यवस्थापन गरिरहेको थियो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बुधवार मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले आइसोलेसन सञ्चालन गर्न भनि पत्र पठाएको बताए । उनले भने, ‘बुधवार पत्र आएको छ । सोही अनुसार विहिवारदेखि सञ्चालन हुन्छ ।’ उनले स्वास्थ्य कार्यालयले सोही स्थानमा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिने बताए ।

    कञ्चनपुर स्वास्थ्य कार्यालय प्रमुख शिवराज सुनारले कार्यालयले आइसिएच कलेजको भवनमा आइसोलेसन सञ्चालन गरेको बताए । उनले भने, ‘नाकामा संक्रमण पुष्टि देखिएका व्यक्तिहरूलाई सो कलेजको आइसोलेसनमा राखिरहेका छौं ।’

    मन्त्री खड्का भन्छन् – सबैलाई आइसोलेसनमा राख्ने व्यवस्था गर्छौ

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरूलाई आइसोलेसनमै राखिने बताए ।

    ‘विगतमा कोरोना संक्रमण पुष्टि भएकालाई होम आइसोलेसनमै राख्दा समुदाय स्तरमा कोरोना फैलियो’ मन्त्री खड्काले भने, ‘अब त्यो गल्ती कसैले दोहोर्याउनु हु“दैन । होम आइसोलेसनमै राख्नुपरेमा सम्पूर्ण प्रक्रिया पुरा गरेरमात्र पठाउनुपर्छ ।’
    मन्त्री खड्काले कोरोनाको सम्भाव्य तेस्रो भेरियन्टलाई सिमानाकामै नियन्त्रण तथा व्यवस्थापन गरिने बताए । उनले भने, ‘स्वदेश फर्कने सबैको एन्टिजेन परीक्षण गरिने छ । किटको अभाव हुन दिदैनौं । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूले सहयोग गर्नुपर्छ ।’ उनले अहिले पनि धनगढी उपमहानगरपालिका र पुनर्वास नगरपालिकाका २० हजार एन्टिजेन किट नाकामै परीक्षण गर्न भनी उपलब्ध गराइएको बताए ।

    मन्त्री खड्काले मन्त्रालयले अस्पतालहरूमा शैय्या, आइसियू तथा भेन्टिलेटर थप गरिरहेको बताए । उनले भने, ‘गेटा मेडिकल कलेजमा कोभिड उपचार केन्द्र सञ्चालनमा आइसकेको छ । त्रिनगर र गड्डाचौकीबाट प्रवेश गर्नेका लागि दुई स्थानमा होल्डिङ सेन्टर निर्माण भइरहेका छन् ।’

     

    • कोरोना कहर
    • सीमा नाका व्यवस्थित
    बिहिबार, भदौ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.