• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, जेठ २७, २०८० | Saturday 10th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
  • २ दिन अगाडि

गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
  • २ दिन अगाडि

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • १ हप्ता अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • १ हप्ता अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • १ हप्ता अगाडि

सात बहिनी भगवती !
  • १ हप्ता अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • १ हप्ता अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • १ हप्ता अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ४ हप्ता अगाडि

सुदूरपश्चिममा कोरोनाको जोखिम बढ्दो

  •  संवाददाता
  • शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पछिल्लो समय सुदूरपश्चिम प्रदेशका दुई सीमा नाका हुँदै भारतका विभिन्न स्थानबाट नेपालीहरू फर्किने क्रम बढेको छ ।भारतका विभिन्न स्थानबाट कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डा चौकी सीमा नाका हुँदै भारतबाट नेपालीहरु फर्किन थालेका हुन् ।

    कोरोना महामारी सुरु भएदेखि नै सुदूरपश्चिम प्रदेशमा संक्रमणको जोखिम यथावत छ । यी नाका हुँदै नेपालीहरु निर्वाध आउजाउ गर्नाले कोरोनाको संक्रमण दर नियन्त्रणमा चुनौती कायम रहने सशस्त्र प्रहरी बल, कञ्चनपुरका प्रमुख विरेन्द्र ऐरले रातोपाटीलाई जानकारी दिए । सीमा नाका व्यवस्थित र चेकजाँचलाई कडा नतुल्याएसम्म कोरोनाको जोखिम कायम रहने उनको भनाइ छ ।

    कैलालीको त्रिनगर भन्सार नाका र कंचनपुरको गड्डा चौकी नाकाको तथ्याङ्क अनुसार यी दुवै नाकाबाट साउन २९ गते कुल ७३४ जना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएका छन् भने ८४६ जना भारततर्फ गएका छन् ।

    यस्तै, साउन ३० गते ९१० जना भारतबाट नेपाल फर्केका छन् भने ७२६ जना भारततर्फ गएका छन् । ३१ गते एक हजार १६९ जना भारतबाट नेपाल आएका छन् भने ५९४ जना भारततर्फ गएका छन् । साउन ३२ को तथ्याङ्क उपलब्ध हुन सकेन भने भदौ १ गते ८६९ जना नेपाल आएको तथा ७०० जना भारततर्फ गएको देखिन्छ ।

    यस्तै, २ गते ९११ जना नेपाल फर्केका छन् भने ७४६ जना भारततर्फ गएका छन् । ३ गते भने ४४३ जना नेपाल आएका तथा ६४६ जना भारततर्फ प्रस्थान गरेको तथ्याङ्क छ ।

    भारतबाट उल्लेख्य संख्यामा नेपालीहरु फर्कने क्रम जारी रहेसँगै कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरूले जोखिम नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

    भारतका विभिन्न राज्यमा अझै कोरोनाको जोखिम उच्च रहेका कारण भारतबाट आउने नेपालीहरुमार्फत नेपालमा संक्रमण दर जोखिमपूर्ण अवस्थामा पुग्न सक्ने उनीहरुको भनाइ छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरका बेला सीमा नाका व्यवस्थित नगरिएका कारण प्रदेशमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको थियो ।

    सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नागरिक रोजगारी तथा अन्य कामका लागि भारतका विभिन्न सहर जाने गरेका छन् । सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व सहित गौरा चाड, तीज, जात्राहरू तथा दशैं–तिहार लगायतका चाडपर्व नजिकिँदै गर्दा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किने क्रम बढ्ने गर्दछ ।

    चडपर्व नजिकिएकाले पनि भारतमा रोजगारीमा रहेका वा अन्य कामका लागि गएका सुदूरपश्चिम प्रदेशका बासिन्दाहरू घर फर्किने क्रम बढेको छ । कञ्चनपुरको गड्डाचौकी नाका केही व्यवस्थित भए पनि कैलाली र कञ्चनपुरसँग जोडिएको त्रिनगर नाकामा भने थुप्रै समस्या छन् ।

    सुरक्षा अधिकारीहरूले त्रिनगर नाकामा एकीकृत टोली गठन गरी महामारी नियन्त्रण तथा व्यवस्थापनमा जुट्नुपर्ने सुझाव दिइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख ९प्रहरी उपरीक्षक० विश्व अधिकारीले सबै नागरिकको एन्टिजेन परीक्षण गर्ने, संक्रमित पुष्टि भएकालाई आइसोलेसनमा राख्ने लगायतको व्यवस्थापन गर्न एकीकृत टोली बनाउनुपर्ने बताए ।

    ‘सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधि सबै आ–आफ्नै तरिकाले नाका व्यवस्थापनमा लागेकाले दुई पटक प्रदेशमा कोरोना महामारी फैलियो,’ उनले भने, ‘अब सबैले एकै सोचका साथ समुदायस्तरमा महामारी फैलन नदिन काम गरौं ।’

    प्रहरी उपरीक्षक अधिकारीले कैलालीको मोहना पुलपारी विद्युतीय रिक्सा, टेम्पो, नगरबस लगायतका सवारी साधन जानबाट रोक्नु उचित हुने बताए । ‘सीमा नाकामै सवारी साधनहरूको चाप हुन्छ, भारतबाट प्रवेश गरेका व्यक्तिहरू तिनै सवारी साधन प्रयोग गरी आ–आफनो क्षेत्रमा गइरहेका छन्,’ उनले भने, ‘मोहना पुलवारी नै सवारी साधन पार्किङको व्यवस्थापन गरौं ।’

    • कोरोना जोखिम
    • सुदूरपश्चिम
    शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
    गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
    मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
    • भर्खरै
    • चर्चित
    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    • ३.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • ४.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      सात बहिनी भगवती !

    • ७.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ८.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ९.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • १०.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.