• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, माघ २५, २०७९ | Wednesday 8th February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ६ दिन अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • १ हप्ता अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • १ हप्ता अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • २ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • २ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • २ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • ३ हप्ता अगाडि

अस्मिता हत्याकाण्ड : प्रहरीले १५ दिनमै हत्यारा सार्वजनिक गर्छौ भनेपछि तत्काल आन्दोलन नगर्ने पक्षमा आफन्त

  •  संवाददाता
  • शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    डडेल्धुरा परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको हत्या भएको दुई महिना बढी समय बितिसकेको छ। हत्यारा भने पत्ता लाग्न सकेको छैन।

    सोही वडामा रहेको जमरानी स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीको रूपमा कार्यरत उनको कोरोना खोप पुर्‍याउन जोगबुढा जाने क्रममा बाटोमा हत्या भएको थियो।

    गत असार २ गते कोरोना खोप पुर्‍याउन हिँडेकी अस्मिता तीन दिनपछि ५ गते हट्वानी सामुदायिक वनमा विभत्स रूपमा हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन्।

    उनको पोष्टमार्टमापछि पनि हत्या भएको रिपोर्टले पुष्टि गरेको थियो।

    घटनापछि जिल्ला, संघीय प्रहरी इकाई कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ९आरआइटी० का विज्ञ टोली घटनास्थलमा पुगेका थिए।

    उनीहरूले १५ देखि २० दिनसम्म घटनास्थलको अनुगमन र घटनाको अनुसन्धान गरे।

    घटनाको सुरूमा प्राथमिकताका साथ प्रहरीले अनुसन्धानको पाटोलाई अगाडि बढाए पनि अहिलेसम्म हत्याराको अत्तोपत्तो लाग्न नसक्दा अस्मिताका आफन्त भने यतिबेला डर र आक्रोशमा छन्।

    अस्मितालाई न्याय देऊ, हत्यारालाई सार्वजनिक गर, भन्दै उनीहरूले भदौ १ देखि बिहीबार नाराबाजीसहित आन्दोलन गर्दै प्रशासन अगाडि कालोपट्टि बाँधेर धर्नामा बसेका थिए।

    ‘अस्मिताको केस निर्मला पन्तको जस्तो नहोस् भनेर हत्यारा सार्वजनिक गर्न दबाब दिइरहेका छौं,’ अस्मिताका कान्छा ससुरा नरबहादुर धामीले भने।

    उनले प्रहरीले सुरूमा प्राथमिकता दिएर अनुसन्धान गरे पनि दुई महिना समय बित्दा हत्यारा सार्वजनिक नगरेपछि कतै न्याय नपाइने हो कि रु भन्ने आशंका मान्नु परेको बताए।

    ‘न्याय नपाइने हो कि रु भन्ने आशंकाले हामीले हिजो अस्ति हत्यारा छिटो सार्वजनिक गर्न दबाबस्वरूप धर्ना कार्यक्रम गरेका थियौं, हामी डराएका छौं, अब घटनालाई नलम्ब्याओस् भन्ने हाम्रो चाहना हो’, उनले भने।

    उनले अस्मिताको न्यायका लागि पहिलो चरणको आन्दोलन गरेपछि दोस्रो चरणको आन्दोलनको मिति भने सारिएको बताए।

    यसअघि अस्मिताको न्यायका लागि उनका आफन्त भदौ १ देखि ३ गतेसम्म प्रशासनमा कालोपट्टि बाँधेर धर्ना कार्यक्रममा बसेका थिए।

    ४ गते शान्तिपूर्ण तरिकाले ऱ्याली निकाल्ने ५ गते परशुराम नगरपालिकाका सम्पूर्ण कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम तय भएको थियो।

    प्रहरी प्रशासनले १० देखि १५ दिनपछि ल्याबको रिपोर्ट आएपछि हत्यारा सार्वजनिक गर्नेछु भनेपछि थप आन्दोलनका कार्यक्रम मिति सारिएको बताए।

    ‘प्रहरीले १५ दिनमै हत्यारा सार्वजनिक गर्छौं, भनेपछि अहिले तत्काल आन्दोलन नगर्ने पक्षमा छौं, यदि १५ दिनभित्र हत्यारा सार्वजनिक गरेन भने, फेरि दबाब स्वरूप अस्मिताको न्यायको लागि आवाज उठाउने छौं, उनले भने।

    जमरानी स्वास्थ्य चौकीका इन्चार्ज रमेश बोहराले सहकर्मीको हत्यारालाई प्रहरीले छिटो सार्वजनिक गर्न आफूहरूले पनि दबाब दिइरहेको बताए।

    उनले अस्मिताका ठाउँमा उनका श्रीमान अमरले स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको काम गरिरहेको बताए।

    आफन्तको मागअनुसार नगरपालिकाले अस्मिताको ठाउँ उनका श्रीमानलाई जागिरमा राखिएको उनले बताए।

    ‘नियुक्ति दिएको ७ दिन भयो, उनी काममा आउन थालेको चाहिँ २० दिन जति भयो’ उनले भने।

    अस्मिताका पाँच वर्षीय र साढे २ वर्षकी दुई छोरी छन् घटनापछि परिवार शोकमा डुबेको छ। छोरीहरूलाई पालनपोषण आमाको कमी भइरहेको छ।

    उनका श्रीमान् अमरलाई अस्मितालाई गुमाउन परेको पीडा एकातिर छ, अर्कोतिर उनले अहिलेसम्म न्याय नपाएकोमा छ।

    ‘उनको ठाउँमा काम गरिरहेको छु, मनले उनले न्याय छिटो पाओस् भन्ने भन्छ, न्याय पाए अलि मन शान्त हुन्थ्यो, घरमा रहेका छोरीहरूलाई मैले सम्हाल्न गाह्रो भएको छ’, उनले भावुक हुँदै भने।

    अस्मिताले स्वास्थ्य चौकीमा काम गर्न थालेको करिब ३ वर्ष पुग्नै लागेको थियो। उनका श्रीमान अमर भने ७ वर्षदेखि भारतको बैंगलुरूमा काम गर्दै आएका थिए। कोरोनापछि भने उनी घर फर्केका थिए।

    काम गर्नेक्रममा अस्मिताले प्राण त्याग्नु परेकाले उनी कार्यरत सो आधारभुत स्वास्थ्य केन्द्र उनकै नामबाट नामाकरण गर्नुपर्ने आफन्तको माग छ।

    साथै, आमाको माया सधैंका लागि गुमाएपछि उनका छोरीहरूको शिक्षाको ग्यारेन्टी राज्यले लिनुपर्ने पनि परिवारको माग छ।
    सबभन्दा महत्वपुर्ण माग अस्मितालाई छिटो न्याय दिलाउन पर्ने माग आफन्तको हो।

    यस विषयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले ल्याब रिपोर्ट कुरिरहेको बताए।

    ‘हामीहरू अनुसन्धानको क्रममा छौं, अहिले ल्याबको रिपोर्टलाई पनि कुरिएका छौं’ उनले भने ‘ज्यानसम्बन्धी मुद्दाको २० वर्ष अनुसन्धानको समय हुन्छ। काम गर्दै जाने हो, घटनाको छिट्टै पनि अनुसन्धान पूरा हुन्छ, २० वर्ष पनि लाग्न सक्छ समय आएपछि हामीहरू हत्यारालाई सार्वजनिक गर्छौं।’

    • अस्मिता हत्याकाण्ड
    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.