• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

भीम रावल पथ कुर्दै सुदूरपश्चिम एमाले

  •  संवाददाता
  • आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेकपा एमाले छाडेर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि सुदूरपश्चिममा उनी निकटका नेता अलमलमा परेका छन् । केन्द्रमा माधव नेपाललाई साथ दिँदै आएका भीम रावल तटस्थ बसेपछि सुदूरपश्चिममा त्यसको प्रभाव देखिएको हो ।

    सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित २५ सांसदमध्ये सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए । तर उनले छुट्टै पार्टी गठन गर्दा जम्मा ३ जनाले साथ दिएका छन् । प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र पूर्वपर्यटन मन्त्री माया भट्ट माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

    जोशी र भट्ट केन्द्रीय समतिमै छन् भने सोडारी पनि नेता नेपाललाई साथ दिने बताउँछन् । तर माधव पक्षका अरु सांसद अहिले अलमलमा छन् ।

    माधव नेपाल निकट प्रदेशसभा सदस्य अमरबहादुर साउद आफूहरु पार्टी एकताको पक्षमा रहेको बताउँछन् । ‘अहिले क्लियर केही पनि भएको छैन । पहिलो प्राथमिकता हामी १८ जना नै पार्टी एकताकै पक्षमा हो,’ उनी भन्छन्, ‘यदि त्यो सम्भव भएन भने निकट भविष्यमा थाहा हुँदै जानेछ । अहिले को कता रु भन्न सक्ने अवस्था छैन ।’

    सुदूरपश्चिम प्रदेशमा एमालेभित्र आफ्नो बलियो पकड बनाएका भीम रावल तटस्थ बसेकै कारण यहाँका सांसदहरु पनि अलमलमै रहेका छन् । तत्कालिन नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका रावलको पक्षमा त्यहाँका धेरै नेता–कार्यकर्ता छन् ।
    प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले नयाँ दल दर्ता प्रक्रिया नै पूरा नभएका कारण सोचविचार गरेर मात्र निर्णय लिने बताइन् । ‘माधव कमरेडले दर्ता गर्न खोज्नुभएको नयाँ पार्टी दर्ताको प्रक्रिया सकिएपछि निर्णय लिन्छौँ । हामीलाई २१ दिनको समय दिइएकाले सोच विचार गरेर मात्र अघि बढ्छौँ,’ उनले  भनिन् ।

    सरकारले भदौ २ गते जारी गरेको दलविभाजनसम्बन्धी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था राखिएको छ । त्यसैले धेरै सांसद अहिले पर्ख र हेरको अवस्थामा छन् ।

    प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले भने एमाले वा एकीकृत समाजवादी पार्टी रोज्नुपर्ने अवस्थामा माधव नेपाललाई नै साथ दिने संकेत गरेका छन् । पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतासँग छलफल तथा परामर्श गरिरहेको बताउँदै उनले आफूहरु विवेक प्रयोग गर्ने बताउँछन् ।

    एमालेका तत्कालीन प्रमुख सचेतक समेत रहेका प्रदेशसभा सदस्य तारा लामा तामाङ भीम रावल निकट नेता मानिन्छन् । तपाई एकीकृत समाजवादी पार्टीमा कि नेता भीम रावलको पक्षमा रु भन्ने जिज्ञासामा उनी आफू अहिलेसम्म एमालेमै रहेको जवाफ दिन्छन् ।

    ‘कमरेड भीम रावल पार्टी एकताको पक्षमा छन् । यसको मतलब उनले माधव कमरेडलाई छोडेर केपी कहाँ जाने भन्ने होइन । अहिलेसम्म एमाले नै हौं,’ तामाङ भन्छन्, ‘अझै पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्छ भन्ने कुरा हो । ओलीले बहुमतको आडमा निर्णय गर्न थाले त्यसपछि सोच्ने कुरा भयो ।’

    भीम रावलको प्रभाव

    सुदूरपश्चिम प्रदेशमा एमालेभित्र आफ्नो बलियो पकड बनाएका भीम रावल तटस्थ बसेकै कारण यहाँका सांसदहरु पनि अलमलमै रहेका छन् । तत्कालिन नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका रावलको पक्षमा त्यहाँका धेरै नेता–कार्यकर्ता छन् ।

    माधव नेपाल पक्षका १७ सांसदले पार्टीको निर्देशन विपरीत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए । त्यतिखेरको परस्थितिमा उनीहरुलाई नेता रावलले साथ दिएका थिए । तर अहिले माधव नेपालले नयाँ पार्टी गठन गर्दा रावल नै नेता नेपालसँग छैनन् । भावी दिनमा पनि रावल एमालेमै रहन्छन् वा नेपाललाई साथ दिन्छन् भन्ने टुंगो छैन । त्यसैले धेरै सांसद रावलको बाटो हेरेर बसेको नेताहरु बताउँछन् ।

    भीम रावल निकट नेतृ माया भट्ट एकीकृत समाजवादी पार्टीमा जानुलाई अर्थपूर्ण मानिएको छ । तर सबै नेता भीम रावलको बाटो हेरेर बस्न नसक्ने माधव नेपाल निकट एक नेता बताउँछन् ।

    ‘भीम रावल एमालेमै हुँदा कुनै न कुनै दल रोज्नैपर्ने अवस्था आउँछ, त्यस्तो हुँदा विगतमा नेता नेपाललाई साथ दिदै आएका १८ जना माननीयमध्ये ९ जना एकीकृत समाजवादी पार्टीमा जान सक्छन्,’ स्रोत भन्छ, ‘अन्य ९ जना नेता रावलसँगै एमालेमा बस्छन् भन्ने हाम्रो विश्लेषण छ ।’

    एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष पनि नेता भीम रावलको कदमपछि मात्र पार्टीमा के–कति सांसद रहन्छन् भन्ने कुरा यकिन गर्न सकिने बताउँछन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नेता रावल कतातिर लाग्छन् भन्ने स्पष्ट भएकाले अहिले नै कुन पक्षमा कति सांसद रहन्छन् भन्ने आँकलन गर्न नसकिने बताउँछन् ।

    ‘कमरेड भीम रावलको क्लियर स्टेटमेन्ट आएको छैन । अहिलेसम्म आधिकारिक रुपमा दुई जना मात्र एकीकृत समाजवादी पार्टीमा गएका देखिन्छन्,’ थापाले भने, ‘तर पार्टी बनाउन ठूलो योगदान गरेका धेरै सांसदहरु एमाले छाड्दैनन् भन्ने हाम्रो बुझाइ छ ।’

    • भीम रावल
    • सुदूरपश्चिम एमाले
    आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.