• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • ३ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ३ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ३ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

टिकापुर घटनाको ६ वर्ष : थरुहटले आन्दोलन गरिरहने !

  •  संवाददाता
  • सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    थरुहट थारुवान् राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले टिकापुर घटनाको ६ वर्षसम्म पनि न्याय नपाएको बताएका छन्। उनले अहिले पनि आफूहरू आन्दोलनमै रहेको बताए। सरकारसँग पटक पटक भएका वार्तामा थरुहटको माग सम्बोधन हुन नसकेको उनको भनाई छ। ‘संविधान बन्दा हाम्रा एजेन्डा र माग सम्बोधन हुन सकेन,’उनले भने,‘अहिले पनि हामी आन्दोलनमा छौँ,न्याय नमिलेसम्म आन्दोलन जारी रहन्छ।’

    ०७२ सालमा जारी भएको संविधान कपटपूर्ण रहेको थरुहट थारुवान् मोर्चाले आरोप लगाएको छ। ‘संविधानका कुन धारा कसरी व्याख्या गर्नुपर्छ र संशोधन गर्नुपर्छ भनेर जनतालाई प्रशिक्षित गरिरहेका छौँ,’चौधरीले भने,‘हाम्रो आन्दोलनको सुरुवात र अन्त्य शान्तिपूर्ण नै हुन्छ। हाम्रो आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउँछौँ।’

    घटनाको ६ वर्ष पुग्दा भदौ ७ र ८ गतेलाई कालो दिनको रूपमा मनाउँदै आएको मोर्चाले लम्कीको भल्का चोकदेखि बलिया चोकसम्म विरोध प्रदर्शन समेत गरेको छ।

    टीकापुर मुद्दा खारेज गर्नुपर्ने, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित निलम्बित सांसदसहित बन्दीलाई विना सर्त रिहा गर्नुपर्ने, राज्यका हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नुपर्ने माग मोर्चाले राखेको छ।

    कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतमा माग राख्दै उनीहरूले प्रदर्शन गरे। मोर्चाका नेताहरूले अधिकारको लडाइँ जारी राख्ने बताए।

    यस्तो थियो टिकापुर घटना

    ०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप पछिको हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालक सहित ८ जनाको हत्या भएको थियो।

    घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द, सशस्त्र प्रहरी हवलदार रामबिहारी थारु र सहायक हवलदार ललित साउद, घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोली लागेर मृत्यु भएको थियो।

    प्रदर्शनकारीहरूले खुर्पा, भाला, बन्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरी ८ जनाको हत्या गरेका थिए।

    त्यसको भोलिपल्ट भदौ ८ गते कफुर्य आदेश जारी गरिएको अवस्थामा थारु समुदायका ८० भन्दा बढी घर, पसल, एफएमलगायत संरचनामाथि आगजनी गरिएको थियो।

    त्यस लगत्तै टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन भएको थियो। टिकापुर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मीहरू परिचालित तनावग्रस्त क्षेत्र सुरक्षाकर्मीहरूको नियन्त्रणमा राखी घटना भएको एक महिनासम्म कर्फ्यु आदेश जारी गरिएको थियो।

    • टिकापुर घटना
    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.