• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ४ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिमका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्

  •  संवाददाता
  • बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना भाइरसको रोकथाम र सङ्क्रमितको उपचार व्यवस्थापन लगायतको काममा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीले दिनरात नभनी कार्यसम्पादन गरिरहेका छन्।

    सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्दा स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमणको जोखिम पनि बढी हुन्छ। कोरोना जोखिमकाबीच अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित पनि भइरहेका छन् भने यो रोगको सङ्क्रमणकै कारण कतिपय व्यक्तिको मृत्यु भएको छ। काम गर्ने क्रममा सङ्क्रमित भएका उपचार व्यवस्थापनपछि पुनःआफ्नो काममा फर्किइरहेका पनि छन्। यस्ता कर्मचारीको मनोबल उच्च बनाउन सरकारले जोखिम भत्ता उपलब्ध गराइरहेको छ। तर अहिलेसम्म धेरै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन नसकेको गुनासो आउन थालेको छ।

    कैलालीको त्रिनगर सीमा नाकाको ‘हेल्थ डेस्क’मा खटिएका अहेब गणेश साउदले धेरै स्वास्थ्यकर्मीले अहिलेसम्म सरकारले तोकेको जोखिम भत्ता पाउन नसकेको बताए। ‘‘सङ्क्रमणको जोखिम मोलेर काम गर्नेलाई जोखिम भत्ता दिने सरकारको निर्णयले स्वास्थ्यकर्मीमा हौसला बढेको थियो’’ उनले भने,‘‘विभिन्न संघ संस्थावाट खटिएर आफूहरुकै टोलीमा काम गर्ने कतिपय स्वास्थ्यकर्मीले जोखिम भत्ता आपूmले भने पाउन सकेका छैन।’’

    सम्बन्धित निकाय वा कार्यालयले आफ्ना नजिकका र पहुँच पुगेका स्वास्थ्यकर्मीलाई मात्र यस्तो भत्ता दिने गरेको उनको गुनासो छ। उक्त हेल्थ डेस्कमा काम गर्नेमध्ये गएको जेठ महिनामा आठजना स्वास्थ्यकर्मी सङ्क्रमित पनि हुनुपरेको थियो। उनीहरु आइसोलेशनमा बसेर उपचार व्यवस्थापनपछि पुनःकाममा फर्किएका थिए।

    सङ्क्रमण भई १० दिन धनगढीको कनरीस्थित आइसोलेशनमा बस्नुभएका अर्का एकजना स्वास्थ्यकर्मीले भने,‘‘जोखिम भत्ता नपाएर पनि सङ्क्रणको जोखिमकाबीच आफ्नो जिम्मेवारी पूरा गर्न आफूहरु पछि परेका छैनौं।’’ हेल्थ डेस्कमा विभिन्न सङ्घ संस्थाबाट खटिने स्वास्थ्यकर्मीले जोखिम भत्ता पाइरहँदा पुनरर्वास नगरपालिका कार्यालयबाट खटिएका नौजना स्वास्थ्यकर्मीले अहिलेसम्म यस्तो भत्ता नपाएको जनाइएको छ। ‘‘सरकारले मासिक तलबको ५० प्रतिशतका दरले जोखिम भत्ता दिने भन्ने सुनिएको थियो’’, हेल्थ डेस्कका स्वास्थ्यकर्मीले भने,‘‘यस्तो भत्ता नपाए पनि स्वास्थ्य सेवामा खटिनुपर्ने भूमिका निर्वाह गरिरहेका छौं, कामलाई कतव्र्य सम्झेर काम गरिरहेकै छौं।’’

    हेल्थ डेस्कमा भारतबाट भित्रिने नागरिकको एन्टिजेन परीक्षणका अलावा मलेरिया र क्षयरोगको पनि नमूना सङ्कलन गर्ने गरिएको छ। ‘‘नमूना जाँच गर्दा सङ्क्रमित भेटिएमा सम्बन्धित व्यक्तिलाई एम्बुलेन्समार्फत् आइसोलेशन पुर्‍याइन्छ,’’ हेल्थ डेस्कका कर्मचारीले भने,‘‘नतिजा नेगेटिभ आएकालाई भने मास्क उपलब्ध गराई स्वास्थ्यसम्बन्धी परामर्श पनि दिने गरेका छौं ।’’

    सङ्घीय सरकारले कोरोना भाइरसको रोकथामका लागि अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई मासिक पारिश्रमिकको ५० प्रशितका दरले जोखिम भत्ता दिने निर्णय गरेको भए पनि बजेट नपठाउदा चालू वर्षमा यो भत्ता रकम कहाँबाट जुटाएर दिने भन्नेमा अन्योल भएको कञ्चनपुरको पुनरर्वास नगरपालिकाका निमित्त लेखाअधिकृत रामकृष्ण रसाइलीले बताए। ‘‘सङ्घीय सरकारले जोखिम भत्ता दिने निर्णय गर्‍यो, तर सशर्त अनुदानमार्फत् पठाउनुपर्ने पैँसा पठाएन,’’ रसाइलीले भने,‘‘पालिकाको आफ्नो स्रोत पनि नहुँदा जोखिम भत्ता कहाँबाट जुटाएर दिने भन्ने अन्योल भएको छ।’’

    आर्थिक वर्ष २०७७र७८ मा अग्रपङ्क्तिमा खटिने २०र२२ स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराइएको उनले बताए। सङ्क्रमण भएका र शङ्कास्पद सङ्क्रमित व्यक्तिलाई गन्तव्यमा पु¥याउने कामको खटपटन र सुरक्षाको व्यवस्थापन लगायतको काममा खटिने सुरक्षाकर्मीले पनि जोखिम भत्ता रकम पाउन सकेका छैनन्।

    स्थानीय पालिकामा खटिने कतिपय प्रहरीले जोखिम भत्ता पाएको सुनिए पनि धेरै सुरक्षाकर्मीले यस्तो भत्ताबिना नै काम गर्नु परेको एक प्रहरीले गुनासो गरे। उनले भने, ‘‘भारतबाट भित्रिएका शङ्कास्पद सङ्क्रमित नागरिकलाई गन्तव्य पुर्‍याउने काममा सङ्क्रमणको जोखिमकाबीच खटिनु पर्यो, कतिपय प्रहरी पनि सङ्क्रमित हुनुप¥र्यो, तर पाउने भनिएको जोखिम भत्ता अहिलेसम्म पाएका छैनौं।’’

    प्रहरीको पहलमा कोरोना रोकथामको लागि कैलालीसहितका जिल्लामा ‘तपाईको मास्क खोई’रु अभियान सञ्चालन भइरहेको छ। तर धेरैै सर्वसाधारणबाट मास्कको प्रयोग गर्न बेवास्ता भइरहँदा यो अभियान कार्यान्वयन गर्न चुनौती देखिएको छ।

    ‘‘नाक मुख छोपिने गरी लगाउनुपर्ने मास्क चिउँडोमा लगाउने, गोजीमा राखेर हिँड्ने प्रवृत्ति देखिँदा समस्या भयो’’,त्रिनगर प्रहरीचौकी कैलालीका प्रमुख प्रसनि रमेश शाहीले भने,‘‘मास्क प्रयोग नगरी हिँड्नेलाई मास्क प्रयोग गर्न पटकपटक सम्झाइबुझाइ गर्दा पनि विभिन्न बहाना बनाउने स्वभाव देखिँदा चुनौती देखिएको छ।’’

    सुदूरपश्चिम प्रदेशमा गएको वैशाख र जेठ महिना कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर उच्च थियो। असार महिना शुरु भएसँगै सङक्रमण केही घटेको छ। तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्डपालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमणको जोखिम यथावत् रहेको स्वास्थ्यकर्मीको भनाई छ। यो रोगको रोकथामका लागि कैलालीसहितका जिल्लामा जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्डपालना नहुँदा सङ्क्रमण जोखिम यथावत् रहेको हो।

    • जोखिम भत्ता
    • सुदूरपश्चिम
    • स्वास्थ्यकर्मी
    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.