• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, माघ २७, २०८२ | Monday 9th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • १७ घण्टा अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ३ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ३ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ३ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

Advertisement

मुख्यमन्त्रीका आकांक्षीहरूले काठमाडौंमा डेरा जमाए !

  •  संवाददाता
  • बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तनका लागि दौडधुप सुरु भएको छ। नेकपा एमाले छोडेर माधव कुमार नेपालले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरे लगत्तै सुदूरपश्चिम सरकार परिवर्तनका लागि दौडधुप सुरु भएको हो।

    सुदूरपश्चिमको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टले गरिरहेका छन्। माओवादी केन्द्र मुख्यमन्त्री छोड्ने पक्षमा छैन। तर, नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट मुख्यमन्त्रीमा दाबी गर्ने नेताहरू नयाँ समीकरणबारे छलफल गर्न सङ्घीय राजधानी काठमाडौँमा छन्।

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित एमालेका २५ सांसद छन्। यसअघि माधव समूह एमालेमै रहँदा १७ सांसद उनको पक्षमा थिए भने ७ जना केपी ओली समूहमा थिए। एमालेकै सांसद सभामुख छन्। अहिले भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र पूर्व मन्त्री माया भट्ट माधव नेपालले दर्ता गरेको पार्टीमा लागेका छन्।

    मन्त्री सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी समेत गरेका छन्। अहिले नखुले पनि आफूसँग आधा दर्जन सांसद रहेको उनी बताउँछन्। ‘नेकपा एकीकृत समाजवाद पार्टी नयाँ भएकाले अहिले यो पार्टीलाई सबै भन्दा बढी चुनौती छ,’ एक जना प्रदेश सभा सदस्यले भने,‘यदि यो पार्टीले मुख्यमन्त्री पायो भने अन्य सांसदहरूलाई पनि सजिलै पार्टीमा ल्याउन सकिन्छ,पार्टीको गरीमा पनि बढ्छ,त्यसैले यो पार्टीले मुख्यमन्त्री पाउनै पर्छ।’

    एमाले फुटेर नेपालले नयाँ दल दर्ता गरेसँगै सोडारीलगायत केही नेता काठमाडौँमा छन्। उनीहरूले मुख्यमन्त्रीका लागि सहमति गर्न माधव नेपाललाई दबाब दिइरहेका छन्।

    ‘हामीले सोडारीलाई नै मुख्यमन्त्री बनाउने गरी दबाब दिइरहेका छौँ,’सोडारी निकट मानिएका एक सांसदले भने,‘हाम्रा नेता माधव नेपालले पनि यस विषयमा छलफल चलाइसक्नुभएको छ,चाँडै नतिजा आउँछ।’

    नेतृत्व छोड्ने पक्षमा छैन माओवादी

    नेकपा माओवादी केन्द्रले सुरुवाती चरणबाटै सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको छ। प्रदेश सभामा माओवादी केन्द्रका १३ सांसद मात्रै छन्। त्यसमा पनि तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले मन्त्री पदबाट राजीनामा दिँदै एमाले प्रवेश गरेपछि उनको सांसद पद गएको थियो। अहिले माओवादीका १२ सांसद मात्रै छन्।

    नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टी ९जसपा० नेपालका २ जना प्रदेशसभा सदस्य छन्। सर्वोच्चको फैसला पछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट एमाले र माओवादी पूर्ववत् अवस्थामै फर्किएपछि एमाले भित्रकै माधव समूहको आडमा मन्त्रीमण्डल फेरबदल गरी सरकार सञ्चालन भयो।

    अहिले माधव नेपालले पार्टी खोलेपछि मुख्यमन्त्रीमा उनको समूहले दाबी गरेको छ। तर माओवादी अझै पनि सरकारको नेतृत्व कसैलाई दिन तयार छैन। सत्तामा टिक्न सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि अहिले सङ्घीय राजधानी काठमाडौँमा छन्।

    मुख्यमन्त्री भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग भेटेर सरकार परिवर्तनको सहमति नगर्न आग्रह गरेका भट्ट निकट एक नेताले बताएका छन्।

    ‘भेटवार्ताका क्रममा मुख्यमन्त्री भट्टले सरकारको नेतृत्व परिवर्तन नहुने गरी काँग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउन आग्रह गर्नुभयो,’भेटवार्तामा सहभागी एक नेताले भने,‘पार्टी अध्यक्ष प्रचण्डले पनि सकारात्मक प्रतिक्रिया जनाउनुभयो,सायद सरकारको नेतृत्व परिवर्तन हुँदैन होला।’

    प्रचण्डसँगको भेटवार्तामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी पनि सहभागी थिए।

    माओवादी केन्द्रका नेता खगराज भट्टले आफ्नै पार्टीको नेतृत्वमा सरकार कायमै रहने दाबी गरे। ‘हाम्रो गठबन्धनको सरकार सुदूरपश्चिममा छ,त्यसमा काँग्रेस सहभागी छैन,’भट्टले भने,‘अव कांग्रेसलाई सरकारमा सहभागी गराउने गरी हामीले छलफल थाल्नुपर्छ।’

    नेकपा माओवादी केन्द्रका तत्कालीन सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट अहिले एमालेमा छन्। उनी माओवादी छोड्ने बित्तिकै सुदूरपश्चिम सरकारबाट माओवादीलाई बाहिर पठाउन चाहन्थे तर माधव समूहको आडमा माओवादी नेतृत्वको सरकार निरन्तर चलिरह्यो। लेखराजलाई देखाउनकै लागि पनि प्रचण्डले सुदूरपश्चिम सरकारको नेतृत्व नफेर्नेमा माओवादीका नेता र सांसदहरू आशावादी छन्।

    काँग्रेस के चाहन्छ ?

    सुदूरपश्चिममा सङ्घीय सरकार जस्तै गठबन्धनको सरकार बनाउन २७ सांसद आवश्यक हुन्छ। अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससँग १२र१२ सांसद छन्। जनता समाजवादी पार्टीमा दुई सांसद छन् भने माधव नेतृत्वको पार्टीमा हाल सम्म ३ सांसद मात्रै खुलेका छन्।

    यसै अङ्क गणितलाई हेर्ने हो भन्ने पनि सुदूरपश्चिममा गठबन्धनको सरकार बन्ने निश्चित छ। सङ्घीय सरकार जस्तै यहाँ पनि गठबन्धनको नेतृत्व गर्ने दाउमा काँग्रेस छ।

    काँग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावल आफूले मुख्यमन्त्री पाउने गरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पाटी र जनता समाजवादी पार्टीलाई मनाउने कसरतमा छन्।

    उनी जस्तै मुख्यमन्त्रीमा दाबी गरिरहेका अन्य नेताहरू काठमाडौँ पुगिसकेका छन्। सरकारको समीकरणबारे छलफल गर्न उनी पनि आइतबार काठमाडौँ जाँदै छन्।

    ‘हामीले सरकारको नेतृत्व गर्ने लगभग पक्का पक्की छ,यो विषयमा छलफल पनि भइरहेको छ,’रावलले भने,‘पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार हामी अगाडि बढ्छौँ।’

    नेपाली कांग्रेसका नेताहरू आफ्नै पार्टीको नेतृत्वमा सुदूरपश्चिममा सरकार बन्ने दाबी गरिरहेका छन्।

    • काठमाडौंमा डेरा
    • मुख्यमन्त्री
    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    • भर्खरै
    • चर्चित
    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ४.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ५.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ६.
      अत्यन्त जरुरी सूचना !!

    • ७.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ८.
      शर्मा पुरस्कृत

    • ९.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १०.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.