धनगढी धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। धनगढीको मुख्य सडकअन्तरगत लक्ष्मीनारायण चोक नजिक से ६ प ५४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा
मोटरसाइकल चालक दिनेश राना र मोटरसाइकलमा सवार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय विकाश राना भएका हुन्।
घाइते दुबैजनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।