रिलायबल नेपाल लाइफ इन्स्योन्स कम्पनी ४ वर्ष पुरा गरी ५ औँ वर्षमा प्रवेश गरेको अवसरमा धनगढी शाखाले दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेको छ ।
वार्षिक उत्सवको अवसरमा ९ हजार ५ सय बरावरको खाद्य सामाग्री हस्तान्तरण गरिएको शाखा प्रमुख चन्द्र विष्टले बताए ।
रिलायबल नेपाल लाइफ ले आफ्नो हरेक वार्षिक उत्सव रक्तदान मास्क वितरण,आश्रममा बसेका लाई राहत वितरण सँगै जनचेतनामूलक कार्यक्रम गर्दै आएको शाखा प्रमुख विष्टले बताए ।
खाद्यान्न हस्तान्तरण कर्मचारी जय प्रकाश अवस्थी ,विक्रम सिंह बोगटी र सिनियर एजेन्सी मेनेजर सुमना भणडारि पनि सहभागी थिए ।
कम्पनीले २०७४ भदौ १५ गतेदेखि जीवन बिमा व्यवसाय शुभारम्भ गरेको थियो । स्थापना कालको छोटो अवधिमै पुराना जीवन बिमा कम्पनीलाई टक्कर दिँदै सर्वाधिक जीवन बिमा पोलिसी बिक्री गर्न सफल भएको छ ।कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ ।