• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, चैत ०८, २०७९ | Wednesday 22nd March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ४ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ४ हप्ता अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

थारू महिलाले मनाए ‘अष्टिम्की’

  •  संवाददाता
  • बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पश्चिम तराईका थारू समुदायका महिलाले ‘अष्टिम्की’ पर्व धार्मिक परम्पराअनुसार मनाएका छन् । कृष्ण जन्माष्टमीको साँझ सोमबार थारू गाउँका व्रतालु थारू महिला थालमा चामल, चामलमाथि माटोको दियो (पाला) बालेर लोहटामा चोखो जल लिएर ‘अष्टिम्की’ घरमा छिरे ।

    कैलालीको जानकी गाउँपालिकाका थारू महिला सोमबार अष्टिम्की पर्वमा चित्र बनाउँदै। तस्बिर स् गणेशरकान्तिपुर
    अँध्यारो अष्टिम्की घर पालाको दियालोले उज्यालो भयो । अन्न राख्ने भकारी ‘डेहरी’ मा लोक चित्रकारद्वारा चित्रण गरिएको चित्रहरूमा पालैसित उनीहरूले टीका लगाए । जसलाई थारूहरूले ‘अष्टिम्की’ भन्ने गरेका छन् । अष्टिम्कीमा बनाइएका चित्रमा टीका लगाउँदै व्रतालु थारू महिलाले जन्माष्टमीमा कान्हा ९कृष्ण० भगवान्को पूजा गरे ।

    अष्टिम्कीको हस्तलिखित चित्रको माथिल्लो भागमा चन्द्र र सूर्यको चित्र कोरिएको छ । पिँधमा जलमण्डलमा पाइने माछा, गंगटा, गड्यौलालगायतका चित्र छन् । मध्यभागमा कान्हा ९कृष्ण० रूखमा बसेर बाँसुरी बजाइरहेको चित्र छ । माथिल्लो पंक्तिमा पाँच पाण्डव र त्यसमुनि गोपिनीहरूको ।

    अष्टिम्की चित्रमा रावण, हलो जोतिरहेको मानिस, कुकुर, हात्ती, घोडा, बाँदर, बोटवृक्ष, चरालगायतका पनि चित्र छन् । यसबाट थारूहरू प्रकृति पूजक हुन् भन्ने प्रमाणित हुने गरेको शिक्षक चित्रबहादुर चौधरीले बताए । उनले भने, ‘सृष्टिसँग जोडिएका सबै चिज अष्टिम्की चित्रमा हुन्छन् । यो सृष्टिकालदेखिको लोक इतिहास हो । जुन चित्रमा सृष्टिको कथा छ ।’ कृष्ण जन्माष्टमीको थारू गाउँमा निकै चहलपहल छ । खासगरी थारू महिलाहरूको । दिनभरि व्रत बसेर साँझ पूजापाठ सकेपछि रातभरि कान्हाको जीवन र प्रकृतिसँग जोडिएका अष्टिम्की गीत गाउने, अष्टिम्की घरमा जाग्राम बस्ने थारू परम्परा रहेको उनीहरू बताउँछन् ।

    थारू बूढापाकाका अनुसार कृष्ण जन्माष्टमीको अघिल्लो दिन थारू महिला दिनभरि नदी खोलामा माछा मार्ने र त्यही माछासित राति ‘दरभात’ खाएर जन्माष्टमीको दिन थारू महिला व्रत बस्ने गर्छन् । दिनभरिको व्रतपछि साँझ पूजापाठ गर्छन् । पूजापाठपछि सबै आ आफ्नो घरमा फर्किन्छन् । फलाहारपछि पुनः अष्टिम्की घरमा फर्किन्छन् । रातभरि अष्टिम्की गीत गाउँछन् ।

    अष्टिम्कीको पूजापाठपछि व्रतालु महिला घरमा गएर खाना पकाउँछन् । खानाको परिकारमा तरकारी ३, ५ या ७ थरीको बनाई आ–आफ्नो भागबाट प्रसाद भात र तरकारी केही भाग छुट्याएर आगोमा राख्ने गरिन्छ, जसलाई ‘अग्यारी देना’ भन्ने गरिन्छ । अष्टिम्कीको तरकारीको परिकारमा माछा अनिवार्य नै मानिन्छ । यसलाई थारूले सगुनका रूपमा लिन्छन् । अष्टिम्कीको खाना आफ्ना दाजुभाइ इष्टमित्रलाई खुवाउने चलन छ । यसले दाजुभाइ दिदी बहिनीबीचको मायाप्रेम बढ्ने विश्वास छ । थारूहरू यसलाई ‘अग्रासन’ भन्ने गर्छन् । योसँगै अस्टिम्की पर्व समापन गरिन्छ ।- कान्तिपुर

    • अष्टिम्की
    • थारू महिला
    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.