• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

घरेलु मैदानमा नेपाल भारतसँग २–१ ले पराजित

  •  संवाददाता
  • आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल घरेलु मैदान दशरथ रंगशालामा २–१ ले पराजित भएको छ ।

    नेपालले पहिलो हाफमा पाएको गोलका केही राम्रो अवसर खेर फाल्दा अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । दोस्रोमा सुधारिएको प्रदर्शन गरेको भारतले ६२औँ मिनेटमा वैकल्पिक खेलाडी फारुख चौधरीको गोलबाट अग्रता लियो ।

    चिङलेनसेनाको लामो क्रसमा कप्तान सुनिल क्षेत्रीले दिएको हेडिङ पासलाई नियन्त्रणमा लिदै फारुखले बललाई पोस्टको दिशा दिएका थिए । फारुख दोस्रो हाफको सुरुमै विपिन सिंहको स्थानमा मैदान छिरेका थिए । मैदान छिने वित्तिकै आफ्नो प्रभाव जमाउन सफल फारुखले भारतलाई अग्रता दिए ।

    सुनिलले ८१औँ मिनेटमा गरेको गोलमा भारतले अग्रता दोब्बर बनायो । लगभग मध्यभागमा अनिरुद्ध थापाले हेडमाफर्त दिएको पास नियन्त्रणमा लिदै अघि बढेका सुनिलले ‘वान भर्सेस वान’मा सहज गोल गरेका थिए ।

    निर्धारित समय सकिन तीन मिनेट बाँकी हुँदा तेज तामाङले गरेको गोलबाट नेपालले खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । तेजले झन्डै ३० यार्डबाट हानेको लामो प्रहारलाई भारतका गोलकिपर अमरिन्दर सिंहले ठम्याउन सकेनन् ।

    पहिलो खेलमा नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो ।

    नेपालका विशाल राईले ६८औँ मिनेटमा बराबरी गोल फर्काउने राम्रो मौका खेर फाले । वैकल्पिक खेलाडी नवयुग श्रेष्ठले दिएको पासमा विशालले ६ यार्ड बक्स नजिकैबाट हानेको प्रहार थोरैले बाहिरिएको थियो । त्यस्तै ७४औँ मिनेटमा पनि मनिष डाँगी गोल गर्न चुके । अञ्जन विष्टले दायाँ भागबाट दिएको सुन्दर क्रसमा मनिषले हानेको प्रहारले पोष्टको दिशा लिन सकेनन् ।

    त्यसअघि मनिषले १३औँ मिनेटमा पनि गोलको राम्रो अवसर खेर फाल्दा नेपालले अग्रता लिने मौका गुमाएको थियो । तेजले दिएको पास मनिषले ६ यार्ड बक्समा नियन्त्रणमा लिएका थिए । तर पाएको बलमा आफुले नहानी आशिष लामालाई पास दिन खोज्दा गोलको अवसर खेर फालेका थिए ।

    २८औँ मिनेटमा नेपालले गोल गर्ने अर्को राम्रो अवसर पाएको थियो । आयुष घलानले गरेको क्रस आशिष लामाले हेड नभेट्दा अग्रता लिने राम्रो अवसर खेर गएको थियो ।

    किरणले रचे इतिहास
    नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेमजोङले नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने इतिहास रचेका छन् । किरणले आइतबार भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाली टोलीबाट सबभन्दा धेरै खेल्ने इतिहास रचेका हुन् ।

    किरणले बिहीबार भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पूर्व कप्तान विराज महर्जनसँग ७३ खेलको कीर्तिमानीसँग बराबरी गरेका हुन् ।

    किरणले कोलम्बियामा सम्पन्न २००८ को एएफसी च्यालेन्ज कप छनोट प्रतियोगितामा मकाउविरुद्ध नेपालबाट डेब्यू गरेका थिए । फनोम पेन्थस्थित कोलम्बियाको नेशनल ओलम्पिक रंगशालाको मैदानमा किरणको डेब्यू गर्दाको खुसी लामो समय टिक्न सकेन । २४ मेको त्यो डेब्यू खेलमा किरण चिउडोमा चोट लागेपछि २४औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । त्यसयता उनले नेपालबाट ७२ खेल खेलिसकेका छन् । तथापी उक्त खेलमा नेपालले मकाउलाई ३–२ ले हराएको थियो ।

    त्यसपछि किरणलाई पुनः राष्ट्रिय टोलीमा फर्किन तीन वर्ष लाग्यो । उनको लगनशिलता र कडा परिश्रमले आज उनी इतिहास रच्न सफल भएका छन् । आइतबार भारतविरुद्ध खेल्दा किरणले नेपाली फुटबलमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका छन् ।

     

    किरणले १७ मार्च २०११ मा पोखरा रंगशालामा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेको छैन । पुनरागमनपछि किरणले सुरुको २८० गोल खाएका थिएनन् । उनीविरुद्ध उत्तर कोरियाका जङ उल क्लाने पहिलो गोल गरेका हुन् ।

    दशरथ रंगशालामा भने किरणले अफगानिस्तानविरुद्ध ७ अप्रिल २०११ मा डेब्यू गरेका हुन् । त्यो खेल पनि एफसी च्यालेन्ज कप छनोट नै थियो । त्यही दशरथ रंगशालामा किरणले आइतबार कीर्तिमान बनाएका छन् ।

    पछिल्लो समय भारतको पञ्जाब एफसीबाट खेलिरहेका किरणले क्लब फुटबलमा मछिन्द्र, थ्री स्टार, मनाङ मर्याङदी, माल्दिभ्सको टिसी स्पोर्टस् क्लबबाट खेलेका थिए । उनले पछिल्लो समय नेपाल सुपर लिगमा धनगढी एफसीबाट खेलेको थिए ।

    नेपालका लागि दुई उपाधि जितेका छन् । २०१६ को एएफसी सोलिडारिटी कप र गत चैतमा नेपालमै सम्पन्न थ्री नेसन्सकप । नेपालले थ्री नेसन्सकप किरणकै कप्तानीमा जितेको थियो । त्यो पनि दशरथ रंगशालामै ।

    २०१६ को एएफसी सोलिडारिटी कप किरणका लागि विशेष स्मरणीय रह्यो । मलेसियाको कुचिङमा सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा नेपालले लाओसविरुद्ध खेलेको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा किरणले तीन वटा पेनाल्टी बचाएपछि नेपाल ३–० ले विजयी भयो । टाइब्रेकरमा सबै प्रहार जोगाउने किरण नेपालका एक मात्र गोलकिपर हुन् ।

    २०१८ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध किरणले पहिलो पटक नेपालको कप्तानी सम्हालेका हुन् । त्यसयता किरणले अहिलेसम्म १७ पटक नेपालको कप्तानी गरिसकेका छन् । जुन पूर्व गोलकिपर उपेन्द्रमान सिंहले १७ पल्ट नेपालको कप्तानी गरेको कीर्तिमानसँग बराबरी हो ।

    • घरेलु मैदान
    • पराजित
    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.