काठमाडौं – सरकारले दार्चुलाको तुइन घटनामा भारतलाई आज कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतले कूटनीतिक नोट पठाएको पुष्टि गरे ।
भारतीय सीमा सशष्त्र प्रहरी बल एसएसबीका एक जवानले तुइन खुस्काइदिएपछि महाकालीमा खसेर नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएको प्रतिवेदन छानविन समितिले गृह मन्त्रालयलाई पठाएको थियो ।
गृहले कूटनीतिक नोट पठाउन परराष्ट्रलाई पत्र लेखेको थियो । सोही निष्कर्षका आधारमा परराष्ट्रले कूटनीतिक नोटमार्फत भारतलाई पत्र लेखेको हो । यो घटनामा मौनता साँधेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।