• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिममा यस कारण एक्लिए भीम रावल

  •  मोहन जोशी
  • बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत ५ माघमा संसद विघटन गर्दा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावलले समेत त्यसको विरोध गरे ।

    देशभर एमालेका नेता, कार्यकर्ता दुई खेमामा विभाजन भए । सुदूरपश्चिममा पनि संसद विघटनपछि एमाले प्रस्ट दुई खेमामा बाँडियो । प्रदेशसभामा रहेका एमालेका बहुमत सांसद माधव खेमामा खुले । सुदूरपश्चिममा एमालेका २५ जनामध्ये १७ जना सांसदले माधव नेपाललाई रोज्दा त्यसको श्रेय उपाध्यक्ष भीम रावललाई गएको थियो ।

    ओलीले दोस्रो पटक संसद विघटन गर्दा पनि सुदूरपश्चिम प्रदेशसभामा माधव खेमा रोज्ने सांसदको संख्यामा बहुमत थियो । सुदूरपश्चिम प्रदेशसभाका बहुमत सांसद नेपाल खेमामा जानुमा भीमबहादुर रावलको योगदान रहेको चर्चा चलेको थियो । तात्कालीन रूपमा एमाले अध्यक्ष ओलीको खरो आलोचक रहेका रावलले आफ्नो प्रदेशमा ओलीलाई एक्ल्याएको भन्दै टीका टिप्पणीसमेत भएका थिए ।

    तर, एमालेबाट छुट्टिएर माधव नेपालले छुट्टै पार्टी बनाउँदा सुदूरपश्चिमबाट भीम रावलसमेत एक्लिएका छन् । भीम रावल एकताको पक्षमा लाग्ने भन्दै एमालमै बस्दा उनका भनिएका सुदूरपश्चिम प्रदेशसभाका १७ मध्ये १३ जना सांसद माधव नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् । यसले सुदूरपश्चिममा रावलको पकड मात्र खोसिएन, यसअघिको तथ्यलाई समेत गलत सावित गरिदिएको छ ।

    आखिर किन एक्लिए सुदूरपश्चिमबाट भीम रावल ?

    नेकपा एमाले सुदूरपश्चिमका एक नेताका अनुसार हाल माधव नेपाल खेमामा गएका सुदूरपश्चिमका सांसदहरू भीम रावलका कहिल्यै थिएनन् । एमालेको नवौँ महाधिवेशनअघि कैलालीका दीर्घ सोडारी, कंचनपुरका तारा लामा तामाङलगायतका नेता झलनाथ खनालको लाइनमा थिए । दुवै नेताले विद्यार्थी राजनीति झलनाथ खनालको लाइनबाट सुरु गरेका थिए ।

    एमालेको नवौँ महाधिवेशनमा झलनाथ खनाल र माधव नेपाल एउटै प्यानलमा उभिए । सोही प्यानलमा भीम रावल पनि उभिए । सुदूरपश्चिमका भीम रावलले झलनाथ-माधव खेमाबाट चुनाव जितेर प्रदेश इन्चार्जको जिम्मेवारीसमेत पाए । त्यसपछि यहाँका नेता, कार्यकर्ता पनि भीम रावलसँग नजिक भएका थिए ।

    ‘माधव-झलनाथको गुटमा भीमरावल गएपछि यहाँका नेताको लाइन मिलेको मात्र हो’, एमालेका एक नेता भन्छन्, ‘तर, उनीहरू भीम रावलका कहिल्यै भएनन्, जसको परिणाम एमाले विभाजित हुँदा देखिएको छ ।’

    ती नेताका अनुसार अछामबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने शेरबहादुर कुँवर भने रावलकै कार्यकर्ता हुन् । संसद विघटन हुँदा नै राष्ट्रियसभा सदस्य कुँवरले रावललाई ओलीकै लाइनमा रहन आग्रहसमेत गरेका थिए । तर, रावलले त्यतिबेला माधव खेमालाई रोजे । कुँवर पनि रावलकै पछाडि लागेका थिए । एमाले विभाजन हुँदा कुँवरले समेत रावललाई छाडेका छन् ।

    सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कंचनपुरका तत्कालीन एमाले अध्यक्ष तारा लामा तामाङले पनि सो कुरालाई पुष्टि गरे । उनले घुमाउरो शैलीमा आफूहरू भीम रावलको नभएको पुष्टि गरे ।

    ‘पार्टी विभाजन हुँदा दल रोज्न पाउनु हाम्रो अधिकार हो’, तामाङले भने, ‘तर, हामी कसैका एस म्यान बन्दैनौँ, हामी स्वतन्त्र छौँ ।’

    उनले आफुहरूले रावललाई नेता मानेको बताए । ‘एमालेमा छँदा रावल काम्रेडले हामीलाई डोहोर्‍याउनुभएको थियो’, उनले भने, ‘तर, ओलीको निरङ्कुश शैलीका कारण हामी फरक बाटोमा लागेका छौँ ।’

    • भीम रावल
    • सुदूरपश्चिम
    बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.