• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ३ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ३ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

३३ महिनाअघि शिलान्यास गरेको सडक अझै अधुरै

  •  संवाददाता
  • शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ७ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको वीपीनगरमा बोगटान– सहजपुर सडक कालोपत्रे शिलान्यास गरेका थिए ।

    त्यतिबेला ३० महिनाभित्र कालोपत्रे सक्ने गरी ठेक्का सम्झौता भए पनि ३३ महिना बितिसक्दा स्थानीय वासिन्दा अझै धुलाम्मे र हिलाम्मे सडकको यात्रा गर्न विवश छन् ।

    डोटीको बोगटान र कैलालीको सहजपुर सँग जोड्ने ५० किलोमिटर लामो सडक ३० महिनाभित्र सम्पन्न गर्ने गरी पीएलआर–कुमार जेभीसँग ठेक्का सम्झौता भएको थियो । ३० महिनाभित्र काम नसकिएपछि थपिएको ६ महिनाको म्याद सकिने समय नजिकिँदै गर्दा पनि सडक उस्तै छ ।

    ‘तत्कालिन प्रधानमन्त्रीज्यूूले हेलीकप्टरमार्फत विपीनगर पुुगेर गफ मात्रै दिनुुभयो । वर्षातमा हिलो र सुुख्खायाममा धुुलो खप्नुुपर्ने हाम्रो बाध्यता उस्तै छ,’ कैलालीको चुुरे गाउँपालिका–३ को सहजपुुरका गंगाराम रिजालले भने ।

    कालोपत्रे गरिसक्नुपर्ने समयमा ग्राभेलसम्म नभएको सडकमा ठाउँ–ठाउँमा पहिरो खसेर आवतजावत गर्न पनि मुश्किल छ । डोटीको जोरायल गाउँपालिका–५ गड्सेराका बिक्रान्त देउवाले आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरवाही काम हुन नसकेको बताए ।

    ‘मोटरसाइकलमा यात्रा गर्न सकिने अवस्था नै छैन’ उनले भने, ‘हाम्रो समस्या कसले देख्ने रु ३० महिनामा आधा काम पनि नभएर म्याद थपिएको थियो । फेरि थप्ने कुुरा सुुनिदैछ ।’

    सहजपुर–बोगटान सडक आयोजना कार्यालयले भने ठेक्का सम्झौता भएको २७ महिनापछि मात्र रुख कटान आदेश पाएकाले काममा ढिलाइ भएको बताएको छ ।

    कार्यालयका प्रमुख उज्वल श्रेष्ठले अहिलेसम्म ४२ प्रतिशत भौतिक प्रगति भएको बताए । ‘वन क्षेत्रको अवरोधका कारण २७ महिनासम्म र प्रतिकुल मौसमका कारण खासै काम गर्न सकिएको थिएन । अहिले सबै अवरोध हटेकाले अर्को वर्षको फागुुनसम्म काम सकिन्छ होला ।’

    फेरि एक वर्ष म्याद थप्न माग

    ठेकेदार कम्पनीले पहिलो पटक पाएको ३० महिनाको म्यादमा काम नसकेपछि गत असारमा पुनः ६ महिना थप गरिएको थियो । तर निर्माण व्यवसायीले फेरि एक वर्ष म्याद थप्न माग गरेका छन् । निर्माण व्यवसायीले दोस्रो पटक थपिएको समयभित्र काम नसकिने दाबी गर्दै म्याद थप्न माग गरेको सडक आयोजना कार्यालयले जनाएको छ ।

    ‘निर्माण व्यवसायीले एक वर्ष म्याद थपका लागि निवेदन दिएका छन्,’ आयोजना कार्यालय प्रमुुख श्रेष्ठले भने, ‘हामीले माथिल्लो निकायमा लेखी पठाएका छौं । सम्भवतः थपिन्छ होला ।’

    हालसम्म विपीनगर खण्डको ३ किलोमिटर कालोपत्रे गरेको आयोजना कार्यालयले अगामी असार मसान्तसम्म ३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेको छ । बाँकी खण्डको काम २०७९ सालको फागुुनभित्र सम्पन्न गर्न सकिने कार्यालय प्रमुख श्रेष्ठले बताए ।

    • अधुरै सडक
    शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.