• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १० घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १६ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १६ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

आजबाट ‘बजेट होलिडे’, कुन-कुन क्षेत्र प्रभावित हुनसक्छन् ?

  •  संवाददाता
  • बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि आजबाट सरकारको ‘बजेट होलिडे’ सुरु हुने भएको छ । अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि आज राति १२ बजेबाट निष्क्रिय हुँदैछ । कम्तीमा चार दिनसम्म सरकार बजेटविहीन हुने भएको हो ।

    केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । जबकि अध्यादेश टेबल भएको मितिले ६० दिन अर्थात भदौ ३० गतेसम्म संसदका दुबै सदनबाट पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने थियो । संविधानको धारा ११४ मा संघीय संसद् अधिवेशन प्रारम्भ भएको ६० दिनपछि स्वतः निष्क्रिय हुने उल्लेख छ । जसअनुसार ओली सरकारले ल्याएको बजेट अध्यादेश आजबाट निष्क्रिय हुँदैछ ।

    बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न वर्तमान सरकारले मंगलबार विधेयक संसदमा पेस गरेको छ । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण विधेयकमा छलफल अघि बढेन । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक ४ असोजसम्मका लागि स्थगित गरेका छन् । त्यसैले आजबाट बजेट अध्यादेश निष्क्रिय हुन लागेकाे हाे । सोमबार बिहान ११ बजे संसद् बस्नेछ । यो चार दिनको समय बजेट अध्यादेश निष्क्रिय भएको र नयाँ विधेयक पारित नभएको अवस्था हुने भएकाले ‘बजेट होलिडे’ भनिएकाे हाे ।

    कुन-कुन क्षेत्र प्रभावित ?

    बजेट होलिडेमा संघीय संसद्, संवैधानिक निकायहरूको नियमित खर्च भने रोकिने छैन । सञ्चित कोषमा व्ययभार भएको रकमबाट यो खर्च गरिन्छ । संविधानको धारा ११८ मा संघीय सञ्चित कोषमाथि व्ययभारसम्बन्धी व्यवस्था छ । यसका लागि संसदको स्वीकृति आवश्यक नपर्ने उल्लेख छ ।

    जसमा राष्ट्रपति तथा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रतिनिधिसभाका सभामुख तथा उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा शीर्षकमा बजेट खर्च गर्न पाइनेछ ।

    राष्ट्रपति वा उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद, संवैधानिक निकाय र प्रदेश प्रमुखको कार्यालयको प्रशासनिक व्यय, नेपाल सरकारको दायित्वको ऋणसम्बन्धी व्ययभार, नेपाल सरकारको विरुद्ध अदालतबाट भएको फैसला वा आदेशअनुसार तिर्नुपर्ने रकम र संघीय कानुनबमोजिम संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम नरोकिने संविधानमा उल्लेख छ । विदेशी ऋणको सावाँ र ब्याज, स्वदेशी ऋणको सावाँ र ब्याज पनि खर्च गर्न पाइन्छ ।

    तर, संघीय सरकारले आम नागरिकलाई दिने सेवा तथा सुविधाको खर्च भने रोकिन्छ  । खर्च रोकिँदा प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको तलब भत्ता, कर्मचारीको तलब भत्ता तथा कैदीबन्दीहरूको सिदासम्म रोकिन्छ । विकास निर्माण गर्न/गराउन पनि खर्च गर्न पाइँदैन ।

    आकस्मिक कोष

    बजेटविहीन अवस्थामा संघीय सरकारको खर्च रोकिए पनि संविधानले आकस्मिक कोषको परिकल्पना गरेको छ । धारा १२४ मा संघीय आकस्मिक कोषको व्यवस्था छ । उपधारा (१) मा संघीय ऐनबमोजिम आकस्मिक कोषका नामले एउटा कोष स्थापना गर्न सकिने र त्यस्तो कोषमा समय समयमा संघीय ऐनबमोजिम निर्धारण भएको रकम जम्मा गर्न सकिने उल्लेख छ ।

    सरकारले त्यस्तो कोषबाट आकस्मिक कार्यका लागि खर्च गर्न सक्ने उल्लेख छ । आकस्मिक खर्च गर्न रकम संघीय ऐनबमोजिम यथाशीघ्र सोधभर्ना गर्न मिल्ने प्रावधान छ ।

    • बजेट होलिडे
    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुराका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले चालिस लाख सहयोग गर्ने
    आज गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
    ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ४.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.