• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

कैलालीमा मास्क प्रयोगको बानी बसाउनै मुस्किल

  •  संवाददाता
  • बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देशभर ‘तपाईको मास्क खोइ ?’ अभियान सञ्चालन भइरहेको छ। नेपाल प्रहरीको नेतृत्वमा सञ्चालित उक्त अभियान मास्क नलगाई हिँड्ने नागरिकका लागि हो। उनीहरुलाई अनिवार्यरुपमा मास्क प्रयोगको बानी पार्न भने प्रहरीलाई मुस्किल भइरहेको छ।

    कोरोना रोकथामबारे जनचेतना जगाउन गत साउन २४ गतेदेखि नेपाल मास्क अभियान सुरु गरिएको हो। सो क्रममा कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ कार्यक्रमअन्तर्गत तपाईँको मास्क खोई ? अभियान सञ्चालन भइरहेको छ। त्रिनगर सीमा नाकाका प्रहरी सहायक निरीक्षक रमेश शाही मास्क प्रयोग नगरी हिँड्ने नागरिकलाई मास्क प्रयोग गराउनै मुस्किल भइरहेको बताउछन्। “नाकमुख छोपिने गरी लगाउनुपर्ने मास्क धेरैले चिउँडोमा लगाउने गर्छन्, धेरैजसोले गोजीमा राखेर हिँड्ने गरेका छन्”, उनले भने, “पटक पटक सम्झाइबुझाई गर्दा पनि बहाना बनाउने गरेका पाइयो, मास्क प्रयोग गराउनै मुस्किल भइरहेको छ।” अभियान प्रभावकारी बनाउन सर्वसाधारणलाई प्रहरीले निःशुल्क मास्क उपलब्ध गराउँदै आएको छ।

    मास्क प्रयोग नगर्दा कोरोना सङ्क्रमण फैलिने खतरा कायमै छ। सहरी क्षेत्रमा मास्क प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएपनि ग्रामीण भेगमा भने अधिकांशले यसको प्रयोग गर्दैनन्। मास्क खोई ? अभियान सुरु गरिएपछि पहिलेको तुलनामा मास्क प्रयोग गर्ने बढेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार विस्तारै मास्क प्रयोग गर्नेको सङ्ख्या बढिरहेको छ। “मास्क लगाउनु पर्छ भन्ने चेतना बढ्दै गएको छ”, उनले भने।

    प्रहरीले सार्वजनिक सवारीसाधन, सार्वजनिकस्थल, सीमालगायत क्षेत्रमा अभियानलाई प्राथमिकता दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्वराज अधिकारी सबैले खोप लगाउन नपाएको अवस्थामा मास्क र स्यानिटाइजर प्रयोग, हात धुने र भौतिक दूरी कायम गर्नु आवश्यक भएको बताउछन्।

    श्वास फेर्न गाह्रो हुने भन्दै अधिकांशले मास्क प्रयोग गर्न रुचाउने गरेका छैनन्। धनगढी बजारमा भेटिनुभएका रमेश थापा भन्छन्, “भीडभाड हुने ठाउँमा मात्र मास्क लगाउँछु, अरुबेला खासै लगाउने गरेको छैन।” तपाईको मास्क खोई ? अभियानअन्तर्गत प्रहरीले मङ्गलबारसम्म कैलालीमा २५ हजारभन्दा बढीले निःशुल्क मास्क वितरण गरिसकेको छ। मास्क प्रयोग नगरी हिँड्ने र सम्झाइबुझाई गर्दा पनि अटेरी गर्नेलाई प्रहरीले जरिवाना गर्दैआएको छ। मङ्गलबारसम्म एक हजार चार सयभन्दा बढीलाई रु १०० का दरले जरिवाना तिर्न लगाएको छ। सुदूरपश्चिम प्रदेशमा गत वैशाख–जेठको तुलनामा हाल सङ्क्रमण दर घट्दै गएको छ।

    • बानी बसाउनै मुस्किल
    • मास्क प्रयोग
    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.