• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, असार ०७, २०८२ | Saturday 21st June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • १९ घण्टा अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • १९ घण्टा अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • १९ घण्टा अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • २ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • १ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • १ हप्ता अगाडि

निर्माण सामग्रीको पैसा नतिरेपछि स्कुलविरुद्ध प्रशासनमा उजुरी 

  •  सीपी लोहिया
  • बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    बैतडीको सुर्नया गाउँपालिका–२ सिउँडेमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ग्वानिले मल्टीपल भवन बनाउँदा निर्माण सामग्रीकोे पैसा नतिरेको भन्दै उजुरी परेको छ ।

    निर्माण सामग्री बेच्ने दुईजना स्थानीय व्यापारीले आफ्नो पसलबाट सामान लगेको आठ लाख बढी रकम नतिरेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी दिएका हुन् । उजुरी दिनेमा सुर्नया-२ का गणेश विष्ट र नरेन्द्र विष्ट छन् ।

    गणेशको चार लाख ८३ हजार र नरेन्द्रको चार लाख दुई हजार रकम विद्यालयले नतिरेको उजुरीमा उल्लेख छ । ‘हामीले बिक्री गरेको सामानको पैसा नपाएकाले हाम्रो पुँजी रोकिँदा व्यवसाय ठप्प भयो । उजुरी गरेको पनि २० दिन पुगिसक्यो । प्रशासनले गाउँपालिकालाई चिठी लेख्यो । पालिकाले स्कुललाई रकम उपलब्ध गराउन चिठी लेख्यो । तर स्कुलले कुनै मतलव गरेको छैन,’ गणेशले भने ।

    विद्यालयको भवन गत आर्थिक वर्षको असार मसान्तमै निर्माण सम्पन्न गरी उधारो रकम तिर्नुपर्नेमा नतिरेको भन्दै विष्टद्वयले उजुरी गरेका हुन् ।

    विद्यालयमा निर्माण भएको उक्त दुई तले मल्टीपल भवन निर्माणका लागि आएको रकम अपुग भएकाले उधारो रकम तिर्न बाँकी रहेको विद्यालय व्यवस्थापन समिति सदस्य डम्बरसिंह विष्टले बताए । ‘विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक राजेन्द्र विष्ट र मलाई जिम्मेवारी दिएको थियो । तर मलाई आर्थिक अधिकार दिइएन । काम गर्दा स्टिमेटभन्दा बढी खर्च भयो । त्यसैले निर्माणका लागि प्राप्त भएको पैसा नपुग्दा व्यापारीहरूको पैसा तिर्न सकिएन । अझै पनि स्रोत जुटाएर तिर्छौ,’ उनले भने ।

    भवन निर्माणका लागि सुर्नया गाउँपालिकाबाट ३६ लाख रकम प्राप्त भएको, तर भवनको जम्मा लागत ४८ लाख पुगेकाले व्यापारीको पैसा तिर्न समस्या भएको डम्बरसिंह विष्टल बताए । तर स्टिमेटभन्दा १२ लाख खर्च कसरी भयो भन्दै स्थानीयले विरोध जनाएका छन् ।

    लागत स्टिमेटभन्दा बढी रकम खर्च भए पनि काम अधुरो रहेकाले काम सम्पन्न गरेपछि स्रोत जुटाएर उधारो रकम तिर्ने विद्यालय ब्यवस्थापन समितिले जनाएको छ । मल्टिपल भवन बनाउन विद्यालय व्यवस्थापन समितिले सदस्य विष्ट र प्रधानाध्यापक राजेन्द्र विष्टलाई लिखित जिम्मेवारी दिएको थियो । तर प्रधानाध्यापक विष्टले भने आफूले जिम्मेवारी लिन नसक्ने भनी व्यवस्थापन समितिलाई मौखिक जानकारी गराएको बताइएको छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेकी सुर्नया गाउँपालिका उपाध्यक्ष लीला विष्टले गाउँपालिकाबाट स्रोत जुटाएर भए पनि उधारो रकम तिर्ने बताइन् ।

    बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • २.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ३.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ४.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ५.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ६.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ७.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ८.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ९.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १०.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • १.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • २.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ३.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ४.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.