सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ७६ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा २ संक्रमित निको भई घर फर्किएका छन् भने ३ जना अस्पतालमा भर्ना भएका छन् ।
यस्तै हाल अस्पतालमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ७ जनाको आइसियु र ४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।