• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

बादल लागे बन्द हुन्छन् टेलिकमका ८५ टावर  

  •  मोहन जोशी
  • आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार हुन नसक्दा सुदूरपश्चिम प्रदेशका ८५ वटा टावरबाट सोलारबाट चार्ज गरेर नेटवर्क प्रसारण गर्ने गरिएको छ ।
    सोलारबाट चार्ज हुने टावर दुई दिनभन्दा बढी बादल लागे वा वर्षा भएमा भने बन्द हुने गर्छन् ।

    टावर चार्ज नहुँदा नेटवर्क जाने भइरहन्छ । जसकारण सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिक सञ्चार सेवाबाट वञ्चित हुने गरेका छन् । सबै ठाउँमा विद्युत प्रसारण लाइन विस्तार नहुँदा टेलिकमले निर्माण गरेका टावर सोलारबाट चार्ज गर्नुपर्ने बाध्यता रहेको नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ ।

    प्रदेशका पहाडी जिल्लामा रहेका सबै टावर सोलारको माध्यामबाट चार्ज गरेर टेलिकमले नेटवर्क प्रसारण गरिरहेको छ । तर लगातार वर्षा हुँदा वा मौसममा बदली हुँदा टावर चार्ज नहुने समस्या छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाका अनुसार वर्षायाममा पहाडी क्षेत्रमा टावर जाने समस्या बढी हुने गरेको छ ।

    ‘पहाडी क्षेत्रमा वर्षा भइरहने र अधिकांश समय बदली भइरहन्छ,’ क्षेत्रीय कार्यालय अत्तरियाका इन्जिनियर तिलक धामीले भने, ‘मौसम बदली हुँदा टावर चार्ज हुन नसक्दा बिटिएस प्राणाली बन्द हुन्छ, जसकारण नागरिक सञ्चार सेवाबाट वञ्चित हुने गरेका छन् ।’ यो समस्या सुदूरपश्चिम प्रदेशको कञ्चनपुरबाहेक ८ वटै जिल्लामा रहेको उनले बताए ।

    इन्जिनियर धामीका अनुसार सुदूरपश्चिमको सुगम जिल्ला मानिने कैलालीको पहाडी भूभागमा निर्माण गरिएका टावरलाई समेत सोलारकै माध्यामबाट चार्ज गर्नुपर्ने बाध्यता छ । कैलालीकाे चुरे र मोहन्याल गाउँपालिकामा गरी तीनवटा टावर सोलारको भरमा चार्ज भइरहेकाे उनले बताए ।

    ‘सबै टावर भएका स्थानमा विद्युत सेवा विस्तार हुन सकेको छैन,’ उनले भने, ‘विद्युत नहुँदा पनि नागरिकलाई सञ्चारसँग जोड्नु पर्छ भन्ने उद्देश्यले सोलारको भरमा टावर निर्माण गरिएका हुन्, कैलालीमा पनि केही टावर सोलारकै भरमा छन् ।’

    सोलारबाट चार्ज हुने टावरले सुदूरपश्चिमका दुई लाख बढी नागरिक सञ्चार सेवामा जोडिएका उनले बताए । धामीले टावर राखिने स्थानसम्म बिजुली पुर्‍याउन माग गरिए पनि सुनुवाइ नभएको गुनासो गरे । ‘टेलिकमले करोडौं खर्च गरेर टावर जडान भएका स्थानसम्म विद्युत पुर्‍याउन सक्दैन,’ उनले भने, ‘विद्युत प्राधिकरणले लाइन विस्तार गरे सहज हुने थियो ।’

    टेलिकमका सूचना अधिकारी नारायण पाठकले बादल लागेपछि सोलार प्यालन चार्ज हुन नसक्दा पहाडी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको बताए । ‘पहाडी क्षेत्रमा अझै विद्युत विस्तार हुन सकेको छैन,’ उनले भने, ‘बिजुली नभएको स्थानमा सोलारमार्फत टावरमा चार्ज गर्ने गरिएको छ, सोलार चार्ज नभएमा टावरको बिटिएस डाउन भएर सञ्चार सेवा अबरुद्ध हुने गरेको छ ।’

    नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका निर्देशक जगदीश जोशीले भने टावर भएको स्थानसम्म टेलिकम आफैले विद्युत सप्लाइका लागि लगानी गर्नेपर्ने बताए । उनले टावरसम्म विद्युतीकरण गर्ने कार्यक्रम प्राधिकरणले अहिलेसम्म नल्याएको बताए । ‘मानव बस्तीसम्म विद्युतीकरण गर्ने हाम्रो दायित्व हो,’ निर्देशक जोशीले भने, ‘त्यही क्रममा टावर पर्‍यो भने समस्या भएन, त्यसबाहेकका स्थानमा टावर भए कम्पनी आफैले लाइनका लागि खर्च गर्नुपर्दछ ।’

    नेपाल टेलिकम अत्तरियाका अनुसार कैलालीका २ सहित हाल दार्चुलाका १०, बैतडीका ११, डडेल्धुराका ४, डोटीका १२, अछामका १५, बाजुराका ८ र बझाङका १६ वटा टावर सोलार प्यानलबाट चार्ज हुने गरेका छन् ।

    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.