• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

कहाँ गयो महेन्द्रनगरको ५७२ बिघा जग्गारु

  •  संवाददाता
  • सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुरको तत्कालीन महेन्द्रनगर विकास समितिको ५७२ बिघा जमिन कहाँ कसरी प्रयोग भइरहेको छ भन्नेबारे अख्तियारले छानबिन थालेको छ।

    यसअघि पटक-पटक उजुरी परे पनि निष्कर्षमा नपुर्‍याएको अख्तियारले यस पटक भने उच्चस्तरीय टोली केन्द्रबाटै पठाएर समितिको जग्गा पत्ता लगाउन काम सुरू गरेको हो।

    पछिल्लो एक सातामा यस विषयमा एक सय २५ जनाको बयान लिइसकेको अख्तियारले जनाएको छ।

    समितिको जग्गा अहिलेको भीमदत्त नगरपालिकाको वडा नम्बर ४, ५, ९, १५, १८ र १९ मा रहेको थियो। विगठित नगर विकास समितिको क्षेत्र यी नै ५ वडामा थियो।

    अनाधिकृत रूपमा नगर विकास समितिको जग्गा बेचबिखन गरेको र लिजमा दिएको भनेर उजुरी प्राप्त भएपछि छानबिन भइरहेको अख्तियारको महेन्द्रनगर कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए।

    ‘समितिको जग्गा बिक्री वा लिजमा दिइएका माइन्युट र निर्णयहरू हेरिँदै छ। अरू आवश्यक कागजात माग्ने र सम्बन्धित व्यक्तिसँग सोधपुछ पनि भइरहेको छ,’ उनले भने।

    उनका अनुसार अख्तियारका उपसचिव ओमप्रकाश बरालको संयोजकत्वमा केन्द्रबाट आएको टोली र महेन्द्रनगर कार्यालयको टोलीले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ।

    समितिको नाममा अहिलेसम्म विभिन्न स्थानमा रहेको जग्गाको नापजाँच गर्ने काम पनि भइरहेको जोशीले जानकारी दिए।

    २०३०/०३२ सालपछि महेन्द्रनगर विकासको गुरूयोजना बन्न थालेको थियो। २०३५ सालतिर गठन हुँदा महेन्द्रनगर नगर विकास समितिसँग ६३८ बिघा जमिन थियो। अहिले उक्त समिति विगठन भइसकेको छ भने जग्गा ६६ बिघामात्रै बाँकी रहेको बताइन्छ।

    विभिन्न समयमा नगर विकासको नेतृत्व गरेका व्यक्तिहरूले जग्गा मासेको व्यापक जनगुनासो छ। स्थानीयहरू अख्तियारले समेत यसमा केही गर्न नसकेको भनेर रूष्ट थिए।

    ‘नगर विकासको प्रमुखमा जो पावरमा छ उसैको मान्छे हुनाले अख्तियारले के गर्न सकेको थिएन, अहिले के गर्छ हेरौं,’ स्थानीय नरेन्द्र विष्टले भने।

    २०१९ सालमा तत्कालीन राजा महेन्द्रले यहाँ व्यवस्थित शहर बसाउने योजना बनाएका थिए, त्यसपछि नै महेन्द्रनगरको विकास सुरू भएको हो।

    राजाका पालामा अञ्चलाधीश नगर विकास समितिका अध्यक्ष हुन्थे। राजाको साशन हटेपछि राजनितिक दलहरूबाट जुन सरकारमा हुन्थ्यो, उसैको मान्छेलाई समितिको अध्यक्ष बनाउने गरिएको थियो।

    राजनीतिक नियुक्तिपछि राजाको कालमा भन्दा बढी जग्गा आफ्नालाई र कार्यकर्तालाई बाँडिएको स्थानीय बिष्टको आरोप छ।

    ‘राजाका पालामा पनि बाँडे तर थाहा नहुने गरी कम बाँडे, किनकी राजाले थाहा पाए त बच्न गाह्रो थियो। अहिले दलका कार्यकर्ता अध्यक्ष भएपछि अत्यन्त न्यून मूल्यमा एकले पाए अर्काले माग्यो, अर्काले माग्यो, यस्तै बाँड्दै सकियो,’ उनले भने।

    स्थानीयस्तरबाटै समितिको जग्गा हिनामिना भएको भनेर विरोध भइहरेको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए।

    ‘विगठित महेन्द्रनगर विकास समितिको जग्गा ऐनविपरीत ब्रिकी भएको र लिजमा दिएको भन्दै विरोध भएको छ, उक्त समितिका तत्कालिन पदाधिकारी र कर्मचारीमाथि यसले प्रश्न उठाएको छ,’ उनले भने।

    स्थानीय तहको चुनावपछि नगर विकास समितिको प्रमुख नगरपालिकाको मेयर हुने व्यवस्था छ। महेन्द्रनगरमा भने स्थानीय तहमा जनप्रतिनिधि आएको करिब चार वर्षसम्म पनि यसो भएको थिएन।

    २०७५ तत्कालीन महेन्द्रनगर विकास समितिको कार्यकाल सकियो। त्यसयता २ वर्ष नयाँ समिति बनेन।

    अहिले भीमदत्त नगरपालिकाका मेयर बिष्टको अध्यक्षतामा समिति नयाँ गठन भएको छ। महेन्द्रनगर नगर विकास समितिको नाम अब भीमदत्त नगर विकास समिति राखिएको छ भने सबै वडामा जग्गा के कति कुन अवस्थामा छ भन्ने विषयमा अध्ययन सुरू गरिएको छ।

    नयाँ बनेको भीमदत्त नगर विकास समितिको क्षेत्र भने नगरपालिकाका सबै १९ वटै वडा रहेको मेयर बिष्टले बताए।

    ‘अहिले बल्ल नयाँ संरचनाअनुसार समिति चल्नुपर्ने कुरा आयो। ऐन बन्ने बेलामा दबाब बनेपछि नयाँ समिति बनेको हो,’ उनले भने।

    नयाँ विकास समितिले पुरानोले लिजमा दिएका जमिनमा अवैध भन्दै केही संरचना भत्काउन पनि थालेका थियो। ती संरचना भत्काउन बाट रोक्न माग गर्दै केही स्थानीयले सर्बोच्चमा रिट हालेपछि त्यो काम पनि रोकिएको छ।

    नयाँ समितिलाई पनि निर्णय लिएर काम गर्ने बाटो खुला नरहेको मेयर बिष्ट बताउँछन्।

    ‘यो व्यवस्थित शहर हो, आवश्यक काम गुरूयोजना अनुरूप हुनुपर्छ,’ उनले भने,’तर काम गर्न पनि अवरोध छ।’

    नयाँ समिति बनेपछि चल-अचल सम्पत्ति पनि नयाँकै नाममा भएको उनी बताउँछन्।

    ‘जग्गाको विषयमा छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ र राज्यको सम्पत्ति फिर्ता हुनुपर्छ,’ उनले भने।

    अहिलेको महेन्द्रनगर बजार भएको ठाउँको नाम पहिले घुषुणी थियो। यो ठाउँ पहाडबाट आउने, भारत जाने मानिसहरूको बाटोमा पर्थ्यो। पछि तत्कालीन राजा महेन्द्रले व्यवस्थित शहर बसाउने सोच योजना ल्याएका थिए।

    यसैलाई कञ्चनपुरको सदरमुकाम बनाउनुपर्छ भनेपछि महेन्द्रनगर नामाकरण गरी बजार विस्तार गर्न सुरू भएको भन्ने स्थानीयहरू सुनाउँछन्।

    भीमदत्त नगरपालिका-९ का बीरबहादुर खड्काले शुक्लाफाँटा निकुञ्जमा शिकार खेल्न राजाहरू पटक-पटक आउने गरेको सम्झिए।

    ‘राजा र राजपरिवारका सदस्यहरू शिकार खेल्न शुक्लाफाँटा आउँथे। त्यही भएर यहाँ सहर बसाउनुपर्छ सोचे होलान्। त्यसपछि यो शहरलाई नै राजा महेन्द्रको नाम दिएर महेन्द्रनगर भन्न थालिएको हो,’ उनले भने।

    ब्रह्मदेव नेपालको पुरानो बजार हो। नेपाल-भारत जोड्ने महाकालीमाथि त्यसबेला पुल थिएन। डुंगाबाट मानिसहरू वारपार गर्थे। गर्मीमा औलोको डरले मानिसहरू पहाडबाट झर्दैनथे। हिउँदमा भने नुनतेल, लुगाकपडा आदि सामान खरिदका लागि आउँथे। पछि व्यवस्थित सहर बन्ने भएपछि धेरै व्यापारी ब्रह्मदेवबाट पसल सारेर महेन्द्रनगरमा आएको खड्काले बताए।

    • महेन्द्रनगर
    सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.