कैलाली – कैलालीमा ५ वर्षदेखि फरार दुई जना पक्राउ परेका छन्। कैलाली जोशीपुर गाउँपालिका –१ का ३० वर्षीय रवि कुमार चौधरी र कैलारी गाउँपालिका -१ का ५२ वर्षीय राजकर्ण कठरियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चौधरीलाई बहुविवाह मुद्दामा जिल्ला अदालतले १ वर्ष कैद र २५ हजार जरिमाना तथा कठरियालाई वन मुद्दामा ५ महिना १० दिन कैद र २० हजार जरिमाना सजाय सुनाइएको थियो। तर सजाय भुक्तान नगरी चौधरी २०७३ चैत्र २३ गतेदेखि र कठरिया ०७३ असोज १२ गतेदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेकाहरू मध्ये एकजनालाई सोमबार जिल्ला अदालत मर्मत कारागार चलाइन भइसकेको र थप एक जनालाई मंगलबार अदालत बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए