सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा१७ जनामा कोरोना संधmमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ८६ नमूनाको कोरोना परिक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएका छन् भने ५ जना अस्पतालमा भर्ना भएको छन् ।
हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाइएको छ ।