• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २२ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २२ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २२ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

प्रादेशिक अस्पतालको तलब, खटाई नीजि क्लिनिक र अस्पताल

  •  संवाददाता
  • बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी जुगेडाकी हिरादेवी चौधरी छोराको उपचारका लागि बुधवार धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल पुगिन्। एक घण्टा लाइनमा बसेर टिकट लिइन। त्यसपछि डाक्टरलाई देखाउन पालो कुर्ने लाइनमा बसिन चौधरी।

    त्यति नै बेला खाजा खान निस्केका डाक्टरहरू दुई घण्टासम्म आएनन्। प्रादेशिक अस्पतालमा उनले छोरालाई चेकजाँच गराउन पाइनन्। ‘चेकजाँच गर्न बाँकी रहेका बिरामीलाई डा.को निजी क्लिनिकमा बोलाएपछि म पनि गए,’उनले भनिन्,‘सरकारी अस्पतालको पुर्जा काटे पनि निजीमा छोराको उपचार भयो।’

    युग क्लिनिकमा वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर हेमराज पाण्डे थिए। उनी सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पनि हुन्।

    बुधवार बिहानैदेखि सेती प्रादेशिक अस्पताल सामुन्नेका क्लिनिकमा भाइरल ज्वरोका बिरामीको भिड थियो। त्यही भिडमा दुई वर्षको बच्चालाई काखीमा च्यापेर धनगढी उपमहानगरपालिका १४, पुलवारिकी पवित्रा ढकाल पनि बसेकी थिइन्।

    ‘हामी उपचार गराइरहेको क्लिनिक अगाडि ठुलो सरकारी अस्पताल छ, तर पनि हामीहरू निजी क्लिनिकमा उपचार गराउन बाध्य छौँ,’उनले भनिन्,‘सरकारी अस्पतालमा राम्रो व्यवहार नगर्ने तिनै डाक्टरहरूले उनीहरूकै निजी क्लिनिकमा आयौँ भने राम्रो सेवा र व्यवहार पाउँछौँ।’

    अस्पतालमा भेटिँदैनन् डाक्टर

    सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ डाक्टर दिनभर नबस्दा सेवाग्राहीहरू निजी अस्पताल तथा क्लिनिकहरूमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य छन्।

    सेती प्रादेशिक अस्पताल प्रदेशको एक मात्र ठुलो सरकारी अस्पताल हो। तर, अस्पताल प्रशासनको लापरबाही र डाक्टरहरूको कमाउ मानसिकताले सरकारी अस्पतालमा गुणस्तरीय सेवा पाउन नसकेको सेवाग्राहीको गुनासो छ।

    गेटाकी पुष्पा बोहराले बच्चामा रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि सेती प्रादेशिक अस्पताल पुग्दा डाक्टर नभेटिएको बताइन। ‘त्यहाँ रहेका सुरक्षा गार्डलाई डाक्टर कहाँ हुनुहुन्छ भनेर सोध्दा अस्पताल बाहिरका करुणा मेडिकल हल र युग क्लिनिक देखाइयो,’उनले भनिन्,‘अनि मैले बच्चालाई अस्पतालको गेटमै रहेको करुणा मेडिकल हलमा लगेर वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर प्रदीप मिश्रलाई देखाए।’

    ‘डाक्टर प्रदीप मिश्र सेती प्रादेशिक अस्पतालमा पनि काम गर्नुहुँदो रहेछ। तर, उहाँ सेती अस्पताल भन्दा पनि निजी क्लिनिक करुणा मेडिकल हल र निसर्ग अस्पतालमा बढी भेटिनुहुँदो रहेछ,’उनले थपिन्,’सेती प्रादेशिक अस्पतालको तलब खाने सेवा चाही निजीबाट दिने उहाँहरूको नियत ठिक लागेन।’ सेती प्रादेशिक अस्पताल अगाडि रहेको युग क्लिनिकमा पनि भिडभाड उस्तै थियो। युग क्लिनिकमा वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर हेमराज पाण्डे थिए। उनी सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पनि हुन्।

    बिरामी बहिनीको उपचारका लागि कञ्चनपुर पुनर्वासबाट धनगढी आएकी कल्पना रोकायाले सेती अस्पतालमा डाक्टर नभेटिएपछि अस्पताल बाहिरको युग क्लिनिकमा उपचार गराइरहेको बताइन्।

    ‘सेती अस्पतालमा सस्तोमा उपचार हुन्थ्यो,’उनले भनिन्,‘निजीमा त डाक्टरकै पर्चाको मात्रै पाँच सय तिर्नुपर्‍यो।’

    मोहन्याल गाउँपालिकाका गोविन्द माझी सरकारी अस्पतालमै गुणस्तरीय सेवा पाइने भए निजीमा महँगो शुल्क तिर्नु नपर्ने बताउँछन्। धनगढी सन्तोषी टोलका भानुभक्त पौडेलले डाक्टरहरू सेती अस्पतालमा भेटिए निजी अस्पतालमा जानु नपर्ने बताउँछन्।

    प्रादेशिक अस्पतालको सेवा प्रभावकारी नभएको गुनासो बढ्दै गएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले कार्यदल गठन गर्यो। सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सेती प्रादेशिक अस्पतालको सेवा प्रभावकारी बनाउन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेको नेतृत्वमा कार्यदल गठन गरिएको बताए।

    ‘सेती प्रादेशिक अस्पतालमा सेवा प्रभावकारी नभएको गुनासाहरू बढ्दै गएपछि कार्यदल गठन गरेका छौँ,’उनले भने,‘कार्यालय अवधिभर अस्पतालमा कर्मचारी अथवा चिकित्सक नबसे कारबाही हुन्छ।’ तर कार्यदलकै पाण्डे नीजि क्लिनिकमा भेेटिन्छन्।

    • नीजि क्लिनिक र अस्पताल
    • प्रादेशिक अस्पताल
    बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.