• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १३ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

दसैँको मुखमा पनि रोजगारीका लागि भारत जानेको लर्को

  •  संवाददाता
  • बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हिन्दुहरूको महान् चाड विजया दशमी नजिकिएको छ । रोजगारीका लागि गाउँघर छाडेर देश–विदेशका पुगेकाहरू दसैँ मनाउनका लागि घर फर्कने गर्दछन् । तर सुदूरपश्चिममा दसैँको मुखमै पनि रोजगारीका लागि भारत जाने नेपालीको लर्को लागेको छ ।

    कैलालीको त्रिनगर नाकास्थित हेल्प डेस्क इन्चार्ज दिनेश ठकुल्लाका अनुसार भदौ ३० गते मात्र २८५ जना नेपाली त्रिनगर भन्सार नाका हुँदै भारत गएका छन् । यस्तै भदौ ३१ गते २२७ जना, असोज १ गते २२५ जना, २ गते १८६ जना, ३ गते ३२९ जना, ४ गते २१४ जना, ५ गते २३३ जना र ६ गते २५६ जना भारततर्फ गएका छन् ।

    कोरोनाको तेस्रो लहर आउने चेतावनी विज्ञहरूले दिइरहेको समयमा सो नाका हुँदै दैनिक औसत २२५ भन्दा बढी नेपाली रोजगारीका लागि भारत गइरहेको पाइएको हो । अन्य समयमा यसरी कामको खोजीमा भारत जानेहरूको सङ्ख्या स्वाभाविक लागे पनि मुख्य चाडबाड भित्रिसकेको अवस्थामा भने यति ठुलो सङ्ख्यामा दैनिक नेपाली नागरिक भारततिर जानुले देशमा बेरोजगारीको अवस्था कुन हदसम्म पुगेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

    कामको खोजीमा भारत जानु बाध्यता

    हेल्प डेस्क इन्चार्ज ठकुल्लाका अनुसार गरिबीका कारण जीविकोपार्जनै समस्या भएपछि सुदूरपश्चिमका मानिस कामको खोजीमा भारत जाने गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१ का नवीन भट्टराई परिवार पाल्नकै लागि आफू भारत जानु परेको बताउँछन् । ‘६ जनाको परिवार छ, यहाँ काम छैन, भारत नगएर के गर्नु ?’ १० वर्षदेखि भारतको बैंग्लोर रोजगारी गर्दै आएका उनले भने, ‘त्यहाँ मासिक १० हजार भारु कमाउँछु, त्यही पैसाले परिवारको गुजारा चलाउँछु ।’

    कोरोना कारण एक वर्षअघि नेपाल आएका उनले गाउँघरमै केही गरौँ भनेर प्रयास गरे पनि सफल हुन नसकेको रातोपाटीलाई बताए । ‘भैँसी पालनका लागि प्रदेश सरकारले अनुदान दिने रहेछ, भैँसी पालेर गुजारा गर्छु भनेर प्रयास पनि गरेँ,’ उनले भने, ‘तर अनुदान रकम हामीजस्ताका लागि होइन रहेछ, मन्त्री, नेताहरूकै नजिक हुनेले मात्र पाउने रहेछन् ।’

    दसैँको मुखमा भारततिर जानुपर्ने बाध्यता प्रस्ट्याउँदै उनले भने, ‘दसैँ आएर के गर्नु ? परिवार पाल्नु छ, छोराछोरीलाई पढाउनु पर्छ । खर्च जुटाउन सके पो चाडबाडको रमाइलो हुन्छ ।’

    कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का रंगलाल एसकेको एक खुट्टा कम चल्छ । तै पनि भारतमा गएर रोजगारी गर्दै उनले ४ जनाको परिवारको जीविका चलाउँदै आएका छन् ।


    कोरोना महामारीका बीच उनी नेपाल आएको ६ महिना भयो । स्वदेशमा अपाङ्गता सम्बन्धी प्रमाणपत्रसमेत प्राप्त गर्न नसकेको बताउने उनले रोजगारीका कुनै सम्भावना नभएपछि दसैँको मुखमै भारत जानुपरेको सुनाए ।

    घोडाघोडी नगरपालिकाका कविराज भण्डारी पनि कामको खोजीका लागि भारततर्फ प्रस्थान गरे । भारतको बैंग्लोर १० वर्षदेखि काम गर्दै आएका उनी कोरोना महामारीका कारण नेपाल आएर करिब डेढ वर्ष बसे । मासिक १२ हजार भारु कमाइ गर्दै आएका उनले नेपाल बसुन्जेल सो आम्दानीको बाटो गुमाए । ४ जनाको परिवार पाल्न कठिन भएपछि दसैँको मुखमै आफू भारत जानु परेको उनले सुनाए ।

    भारतबाट आउनेको सङ्ख्या पनि बढ्दो

    दसैँ नजिकिएसँगै भारतबाट रोजगारी गरी घर फर्कने नेपालीको सङ्ख्या पनि बढ्न थालेको छ । त्रिनगर भन्सार नाका हुँदै घर फर्कने नेपालीको सङ्ख्या उल्लेख्य छ ।

    हेल्प डेस्क इन्चार्ज ठकुल्लाका अनुसार सो नाकाबाट भदौ ३० गते ४७२ पुरुष, १९३ महिला र ८१ बालबालिका नेपाल आएका छन् । यस्तै, ३१ गते ७१२ जना, असोज १ गते ६८८ जना, २ गते ५२३ जना, ३ गते ४११ जना, ४ गते ४९८ जना, ५ मा ४६७ जना र ६ गते ३६० जना नेपाल फर्केको उनले जानकारी दिए ।

    दसैँ मनाउन घर फर्किनेमध्येकै एक हुन् कैलालीको गोदावरी नगरपालिका–११ का वीरबहादुर साउद । उनी भारतको बैंग्लोर एक कम्पनीमा काम गर्छन् । मासिक १२ हजार भारु कमाउँदै आएका उनले सोही रकमबाट ७ जनाको परिवार पाल्नु पर्छ ।

    १० वर्षदेखि आफू भारतमै रोजगारी गर्दै आएको उनी सुनाउँछन् । कोरोनाको पहिलो लहरमा करिब ६ महिना जति घरमै बसेका उनी त्यसपछि पुनः कामका लागि बेंग्लोर गएको बताउँछन् । दसैँ मनाउनका लागि अहिले आफू नेपाल फर्किएको उनको भनाइ छ ।

    घोडाघोडी नगरपालिका–११, पहलमानपुर निवासी लोकेन्द्र साउद पनि ११ वर्षदेखि भारतको बेंग्लोरमा काम गर्दै आएका छन् । मासिक १० हजार भारु कमाउनका लागि आफू गाउँघर छाडेर भारत जानु परेको उनले सुनाए । ‘यहाँ त्यति कमाउन मुस्किल छ, हामीसँग व्यापार व्यवसाय गर्न पूँजी पनि छैन,’ उनले भने, ‘यहाँ हामीजस्ता सामान्य मानिसले त्यति पैसा कमाउन पनि सक्दैनौं ।’

    • दसैँको मुख
    • रोजगारीका लागि भारत
    बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.