• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ८ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ८ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

गौरीगंगाका मेयरले कानुनविपरीत योजना बाँडेको आरोप

  •  संवाददाता
  • शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवामाथि कानुनविपरीत मनोमानी काम गरेको आरोप लागेको छ।

    मेयर देउवाले आफूखुसी कर्मचारी भर्ना गर्ने र आसेपासेलाई योजना बाँड्ने गरेको नगरवासीको आरोप छ। गौरीगंगा नगरपालिकाका मेयर पदका प्रत्यासी देवीराज कँडेलले मेयर देउवाले कर्मचारी करारमा राख्नेदेखि उपभोक्तालाई नियमावलीविपरीत योजना बाँड्ने काम गरेको आरोप लगाएका छन्।

    पटकपटक विकास निर्माणका योजना कानुनसम्मत रूपमा अघि बढाउन आग्रह गर्दै आए पनि मेयरले आफूअनुकूल योजना बाँड्ने काम मात्र गर्दै आएको उनको अरोप छ। सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ अनुसार उपभोक्ता समितिलाई मेसिन, औजार, उपकरणहरूको आवश्यक नपर्ने, श्रममूलक कार्यको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ।

    तर, नगरपालिकाले भने नियमावली र नियमविपरीत गएर आरसिसी, फ्रेम स्ट्रक्चरसहितका भवन, पुल, कल्भर्ट, ओभरहेड टंकी, निर्माण, ग्रामीण विद्युतीकरण लगायतका जटिल प्राविधिक पक्ष समावेश हुने पूर्वाधार निर्माणका कार्यका लागि उपभोक्ता समितिलाई योजना वितरण गरेको छ।

    यता, गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले यसअघि नियमावलीविपरीत यस्ता कार्यहरू भएको पाइए पनि आगामी दिनमा यस्ता गल्ती नदोहोरिने गरी प्रक्रिया अघि बढाएको दाबी गरे।

    ‘विगतमा यस्ता कमजोर जानेर वा नजानेर भएका रहेछन् अब हुँदैन,’ उनले भने। तर, गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाले भने कानुनविपरीत कुनै कार्य नभएको दाबी गरेका छन्। ‘नगरपालिकाले योजना बाँडफाँटमा आर्थिक अनियमितता भएको कसैलाई शंका लागेको छ भने अख्तियार गए हुन्छ,’ उनले भने, ‘अहिलेसम्म हामीले नगरवासीको हितमा मात्र काम गरेका छौँ।’

    विकास निर्माणतर्फ योजना प्राथमिकीकरण नगरेको, साना तथा टुक्रे आयोजनाको छनोट गरेको, जटिल प्रकृतिका कार्यसमेत उपभोक्ता समितिलाई वितरण गर्दै आएको, कर्मचारी नियुक्ति तथा बढुवामा प्रदेश लोकसेवा आयोगमा परामर्श नलिएको लगायतका बेथिति गौरीगंगा नगरपालिकामा देखिएको छ।

    यस्तै, मेयर देउवाले सरकारको स्वीकृतिबिनै दुई वर्ष अघि चीन भ्रमण गरेका थिए। उनले ०७६ मा सरकारको स्वीकृति नै नलिई चीनको भ्रमण गरेका थिए। दैनिक भ्रमण भत्ता नियमावली २०७४ को नियम ३ (५) मा पदाधिकारी वा कर्मचारीले विदेश भ्रमण गर्दा नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको हुनुपर्ने उल्लेख छ। तर, मेयर देउवा भने निर्णयबिनै चीन भ्रमण गरेका थिए। चीनको भ्रमण गर्दा नगरपालिकाको रकम के कति खर्च भयो? भन्ने विषय अझैसम्म खुलाइएको छैन।

    • कानुनविपरीत
    • गौरीगंगाका मेयरले
    • योजना बाँडेको आरोप
    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.