• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

नाकामा खटिएका स्वास्थ्यकर्मीले अझै पाएनन् जोखिम भत्ता !

  •  संवाददाता
  • शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गत वर्ष भारतमा कोरोनाको महामारी बढेसँगै गौरीफन्टा नाकाबाट हजारौँको सङ्ख्यामा नेपालीहरू घर फर्कन थाले । नाकामा जोखिम पनि बढ्यो । यसबीच धेरै संक्रमित पनि भित्रिए ।

    ठूलो सङ्ख्यामा नेपालीहरू फर्किन थालेपछि गत वर्षदेखि स्वास्थ्यकर्मी खटाइयो । त्यसबेला बिहानैदेखि नेपालीहरू नाका हुँदै नेपाल फर्कन्थे यो क्रम रातिसम्म जारी रहन्थ्यो ।

    स्वास्थ्यकर्मीलाई कोरोना कहरमा नाकामा खटिएर काम गर्न सजिलो थिएन । भारतबाट नेपाल फर्किएकाहरूमा कति त सङ्क्रमित नै थिए । स्वास्थ्यकर्मीले भारतबाट आउनेहरूको ज्वरो नाप्ने, रेकर्ड राख्ने तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्छन् ।

    नाकामा खटिने स्वास्थ्यकर्मी मध्येकी एक हुन् बेलु जोशी । कोभिडको पहिलो लहर सुरु भएदेखि नै उनी नाकामा खटिइन् । सुरुमा नाकाको हेल्थ डेस्कमा टेन्ट पनि लगाइएको थिएन । कर्मचारी पनि कम थिए ।

    ‘नाकामा चार जना मात्रै थियौँ बिहान ६ बजेदेखि राति ९ बजेसम्म काम गर्थ्यौं,ु उनले भनिन् । प्लास्टिकले बेरेको छानोमा बस्नुपर्ने बाध्यता थियो । कहिले हुरी आएर उडाउने त कहिले पानी चुहिने । दिनभर घाम पानी नभनी नाकामा उभिनुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।

    काम गर्दागर्दै जोशीलाई वैशाखमा कोरोना सङ्क्रमण भयो । घरका अरु सदस्यलाई पनि कोरोना लाग्यो । यसरी जोखिमका बीच काम गरेर पनि जोखिम भत्ता भने नपाएको उनको गुनासो छ । ‘ज्यानको ख्याल नगरी नाकामा खटियौँ । तर, जोखिम भत्ता भने पाएनौँ,ु उनले भनिन् । घण्टौँसम्म पानीसमेत नखाइ काम गरेको अनुभव छ उनको ।

    स्वास्थ्यकर्मी कमला ऐर पनि नाकामा खटिएकी छन् । उनी कोरोनाको दोस्रो लहर सुरु भएदेखि गौरीफन्टा नाकाको हेल्थ डेक्समा खटिएकी हुन् । त्यसअघि उनी डडेल्धुरा स्वास्थ्य चौकीमा कार्यरत थिइन् । नाकामा काम गर्दा घरपरिवारलाई पनि संक्रमण हुन्छ भन्ने चिन्ता रहने उनी बताउँछिन् । घरमा उनका चार वर्षीय छोरा भएकाले जोखिम अझ बढी छ ।

    ‘आफ्नो कारणले घर परिवारलाई संक्रमण हुन्छ भन्ने चिन्ता हुन्छ,’ उनले भनिन् । खाना तथा पानी समेत नखाई काम गर्नुपरेको उनले बताइन् । अहिले स्वास्थ्यकर्मी थपिएपछि केही सहज भएको उनको भनाइ छ ।

    कञ्चनपुरको पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेब गणेश साउँद कोरोना संक्रमण सुरु भएदेखि गौरीफन्टा नाकाको हेल्थ डेस्कमा खटिएका छन् । उनी हेल्थ डेस्कका इन्चार्ज हुन् । ‘काम गर्दागर्दै कती बज्छ, थाहा नै हुँदैन,ु उनले भने ।

    ुबाक्लो पीपीई सेट लगाएर गर्मीमा घण्टौँ उभिँदा कहिले निकै समस्या पनि हुन्थ्यो,’ उनले भने । उनी सुरक्षाकर्मीसँगै नाकामा उभिएर भारतबाट आएकाहरूको ज्वरो नाप्दै भित्र पठाउँथे ।

    नाकामा भिड थियो । कर्मचारीको सङ्ख्या थोरै । पछिल्लो एक महिनायता भारतबाट आउनेको संख्या कम भएको उनले सुनाए । अहिले स्वास्थ्यकर्मी थप भएकाले अलि सहज भएको उनी बताउँछन् ।

    ‘सँगै काम गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भयो । तर, उनीहरूले बीमाको रकम पनि पाएनन्,’ उनले भने । जोखिम भत्ता पनि नपाएको उनको भनाइ छ ।

    गणेश साउँद
    गौरीफन्टा नाकालाई अहिले कैलाली तथा कञ्चनपुर दुबै जिल्लाले हेरिरहेको साउँदले बताए । अहिले त्रिनगर नाकामा साउँद सहित २३ जना स्वास्थ्यकर्मी तथा स्वयम् सेवक खटिएका छन् । नाकामा पुनर्वास नगरपालिकाकाबाट ९, सामाजिक विकास मन्त्रालयका १ र धनगढी उप–महानगरपालिकाकाबाट १ जना स्वास्थ्यकर्मी खटिएका छन् । त्यस्तै, एक जना स्वास्थ्य निर्देशानयबाट, नेपाल रेडक्रस सोसाइटीबाट चार, तथ्यांक राख्ने दुई र कार्यलय सहयोगी दुई जना खटिएका छन् । अरू स्वास्थ्य कार्यालयबाट खटिएका छन् ।

    ‘पोजिटिभ आएकाहरू मेरो मात्र कसरी पोजिटिभ आयो भनेर धम्काउन पनि आउँछन्,’ साउदले भने । पोजिटिभ आएका कतिपय भाग्ने गरेको उनले बताए । सङ्क्रमितलाई धनगढीको कनरीमा रहेको आइसोलेसनमा राख्ने व्यवस्था छ ।

    नाकाको निरीक्षणका लागि सीडीओ, नेता, मन्त्रीदेखि मेयरसम्म आउँछन् । तर, कसैले पनि उनीहरूको समस्यालाई गम्भीरतापूर्वक नलिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

    • जोखिम भत्ता
    • नाका
    • स्वास्थ्यकर्मी
    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.